३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नागरिकतामा अपमानित नाम राख्ने व्यक्तिलाई कारबाही हुनुपर्छ : आयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय दलित आयोगले आफ्नो समुदायका केही व्यक्तिको नागरिकतामा उल्लेख गरिएको नाममा भेदभावप्रति आपत्ति जनाएको छ । दलित समुदायका केही व्यक्तिलाई नागरिकता वितरण गर्दा ‘कुकुर कामी, कुकुर्नी कामी’ र ‘कुत्ता कामी’ जस्ता नाम लेखेर  दलितलाई अपमान गरेको भन्दै आयोगले आपत्ति जनाएको हो । 

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले नागरिकतामा देखिएको विभेदले नागरिकता लिने व्यक्तिलाई मात्र नभएर त्यसको असर तिनका पुस्तौँपुस्तासम्म पर्ने उल्लेख गरे । उनले भने, 'नागरिकतामा अपमानजनक शब्द राख्नु राम्रो होइन ।' आयोगले नागरिकतामा राखिएको थर सच्चाउनका लागि संशोधनको कुरा उठाउँदै आएको उनको भनाइ छ ।

कार्यक्रममा सांसद अञ्जना बिसंखे, भुवन सुनार, सामाजिक अभियन्ता प्रदीप परियारलगायतले दलितका मुद्दामा राज्य गम्भीर हुनुपर्ने बताए ।


प्रकाशित : श्रावण २५, २०७९ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?