एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु, ८१५ जनामा संक्रमण पुष्टि  

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी ५ जनाको मृत्यु भएको हो । यस्तै ४ हजार ५३४ नमुना परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको छ । 

एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु, ८१५ जनामा संक्रमण पुष्टि  

मन्त्रालयका अनुसार २ हजार ४११ पीसीआर परीक्षणमा ४६५ र २ हजार १२३ एन्टीजेन परीक्षणमा ३५० जनामा संक्रमण देखिएको छ । २४ घण्टामा ४७६ जना निको भएका छन् । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ ।

२४ घण्टामा ३१ हजार ७६१ जनाले खोप लगाएका छन् ।

प्रकाशित : श्रावण २६, २०७९ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?