पोखरेलको नेतृत्वमा एमालेले बनायो चुनावी घोषणापत्र मस्यौदा कमिटी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । एमाले सचिवालयको बिहीबार बसेको बैठकमा ८ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । पोखरेल एमालेको नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख हुन् ।  

पोखरेलको नेतृत्वमा एमालेले बनायो चुनावी घोषणापत्र मस्यौदा कमिटी

समितिमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

आगामी मंसिर ४ गते सरकारले आमनिर्वाचन गराउने घोषणा गरेको छ । त्यसैगरी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ ।

प्रकाशित : श्रावण २६, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?