१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रधानमन्त्रीलाई युवा जनस्वयंसेवकको ३५ बुँदे मागपत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक संगठन 'युवा जनस्वयंसेवक नेपाल'ले प्रधानमन्त्री शेरबहादुर देउवालाई मिटरब्याजीहरूमाथि कारबाही गर्नुपर्नेलगायत ३५ बुँदे मागपत्र पेस गरेको छ ।

प्रधानमन्त्रीलाई युवा जनस्वयंसेवकको ३५ बुँदे मागपत्र

बुधबार प्रधानमन्त्री कार्यालयमा पुगेर उक्त मागपत्र पेस गरेको युवा जनस्वयंसेवक नेपालका अध्यक्ष हरिश भट्टले बताए । यस क्रममा प्रधानमन्त्री देउवाले युवा जनस्वयंसेवक, नेपालले पेस गरेको मिटरब्याजीविरुद्ध केही निदमै कानुनी कारबाही गरिने बताएका थिए ।

'राष्ट्र, राष्ट्रियता र जनजीविकासँग सम्बन्धित समस्या लिएर युवा जनस्वयंसेवक, नेपाल केन्द्रीय समितिले मागपत्र पेस गरेको छ । देशमा व्याप्त भ्रष्टाचार, कमिसनतन्त्र, मिटरब्याज आतंक, घुसखोरी, दलाली, महिला हिंसा, जातका आधारमा भएका हिंसा विरुद्धमा मागपत्र पेस गरिएको हो,' अध्यक्ष भट्टले भने ।

मागपत्र बुझ्दै प्रधानमन्त्री देउवाले मागपत्रप्रति सकारात्मक भएको भन्दै सम्भव भएका मागलाई यथाशीघ्र चाँडो पूरा गर्ने र नीतिगत मागहरूलाई छलफलबाट टुंग्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : श्रावण २५, २०७९ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?