शरणार्थी गिरोहमा नेता रिजाललाई फसाइएको आरोप

काठमाडौँ — अमेरिका, बेलायत, अस्ट्रेलियासहितका मुलुकमा रहेका भुटानी शरणार्थी संस्था र तिनका प्रतिनिधिले ‘नक्कली भुटानी शरणार्थी गिरोहको प्रपन्चमा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई फसाइएको आरोप लगाएका छन् । 

शरणार्थी गिरोहमा नेता रिजाललाई फसाइएको आरोप

अमेरिकास्थित भुटनिज कम्युनिटी अफ सेन्ट्रल ओहायो, भूटनिज कम्युनिटी अफ लेक्सिंग्टन (केन्टकी), बेलायतस्थित भूटनिज वेलफेयर एसोसिएसन, ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भूटान(नेदरल्याण्ड्स), सर्दन तस्मानिया इंकको भुटानी सामुदायिक संगठन (अस्ट्रेलिया), भुटानी क्यानेडियन एसोसिएसन, न्यूजिल्यान्ड भुटानी समुदाय, डा.गोविन्द रिजाल, भोजराज सुब्बा, भानु ढुंगानासहितले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त अपराधमा जोडिएका शक्तिशालीलाई बचाउने षड्यन्त्रमा रिजाललाई मुछेको आरोप लगाएका हुन् । ती संस्था र तिनका प्रतिनिधिले रिजाललाई बिनासर्त रिहाइ गर्नसमेत माग गरेका छन् ।

'भुटानमा लोकतान्त्रिक परिवर्तनका समर्थक एवं मानव अधिकारको समर्थक रिजाललाई अन्यायपूर्ण तवरमा बलिपशु बनाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

नक्कली शरणार्थी गिरोहमा परिचयपत्र दिएको र केही पैसासमेत असुलेको अभियोगमा रिजाल प्रहरी अनुसन्धान क्रममा १४ दिनयता हिरासतमा छन् ।

प्रकाशित : जेष्ठ १८, २०८० १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?