१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११
आमनिर्वाचन २०७९

समानुपातिकको निर्वाचन कार्यक्रम भदौ ८ देखि

मकर श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भदौ ८ देखि सुरु गर्ने भएको छ । आयोगको बुधबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गर्दै राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने समय तोकेको छ ।

समानुपातिकको निर्वाचन कार्यक्रम भदौ ८ देखि

आयोगले समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले भदौ ८ मा निवेदन दिन सूचना आह्वान गर्नेछ । भदौ १० देखि १२ गतेसम्म दलहरुले निवेदन पेस गर्नुपर्ने हुन्छ । उक्त निवेदन १३ गते आयोगले प्रकाशन गर्नेछ ।

भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गर्ने आयोगको निर्वाचन कार्यक्रममा उल्लेख छ । त्यस्तै उम्मेदवारको बन्दसूची असोज २२ मा प्रकाशन गर्ने कार्यसूची आयोगले तय गरेको छ ।

२३ असोजमा प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता गर्ने आयोगको तयारी छ । समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची कात्तिक ९ गते प्रकाशन गर्ने आयोगले जनाएको छ ।


प्रकाशित : श्रावण २५, २०७९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?