१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कान्तिपुरकर्मी अब्दुल्लाह मियाँसहित ४ पत्रकार सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरकर्मी अब्दुल्लाह मियाँ सम्मानित भएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वन दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा मियाँसहित ४ जना पत्रकारलाई सम्मान गरेको हो ।

कान्तिपुरकर्मी अब्दुल्लाह मियाँसहित ४ पत्रकार सम्मानित

प्राकृतिक स्रोतको अधिकार, संरक्षण, व्यवस्थापन र सामुदायिक वनका अभ्यासहरूलाई सञ्चारमार्फत उजागर गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मियाँसहित नेपाल टेलिभजनका रामप्रसाद भण्डारी, जनता टेलिभजनका टंक पन्त र आर्थिक न्युजकी सम्झना बडुवाललाई सम्मान गरिएको हो ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वन तथा वातावरणमन्त्री प्रदीप यादवले मंगलबार आयोजित कार्यक्रमकाबीच उनीहरुलाई दोसल्ला ओढाएर सम्मान-पत्र प्रदान गरेका थिए ।

यसैगरी काठमाडौंको रानीवारी सामुदायिक वन उपभोक्ता समूह र काभ्रेको धारापानी महिला सामुदायिक वन उपभोक्ता समूहलाई पनि सम्मान गरिएको छ ।

यस्तै, विगतमा सामुदायिक वन संरक्षण अभियानमा सहभागी भई वैशाखमा भएको स्थानीय तहको चुनाव जितेका जनप्रतिनिधिहरूलाई पनि सम्मान गरेको छ । देशभरका १ सय जनप्रतिनिधिमध्ये कार्यक्रममा सहभागी भएका ६० जना प्रतिनिधिलाई पूर्वप्रधानमन्त्री ओलीले सम्मानपत्र प्रदान गरेका थिए ।

प्रकाशित : श्रावण २४, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?