कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मंगलबार साँझको वर्षाले काँडाघारी क्षेत्रमा डुबान, प्रहरी प्रभागको किचनसहित दुई घर बगायो

कान्तिपुर संवाददाता

काठमाडौँ — गएराति परेको अविरल वर्षा र बाढीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । वर्षापछि काँडाघारी प्रहरी प्रभागसहित वरपरका करिब २ सय घर डुबानमा परेका छन् । बाढीले दुईवटा सुकुम्बासीका छाप्रा बगाएको छ भने प्रहरी प्रभागकै किचन र बाथरुमसमेत बगाएको छ ।

प्रहरीका अनुसार कार्यालय भवनको एक तल्लाको पूरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचरलगायतका सामान बगाएको छ ।

प्रहरीका अनुसार कार्यालयको पछाडि पार्किङ गरेर राखिएका मोटरसाइकल र अन्य सामानहरू समेत बगाएको छ । प्रभागका प्रमुख प्रहरी निरीक्षक सुजन पाठकले मंगलबार साँझको वर्षापछि राति करिब ११ बजेबाट प्रभागसहित बस्ती डुबानमा परेको बताए ।

'करिब ११ बजेबाट प्रभागसहित बस्ती डुवानमा पर्‍यो । यहाँ वरपर २ वटा सुकुम्बासीका छाप्रा बगाएको छ । हामीले मध्यरातमा मान्छेको उद्धार गर्‍यौँ,' उनले भने, 'यसबाहेक करिब डेढ सयवटा पक्की घर मात्रै डुबानमा परेका छन् । रातभर अँध्यारोमा उद्धारको काम भयो । बाढीले बिजुली पनि अवरुद्ध छ । क्षतिको यकिन भइसकेको छैन ।'

उनले प्रभागभित्रै पानी पसेकोमा अहिले पानी सुकेको र सरसफाइ भइरहेको जानकारी दिए ।

प्रकाशित : श्रावण २५, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?