१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रास्वपाद्वारा 'सांसद विकास कोष' खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता

'सांसद विकास कोष'बाट राष्ट्रिय ढुकुटी दोहन

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद विकास कोषका लागि बजेट विनियोजन गर्दा राष्ट्रिय ढुकुटी दोहन हुने भन्दै खारेजीका लागि संकल्प प्रस्ताव दर्ता गराएको छ । रास्वपाका सांसद डोलप्रसाद अर्यालको नेतृत्वमा बिहीबार संकल्प प्रस्ताव दर्ता भएको हो । 

रास्वपाद्वारा 'सांसद विकास कोष' खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता

रास्वपाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई रकम छुट्याएर बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको रास्वपाको भनाइ छ । अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा बजेट भाषण गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँका दरले ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको बताएका थिए ।

रास्वपाले संकल्प प्रस्ताव दर्ता गराउनुको ६ वटा कारण र औचित्य उल्लेख गरेको छ । 'अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने,' संकल्प प्रस्तावको कारण र औचित्यमा भनिएको छ, 'मुलुक विकेन्द्रीकरणको अभ्यासमा गइसकेको अवस्थामा यस्ता स्थानीय विकास केन्द्रित कार्यक्रम ल्याउनुले स्थानीय सरकारको कार्य सम्पादनमा आशंका सिर्जना गरेको देखिने ।'

रास्वपाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिइरहेको समयमा सरकारले संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्दा मुलुकलाई आर्थिक बोझ थपिँदा विकेन्द्रीकरणको औचित्यमा नै प्रश्न उठाउने भनेको छ । रास्वपाले संसद्बाट संकल्प प्रस्तामा 'संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि अर्थ मन्त्रालयबाट तत्काल बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट अन्य आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गरियोस्' भन्ने निर्देशन हुनुपर्ने माग गरिएको छ ।


प्रकाशित : जेष्ठ १८, २०८० १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?