३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मलेसियाद्वारा दुई हप्ताका लागि कामदारको आवेदन लिन बन्द

होम कार्की

काठमाडौँ — मलेसियाले दुई हप्ताका लागि रोजगारदाता कम्पनीको मागपत्र (आवेदन) स्वीकृति गर्न रोकेको छ । तर, मागपत्र प्रमाणीकरण भई आइसकेको कामदार भने सहज रूपमा जान पाउनेछन् ।

मलेसियाद्वारा दुई हप्ताका लागि कामदारको आवेदन लिन बन्द

मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार अगस्ट १५ देखि ३१ तारिखसम्म रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्न अस्थायी रोक लगाइएको हो ।

मलेसियाले आउँदो सेप्टेम्बर १ देखि संशोधित रोजगार ऐन–१९५५ लाई कार्यान्वयनमा ल्याउने तयारी गरेकोले कम्पनीको मागपत्र स्वीकृतिमा रोक लगाइएको हो । संशोधित रोजगार ऐनमा सुधार गरिएको प्रावधानहरू भने विज्ञप्तिमा उल्लेख छैन ।

प्रकाशित : श्रावण २३, २०७९ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?