कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना पोजिटिभ देखिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए । उनका अनुसार संक्रमित कार्की होम आइसोलेसनमा बसेका छन् । कार्की शुक्रबारसम्म अदालतमा उपस्थित थिए । 

कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना संक्रमण

यसैबीच, कामु प्रधानन्यायाधीश कार्कीलाई कोभिड भएपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।

यसअघि निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड संक्रमित भई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा भर्ना हुँदासमेत उनले कामुको जिम्मेवारी कसैलाई दिएका थिएनन् ।

प्रकाशित : श्रावण २२, २०७९ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?