कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

७४ जिल्लामा सक्रिय संक्रमित, हुम्ला, कालीकोट र मुस्ताङमा शून्य संक्रमित
कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारको तुलनामा सोमबार संक्रमण संख्या बढेको हो । आइतबार ५५३ जनामा संक्रमण पुष्टि भएको थियो ।

थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ८ सय ६२ पीसीआर र २ हजार ४ सय ८९ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४९८ र एन्टिजेन परीक्षणबाट ४३६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ७१ पुगेको छ । त्यस्तै अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ पुगेको छ ।

उपत्यकामा संक्रमण बढ्दै

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ । त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा सक्रिय संक्रमितको संख्या ९७ र ललितपुरमा ७ सय ९२ पुगेको छ ।

सोमबारसम्म ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा काठमाडौं र ललितपुर रहेका छन् भने कास्की र मोरङमा २ सयभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मुस्ताङ, कालीकोट र हुम्ला रहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार ७४ जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।

उपत्यकाका विभिन्न अस्पतालमा ८१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १४ जना जनरल वार्डमा, ३९ जना एचडीयूमा, ३४ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा छन् 

नेपालमा पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय ३४ मात्रा कोरोना खोप लगाइएको छ । अहिलेसम्म नेपालमा ४ करोड ९६ लाख ९ हजार ६ सय ९० मात्रा खोप लगाइएको छ । त्यसमध्ये २ करोड १६ लाख १० हजार ६ सय ७७ जनाले एक मात्रा, २ करोड ६ लाख ३६ हजार ८ सय ४४ जनाले पूर्ण मात्रा र ७३ लाख ६२ हजार १ सय ६९ जनाले अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : श्रावण २३, २०७९ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?