कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमालेले गरायो निर्वाचन आयोगमा दल दर्ता 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।  महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । 

एमालेले गरायो निर्वाचन आयोगमा दल दर्ता 

संविधान र कानुनी व्यवस्थाअनुसार आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउने काम गरिएको महासचिव पोखरेलले जानकारी दिए । उनले आफ्नो पार्टी दल दर्ता गरेसँगै सो निर्वाचनको तयारीमा पनि विधिवत रूपमा प्रवेश गरेको बताए । त्यस अवसरमा महासचिव पोखरेलले एक पटक दर्ता भइसकेको दल पटक-पटक हरेक निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउने कुरा आवश्यक नभएको प्रतिक्रियासमेत दिए ।

उनले भने, ‘वास्तवमा लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य र आवश्यक विषय हो । हाम्रो संविधानले प्रत्येक निर्वाचनको समयमा दलहरू दर्ता गर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाचाहिँ सुधार गर्नुपर्छ भन्ने लाग्छ मलाई । किनकि दलहरु एक पटक दर्ता भइसकेपछि पटक-पटक दर्ता गरिरहने कुरा आवश्यक विषय होइन । तर पनि हाम्रो संविधान, कानुनले जे व्यवस्था गरेको छ । त्यस अन्तरगत हामीले दल दर्ता गरेका छौं । र, हामी निर्वाचनको तयारीमा विधिवत रुपमा प्रवेश गरेका छौं ।’

निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबारका दिने हुने सो निर्वाचन प्रयोजनका लागि यही साउज ३१ गतेसम्म कार्यालय अवधिभित्र सबै राजनीतिक दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको थियो । सोहीअन्तर्गत एमाले महासचिव पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् ।

प्रकाशित : श्रावण २४, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?