कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एजेण्डा मिल्ने गठबन्धन बाहिरका दलसँग सहकार्य गर्न सकिन्छ : प्रदीप ज्ञवाली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन् । तर एजेण्डा मिल्ने सत्ता गठबन्धन बाहिरका दलहरूसँग सहकार्य गरेर अगाडि बढ्न सकिने उनको भनाइ थियो ।

एजेण्डा मिल्ने गठबन्धन बाहिरका दलसँग सहकार्य गर्न सकिन्छ : प्रदीप ज्ञवाली

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । सांसद ज्ञवालीले गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरूसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताए ।

उनले गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताए । साथै कमजोरले अरुको साथ खोज्ने तर बलियोले एक्लै लड्ने सामर्थ्य राख्ने उनको भनाइ थियो ।

नेता ज्ञवालीले भनेका छन्, ‘सत्ता गठबन्धनसँग सामना गर्ने भनेको हाम्रो मुख्य शक्ति जनताको जनमत हो । त्यसैले हाम्रो ध्यान जनमतलाई कसरी अभिवृद्धि गर्ने र पार्टीलाई बहुमतमा पुग्ने गरी जनताको बीचमा बलियो गरेर स्थापित गर्ने भन्ने कुरा हो । गठबन्धन हाम्रो प्राथमिकतामा होइन । गठबन्धन बाहिरका दलहरूसँग छलफल हुनसक्छ । तर गठबन्धन नै निर्माण गर्ने गरेर हाम्रो छलफल अघि बढेको छैन र गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम पनि छैन । हामी आफ्नो खुट्टामा उभिएर लड्छौँ । तर हिँड्दै जाँदा एजेण्डाहरू मिल्ने साथीहरू भेटिनुभयो भने कतिपय ठाउँमा सहकार्य हुनसक्छ । कमजोरले साथ खोज्ने हो । बलियोले एक्लै सामना गर्छ ।’

सांसद ज्ञवालीले नेपाली कांग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताएका थिए ।

प्रकाशित : श्रावण २४, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?