१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
विचार

Opinion

बन्द नभएको एउटा अध्याय

‘राजारानीलाई गोली लाग्यो, राजदरबारमा ठूलै गडबडी भएजस्तो छ,’ ठीक १६ वर्षअघि रातको ११ पनि बजेको थिएन, दरबारमा एडीसी रहिसकेका एक उच्च प्रहरी अधिकारीले फोनमा सुनाएको यो खबर झस्काउने खालको थियो । उसबेला झस्कायो मात्र, पछि त त्यो इतिहासको पाङ्ग्रा नै अर्कोतिर मोड्ने घुम्तीको घटना साबित भयो ।

बन्द नभएको एउटा अध्याय

राजा वीरेन्द्रलाई सम्झँदा

२०५८ जेठ १९ को दरबारको कहालीलाग्दो घटनाले नेपाली र नेपालका शुभचिन्तकहरूको मनमा चोटमात्र पुर्‍याएन । त्यसपछि देशको राजनीतिको शृंखलाबद्ध उतार–चढावले अनेकतामा एकताको सूत्रमा रमाएको नेपालको राष्ट्रियता आजको दिनमा आइपुग्दा कमजोर भएको महसुस हुनथालेको छ । यसको जिम्मेवार राजा वीरेन्द्र पछिका सबै तह र तप्काका नेतृत्वहरू नै हुन् भनिएमा कुनै अत्युक्ति नहोला ।

राजा वीरेन्द्रलाई सम्झँदा

अपांगतामैत्री समाजको खाँचो

हामीलाई थाहा नै छ, व्यक्ति–व्यक्ति मिलेर परिवार बन्छ । परिवार–परिवार मिलेर समुदाय अनि समाज बन्छ । समाज हाम्रो जीवन स्तरको ऐना हो । अनि समग्रमा हामी मिलेर नै समाजको निर्माण भएको हो । समाज उदाहरणीय छ/छैन भन्ने व्यक्ति र परिवारको संवेदनशीलतामा निर्भर गर्छ ।

अपांगतामैत्री समाजको खाँचो

चुनावले बदलेको परिवेश

स्थानीय तहको बाँकी निर्वाचनलाई सार्दासार्दै मध्य असार पुर्‍याइएको छ । पहिला एकै चरणमा गर्ने भनिए पनि मधेस केन्द्रित घटकहरूलाई प्रक्रियामा ल्याउने प्रयोजनले नवलपरासीको पूर्वी भाग र चितवन बाहेक तराईको भूभाग भएका प्रदेशहरूलाई दोस्रो चरणका लागि थाँती राखियो ।

चुनावले बदलेको परिवेश

मतदान होइन, मतगणना

अनेक अन्योल र आशंका चिर्दै सहज ढंगमा तीन प्रदेशमा स्थानीय तहको पहिलो चरण निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि मुलुकमा सकारात्मक सन्देश छाइरहेको थियो । एकाध छिटपुट घटनाबाहेक जसरी शान्तिपूर्वक निर्वाचन भयो, त्यसको ‘जस’ गठबन्धन सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रैसँग लिए । यसले उनको राजनीतिक उचाइ ह्वात्तै बढायो ।

मतदान होइन, मतगणना
जेष्ठ १८, २०७४

बजेटपछिको अर्थराजनीतिक बाटो

दुई महिना अघिसम्म कांग्रेसका केही नेता ‘स्थानीय तह होइन, स्थानीय निकाय’को चुनाव गर्नुपर्ने रटानमा थिए । एमाले चौतारामा उभिएर नरो वा कुञ्जरोको शैलीमा जुन किसिमको भए पनि निर्वाचन हुनुपर्छ भन्नेमा थियो ।

बजेटपछिको अर्थराजनीतिक बाटो

महिनावारी सरसफाइ र शौचालय !

हिन्दु धार्मिक मान्यता र विश्वासमा आधारित समुदायमा महिनावारीलाई ‘पाप’ र ‘अपवित्रता’को संज्ञा दिइएको पाइन्छ । यही कारण महिनावारी भएकी महिलालाई अछूतको रूपमा लिएर अनेक कुरामा प्रतिबन्ध लगाउने गरिन्छ । रजस्वला वा महिनावारीसँग जोडिएको छाउपडी संस्कारले त झन् रजस्वला भएका महिलालाई पशुभन्दा तल्लो स्तरमा राखेको छ । मानिसले नै सिर्जना गरेका देवताले मानिसलाई नै कसरी त्रस्त बनाउँछन् भन्ने बलियो उदाहरण हो, छाउपडी ।

 महिनावारी सरसफाइ र शौचालय !

एमाले अध्यक्ष ओलीलाई खुला पत्र

स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि नेपाली कांग्रेसप्रति तपाईका पछिल्ला अभिव्यक्तिले यो खुलापत्र लेख्न प्रेरित गर्‍यो । ‘कांग्रेस जस्तो पार्टीले यत्रो मत कसरी ल्यायो ?’ र ‘कांग्रेस जस्तो पार्टी कसरी एमालेको प्रतिस्पर्धामा आउन सक्यो ?’ जस्ता तपाईको कटाक्ष तपाईको सुनियोजित प्रचार युद्धका हिस्सा हुन् भन्ने प्रस्ट छ ।

एमाले अध्यक्ष ओलीलाई खुला पत्र

गणतन्त्र र मततन्त्रबीचको मझेरी

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनबीच गणतन्त्र दिवस आइपुग्यो । यसलाई राजकीय कर्मकाण्डसाथ मनाइयो पनि । दोस्रो चरणको निर्वाचन कहिले र कसरी हुने अन्योल यथावतै छ । यसै माझ हामीले अभ्यास गरिराखेको गणतन्त्रबारे फेरि जनमानसमा चर्चा चल्यो । त्यसको तात्कालिक कारण राष्ट्रपतिद्वारा प्रदान गरिने मानपदवी बन्यो ।

गणतन्त्र र मततन्त्रबीचको मझेरी

कमजोर हवाई सुरक्षा

समिट (गोमा) एयरलाइन्सको कार्गो विमान लुक्लामा दुर्घटना भएको चार दिनमा बुधबार नेपाली सेनाको कार्गो जहाज बाजुराको कोल्टीमा दुर्घटनामा परेको छ । यी घटनामा नेपाली उड्डयन क्षेत्रका दुई वरिष्ठ क्याप्टेनसहित तीन जनाको निधन भएको छ । दुर्गम क्षेत्र लक्षित निजी क्षेत्रको गोमा र हुम्लीका लागि चामल बोकेर जोखिमपूर्ण उडान भरेको नेपाली सेनाको जहाजका दुवै दुर्घटनामा खराब मौसम र जटिल भूगोल झट्ट हेर्दाका कारण देखिएका छन् ।

कमजोर हवाई सुरक्षा