कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

देउवालाई भेटेर खनालले भने : कसैलाई अपमान हुने गरी सिट बाँडफाँड नहोस्

'वाम एकताका लागि एमालेले रुचि देखाएन'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । 

देउवालाई भेटेर खनालले भने : कसैलाई अपमान हुने गरी सिट बाँडफाँड नहोस्

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे जानकारी गराउन बालुवाटार पुगेका खनालले स्थानीय निर्वाचनलाई हेरेर सिट बाँडफाँड हुनुपर्ने बताएका हुन् ।

नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँड गर्न आवश्यक रहेको बताए ।

गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रूपमा सिट बाँडफाँड गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने खनालको भनाइ थियो ।'गठबन्धनमा दलहरु जे आधारमा थपिन्छन्, त्यही आधारमा आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ । २०७४ को निर्वाचनको कुरा, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम यी सबै आधारमा उभिएर सबैलाई समान हुने ढंगले हामीले तालमेल गर्नुपर्छ । कसैले अपमान फिल गरेमा उ तालमेलमा आउँदैन । सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ,' उनले भने ।

त्यस्तै आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनाव अगाडि वाम एकता हुने सम्भावना नरहेको पनि खनालले बताए । सबैभन्दा ठूलो वामपन्थी दल एमालेले एकताका लागि कुनै पहल नगरेको उनको भनाइ थियो । ' वाम एकताका लागि सबैभन्दा ठूलो पार्टीले पहल गर्नुपर्ने हो, उसमा त्यो रुचि मैले देखिनँ । बृहत् वाम एकताको सम्भावना अहिले छैन,' उनले भने ।

प्रकाशित : श्रावण २४, २०७९ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?