५ सय र १ हजारको भारु नोट साटिने हो कि होइन भन्ने अन्योलका बीच भारतले बैंकिङ तथा सरकारी प्रणाली बाहिर सामान्य नेपाली जनतासँग रहेको नोटको अनुमानित विवरण मागेको छ ।
प्रमुख राजनीतिक दलहरूबीच विवाद, कटुता र वैमनस्य सिर्जना गर्ने, जाति–जाति र क्षेत्र–क्षेत्र अन्तरविरोध चर्काउने र संविधानको कार्यान्वयनलाई रोक्न देशमा चुनावै हुन नदिने षड्यन्त्रलाई सफल पार्ने दुर्नियत राखिएको छ ।
कर्मचारीहरूको मिलेमतोमा बिजुली चोरी भएको निष्कर्ष निकाल्दै विद्युत् प्राधिकरणले त्यसमा नियन्त्रण गरी बढ्दो चुहावट घटाउन क्षेत्रीय वितरण तथा ग्राहक सेवा कार्यालयका करिब २ हजार ५ सय कर्मचारीहरूको सरुवा गर्ने जुन निर्णय लिएको छ, त्यो आफैंमा सकारात्मक भए पनि पर्याप्त छैन ।
संविधानको प्रभावकारी कार्यान्वयन गर्न र जनतालाई राजनीतिक परिवर्तनको व्यावहारिक अनुभूति प्रदान गर्न पनि निजामती सेवामा सुधारको अवसरलाई गुम्न दिनु हुँदैन ।
राजनीतिक दर्शनले हामीलाई लाठी बनायो । साम्यवादी भए चीनको लाठी चलाउनुपर्ने । प्रजातन्त्रवादी भए भारतको लाठी उज्याउनुपर्ने । पञ्चायती हुँदा दुवै लाठीको आलोपालो प्रयोग गर्नुपर्ने । यो हाम्रो जीवन्त नियति बन्यो ।
बाह्र वर्ष भएछ, नाम अगाडि ‘डा.’ लेख्न थालेको पनि । २०६१ माघ १९ गते एमबीबीएस उत्तीर्ण भएको उल्लासमा भैरहवा छोडेर काठमाडौं उत्रिने तारतम्य मिलाएको क्षण । अनि फागुन १ बाट वीर अस्पतालमा इन्टर्नसिप सुरु गरेको समय ।
विडम्बना भन्नुपर्छ, झन्डै २ लाख जनसंख्या रहेको विराटनगर उपमहागरपालिकाको नगरक्षेत्रमा बसोबास गर्ने बहुसंख्यक हुँदाखानेहरूको पुस्तौं—पुस्ता शौचालय बिनाको जीवन जिउन बाध्य छन् ।
सहज, सस्तो र प्रचलनको बाटो रोज्दै भारतीय गाउँ–सहरमा रोजगारीका लागि जाने नेपाली श्रमिकका लागि सरकारले ल्याएको पछिल्लो व्यवस्था लामो समयदेखि सम्बोधन हुन नसकिरहेको एजेन्डा समेत हो ।