विचार

Opinion

अनुसन्धान प्रभावकारी बनाऊ

गुणस्तरहीन ट्रान्सफर्मर अनियमिततासम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले तीन वर्षभन्दा ढिला निर्णय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागदाबी गरेकामा आंशिक ठहरसमेत गरेको छ । ६० जनाबाट १ अर्ब ६ करोड रुपैयाँ बिगो दाबी गरिएकामा २० जनालाई दोषी ठहर्‍याउँदै ४६ करोड १७ लाख भराउने फैसला आएको छ ।

अनुसन्धान प्रभावकारी बनाऊ

राज्यरूपी संस्थाको क्षयीकरण

सन् १९९० को दशकको सुरुदेखि विश्वमा लोकतान्त्रीकरणको लहर आयो । त्यस यताका अढाई दशकमा मुलुकको विकास र जनताको जीवनस्तर सुधारमा ल्याउने उपाय र औजारका रूपमा राज्यको संस्थागत क्षमता विश्व अर्थराजनीतिक बहसको केन्द्रविन्दुमा छ ।

राज्यरूपी संस्थाको क्षयीकरण

उत्तरायण, धूलो र रंगमञ्च

चैत १९ गते सर्वनाम थिएटरमा यसै नाट्य संस्थाका कलाकार राज शाहले लेखेको र निर्देशन गरेको ‘बुख्याँचा मन’ नामको नाटक हेर्न गएको थिएँ । अशेष मल्लले ‘आज हामीले सर्वनाम बनाएको पैंतिसौं वर्षको दिन हो’ भन्दै मलाई पनि नाम लिएर त्यो साझा स्मृतिमा आबद्ध गराए । म एकाएक भावुक र किञ्चित चकित भएँ ।

उत्तरायण, धूलो र रंगमञ्च

खर्चिलो नि:शुल्क उपचार

मृगौलाका बिरामीलाई पहिला साताको दुईपल्टसम्म डायलासिस नि:शुल्क थियो । अहिले सरकारले त्यसलाई बढाएर तीनपल्ट पुर्‍यायो । त्यसमा अर्को सुविधा थप्यो– प्रत्यारोपण नि:शुल्क । सर्वसाधारणको बुझाइमा– अब मृगौला रोगको उपचारमा खर्च लाग्दैन ।

खर्चिलो नि:शुल्क उपचार

लैंगिक समानताको बहस

१०७ औं अन्तर्राष्ट्रिय नारी दिवस ‘बी बोल्ड फर चेन्ज’ नारासहित महिला हक–अधिकार प्राप्तिको ‘सेलेबरेसन सक्सेसेज’ र बाँकी अधिकारको प्राप्तिका लागि प्रत्येक सरकारलाई दबाब सिर्जना गर्दै विश्वभरका महिलाले उत्सवका रूपमा मार्च ८ मा मनाए ।

लैंगिक समानताको बहस

सार्वजनिक सुविधामा वितरणात्मक न्याय

गरिबी निवारणको दृष्टिकोणले होस् वा सुशासन स्थापनाका लागि, राज्यको प्रयास समानता उन्मुख हुनुपर्छ । सार्वजनिक सुविधा प्रयोगको लाभहानि वितरण समानतामुखी हुनुपर्छ । तर के नेपालको शासकीय प्रबन्ध र कानुनी व्यवस्थामा सार्वजनिक सुविधाको उपयोगमा वितरणात्मक न्याय कायम गरिएको छ त ?

सार्वजनिक सुविधामा वितरणात्मक न्याय
चैत्र २०, २०७३

न्यायपालिकाको साख र कालो कोटको मर्यादा

न्यायाधीशको पदीय मर्यादाप्रतिको संवेदनशीलता एवं कार्य सम्पादनको प्रकृतिजस्ता मूलभूत कुरा हेक्का राखेर विशिष्ट मापदण्ड निर्धारण गर्नुपर्छ ।

न्यायपालिकाको साख र कालो कोटको मर्यादा

कक्षा १ मै प्रवेश परीक्षा अनुचित

वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । अभिभावक आफ्ना छोराछोरीका लागि स्कुल खोज्न दौडधुपमा छन् । यस्तो बेला स्वभावैले राम्रो भनेर चिनिएका विद्यालयमा भर्ना हुन खोज्नेहरूको चाप बढी हुन्छ । तर, पूर्वाधारलगायत कारण विद्यालयले सबैलाई पढाउन सक्दैनन् र क्षमताअनुसार सीमित विद्यार्थीलाई भर्ना लिन्छन् ।

कक्षा १ मै प्रवेश परीक्षा अनुचित

विकासको मियो सहकारी

२०१३ सालमा बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई नेपालमा सहकारी आन्दोलन सुरु भएको हो । यसै दिनको स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । राष्ट्रिय सहकारी संघ लिमिटेडले ६० औं सहकारी दिवसका लागि ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नारा तय गरेको छ । जुन संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकास लक्ष्य प्राप्तिमा केन्द्रित छ ।

विकासको मियो सहकारी
चैत्र १९, २०७३

मलम प्रयोगमा सतर्कता

हाम्रो देशको तथ्याङ्कअनुसार छाला रोग एउटा अस्पतालको बहिरंग विभागमा हेरिने रोगमध्ये छैठांैमा पर्छ । सर्वसाधारणको सोचाइ के छ भने छालाको रोगले केही हानि गर्दैन । त्यसैले कुनै दाग, दाद, एलर्जी भए घर नजिकैको औषधी पसलमा गई सोधेर ल्याएको औषधी लगाउने गरिन्छ । यस्तो गर्नुमा केही गलत त छैन, तर त्यो औषधी सही हुन जरुरी छ ।

मलम प्रयोगमा सतर्कता

व्यक्तिगत घटना दर्ताको औचित्य

सामाजिक सुव्यवस्थाको आरम्भ व्यक्तिको पहिचान पक्का भएपछि नै हुन्छ । समाजमा आफ्नो अस्तित्व सावित गर्ने पहिलो अभ्यास भनेकै व्यक्तिगत घटना दर्ता व्यवस्था हो । म को हुँ, कसको छोरा वा छोरी, कुन वर्ग र वंशको र भूभागमा जन्मेको जस्ता कुराले उसको सामाजिक अस्तित्व सिद्ध गर्छ । यसका निम्ति तथ्यांक आवश्यक पर्छ ।

व्यक्तिगत घटना दर्ताको औचित्य

चेपुवामा निधि

प्रचण्ड नेतृत्व सरकारका मुख्य सूत्रधार हुन्, कांग्रेस नेता विमलेन्द्र निधि । त्यसैले जसको नीति उसैको नेतृत्व भन्दै उनै निधिलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट उपप्रधान र गृहको जिम्मेवारीसहित मन्त्रिपरिषदमा पठाए ।

चेपुवामा निधि

रिचमन्ड फर्निचर

स्वर्गका राजा इन्द्रको सिंहासन जोड–जोडले हल्लिरहेको थियो । यो कुनै शुभसंकेत थिएन । त्यसकारण अत्यन्तै आत्तिएर इन्द्रदेवले स्वर्गका दरबारिया देवगणको आकस्मिक बैठक डाकेका थिए ।

रिचमन्ड फर्निचर