कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विचार नमिल्नेसँग तालमेल गरिन्न : उपाध्यक्ष नेम्वाङ

लक्ष्मी गौतम

पाँचथर — नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा विचार नमिल्ने दल वा समूहसँग तालमेल नगर्ने बताएका छन् । 

विचार नमिल्नेसँग तालमेल गरिन्न : उपाध्यक्ष नेम्वाङ

मंगलबार बिहान पाँचथरको फिदिममा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्वाङले चुनावी तालमेलका लागि अहिलेसम्म कसैसँग कुराकानी नभएको बताएका हुन् ।

‘एमाले मजबुत र शक्तिशाली रहेकाले हामीविरुद्ध सत्तारुढ दलहरूले गठबन्धन गरेका छन्, उनीहरूविरुद्व एक्लै चुनाव लड्ने हाम्रो तयारी छ, जसलाई जनताले अनुमोदन गनेमा हामी ढुक्क छौँ,’ उनले भने ।

नेम्वाङले गठबन्धन सरकार महँगी नियन्त्रण,आर्थिक सूचक सुधार र नागरिक उत्तरदायित्वमा पटक–पटक चुकेको आरोप पनि लगाए ।‘दूषित गठबन्धन चुनाव गर्ने मनस्थितिमा पनि थिएन, एमालेको दबाबसँगै निर्वाचन आयोगले पटक–पटक दबाब दिएपछि मिति घोषणा गर्‍यो, सरकारका कमजोरीसँगै एमाले नेतृत्वको सरकारका पालामा भए गरेका राम्रा कामलाई एजेन्डा बनाएर जनतामाझ गएर बहुमत ल्याउछौँ,’ उनले भने ।

प्रकाशित : श्रावण २४, २०७९ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?