कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आगामी चुनावमा म्यादीको संख्या बढ्छ : आईजीपी सिंह

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी निर्वाचनमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने आईजीपी धिरजप्रताप सिंहले बताएका छन् ।

आगामी चुनावमा म्यादीको संख्या बढ्छ : आईजीपी सिंह

बिहीबार पत्रकार सम्मेलनमार्फत उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वैशाख ३० मा भएको स्थानीय तहको चुनावमाभन्दा धेरै संख्यामा म्यादी भर्ना गरिने बताएका हुन् ।

उक्त निर्वाचनमा ४० दिनका लागि म्यादी भर्ना गरिने आईजीपी सिंहले बताए । स्थानीय तहको निर्वाचनमा करिब एक लाखको संख्यामा म्यादी प्रहरी खटाइएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मंसिर ४ मा हुँदै छ ।

प्रकाशित : श्रावण २६, २०७९ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?