२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सरकारले नै स्वास्थ्य शिक्षालाई निषेध गरिरहेको छ : केपी ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन् ।

सरकारले नै स्वास्थ्य शिक्षालाई निषेध गरिरहेको छ : केपी ओली

स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरूको हब बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भइरहेको अध्यक्ष ओलीको भनाइ थियो ।

बुधबार काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरूसँगको अन्तरक्रिया कार्यक्रममा नेता ओलीले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले त्यसका लागि नेपालमा कृषि बजारको अभाव नभएको दाबी गरे ।

‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ । यसलाई त मेडिकल हब बनाउनुपर्ने हो । मेडिकल एजुकेसन हब बनाउनुपर्ने हो । अस्पतालको हब बनाउनुपर्ने हो–यो देशलाई,' नेता ओलीले भने ।

यस क्रममा अध्यक्ष ओलीले कृषि उपज बढाउनका लागि माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताएका थिए ।

प्रकाशित : श्रावण २५, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?