कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एक चीन नीतिमा नेपालको अडानलाई लिएर चीन खुसी

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालले एक चीन नीतिमा आफ्नो धारणालाई फेरि सार्वजनिक गरेपछि चीनले प्रसंशा गरेको छ । नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र चीनका विदेश मन्त्री वाङ यीबीच भएको द्वीपक्षीय वार्ताको दौरान चिनियाँ पक्षले नेपालको प्रसंशा गरेको हो।

एक चीन नीतिमा नेपालको अडानलाई लिएर चीन खुसी

खड्काको नेतृत्वमा रहेको नेपाली टोली र वाङको नेतृत्वमा रहेको चिनियाँ टोलीबीच सान्तोङ प्रान्तको छिङ्ताओमा द्धीपक्षीय बैठक भएको हो । मन्त्री खड्का त्यसका लागि मंगलबार चीन प्रस्थान गरेका थिए ।

द्वीपक्षीय बैठकमा चिनियाँ पक्षले नेपालले एक चीन नीतिप्रति गरेको प्रतिबद्धताको प्रसंशा गरेको बैठकमा सहभागी एक अधिकारीले कान्तिपुरलाई जानकारी दिए । ‘पछिल्लो समय नेपालले एक चीन नीतिलाई लिएर सार्वजनिक गरेको धारणालाई लिएर उनीहरू खुसी थिए र प्रसंशा गरे,’ ती अधिकारीले भने ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण र त्यसपछि एक चीन नीतिमाथि उठेको प्रश्नलाई कमजोर पार्नका लागि चीनले नेपालसहित संसारका विभिन्न मुलुकहरूलाई एक चीन नीतिप्रति प्रतिबद्धता जनाउन अप्रत्यक्ष रुपमा आह्वान गरेको थियो । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत् नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको टिप्पणी गरेपछि चीन खुसी भएको हो ।

मन्त्रालयका अनुसार दुई मन्त्रीहरूबीचको बैठक सौहार्दपूर्ण र फलदायी रह्यो । दुवै मन्त्रीले नेपाल र चीन सम्बन्धका सबै पक्षको समीक्षा गर्दै आपसी हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमति भएको मन्त्रालयको ट्वीटर ह्यान्डमा उल्लेख छ । द्वीपक्षीय बैठकमा भएका विस्तृत कुराकानी बुधबार राति नै सार्वजनिक गरिने बताइएको छ ।

प्रकाशित : श्रावण २५, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?