१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रामपुर क्याम्पसका प्रमुखलाई बर्खास्त गर्न नेविसंघको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवनको रामपुर कृषि क्याम्पसमा क्याम्पस प्रमुखकै निर्देशनमा विद्यार्थीहरू कुटिएको भन्दै नेपाल विद्यार्थी संघले काठमाडौंस्थित त्रिवि उपकुलपति कार्यालयमा प्रदर्शन गरेको छ । नेविसंघले दोषीमाथि कारबाही गर्न माग गर्दै त्रिवि उपकुलपति कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ ।

रामपुर क्याम्पसका प्रमुखलाई बर्खास्त गर्न नेविसंघको माग

त्रिभुवन विश्वविद्यालय समिति कीर्तिपुरले बुधबार उपकुलपति कार्यालयमा पुगेर दोषीमाथि कारवाहीको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् । २२ साउनमा रामपुर कृषि क्याम्पसमा अनसनरत रहेका विद्यार्थी नेताहरू सुरज यादव र आशिष देवकोटामाथि क्याम्पस प्रमुख मिलन सुवेदीको प्रत्यक्ष निर्देशनमा सांघातिक आक्रमण गराएको नेविसंघको आरोप छ ।

विद्यार्थीहरूले क्याम्पस प्रमुखलाई कारवाही र सांघातिक हमला गर्नेहरूलाई कारवाहीको माग गर्दै आएका छन् । खैरेनी प्रहरी चौकीमा धर्ना दिँदासमेत प्रहरीले बेवास्ता गरेपछि दोषीलाई कारवाही गर्न माग गर्दै उपकुलपति कार्यालयको ध्यानाकर्षण गराइएको नेविसंघ नेता प्रेमिका रानामगरले जानकारी दिइन् ।

उनले शान्तिपूर्ण रुपमा क्याम्पसमा आन्दोलनमा रहेका विद्यार्थी नेताहरूमाथि आक्रमण गराउने क्याम्पस प्रमुखलाई तत्काल बर्खास्त गरी कुटपिट संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको बताइन् । नेविसंघले घटनाको विरोध गर्दै उपकुलपति कार्यालयमा नाराबाजी र प्रदर्शनसमेत गरेको थियो ।

प्रकाशित : श्रावण २५, २०७९ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?