कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महिला संघको अध्यक्षमा मिश्र नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन् । सभापति शेरबहादुर देउवाले दलको विधानअनुसार मिश्रलाई बिहीबार महिला संघको अध्यक्षमा नियुक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् । 

महिला संघको अध्यक्षमा मिश्र नियुक्त

'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत १५, २०७८ को बैठकको निर्णयअनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वत: विघटन भएको भ्रातृ संघ नेपाल महिला संघको अध्यक्ष पदमा श्री उषाकुमारी राउत मिश्र (सिरहा) लाई नियुक्त गर्नुभएको छ,' विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : श्रावण २६, २०७९ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?