गठबन्धनमा नेसपालाई सहभागी गराउन प्रधानमन्त्री देउवा सकारात्मक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीलाई सत्तारुढ गठबन्धनमा सहभागी गराउने विषयमा सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादवसँग भेटमा प्रधामन्त्री देउवाले नेसपालाई गठबन्धनमा सहभागी बनाउने विषयमा अन्य साझेदार दलहरुसँग छलफल गर्ने बताएका छन् । 

गठबन्धनमा नेसपालाई सहभागी गराउन प्रधानमन्त्री देउवा सकारात्मक

'मैले पनि गठबन्धनमा तपाईंहरुलाई पनि सहभागी गराउनुपर्छ भनेर सोचिरहेको थिएँ,' देउवाले भेटमा भने, 'म सकारात्मक छु । एकपटक गठबन्धनका अन्य दलहरुसँग यस विषयमा सल्लाह गरेर खबर गर्छु ।'

भेटमा भट्टराईले अहिलेको सत्तारुढ गठबन्धन निर्माण गर्न आफ्नो पनि भूमिका रहेकाले त्यसमा हक लाग्ने बताएका थिए । 'यो गठबन्धन बनाउन हाम्रो पनि थुलो भूमिका छ त्यसकारण यो गठबन्धनमा हाम्रो पानि हकदाबी लाग्छ ।'

सत्तारुढ पाँच दलीय गठबन्धनभित्रको एक दल जनता समाजवादी पार्टी छाडेर भट्टराई र यादवले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । भट्टराई र यादवको दलले सत्तारुढ गठबन्धनमा रहन्छन् वा अन्य विकल्प खोज्छन् भन्ने चासो छ ।

प्रकाशित : श्रावण २४, २०७९ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?