विचार
श्रावण १, २०७४

मधेसमा बढ्दो भागी बिहे

मधेसी समाजमा धान काटिसकेर अर्को वर्ष धान नरोपुन्जेलको अवधिमा बिहेवारी गर्ने चलन छ । यो बीचको समयमा तराई–मधेसका चियापसल, पानपसल, चोक–चौराहामा प्राय:जसो बिहेकै चर्चा हुने गर्छ ।

कर फर्स्योटमा उन्मुक्ति नदेऊ

विवादास्पद कर फर्स्योट आयोगले मनोमानी ढंगले गरेका छुटका निर्णयहरू एकपछि अर्को सार्वजनिक हुँदै गएका छन् । कहिलेकाहीं विशेष प्रकृतिको निर्णय गरी टाट पल्टिएर रुग्ण बनेका, बन्द भएर कर नउठ्ने भनी माया मारेका र प्राकृतिक वा अन्य दुर्घटनाले समस्यामा परेका उद्योग वा करदातालाई छुट दिने सिद्धान्त दुरुपयोग गर्दै आयोगले मदिरा, ‘ट्रेडिङ’ तथा वार्षिक अर्बौं नाफा गर्ने कम्पनीलाई समेत कर छुट दिएको सार्वजनिक भएको छ ।

असार ३१, २०७४

कर फर्छ्योट : ढुकुटीमाथि ज्यादती

त्रिवेणी डिष्ट्रिलरीले नेपाल सरकारलाई विभिन्न शीर्षकको करबापत ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँ बुुझाउनुपर्ने थियो । कर फछ्र्योट आयोगले त्यस रक्सी कम्पनीसँंग जम्माजम्मी ३ करोड ९९ लाख रुपैयाँमात्रै लिएर बाँकी ३ अर्ब २९ करोड १६ लाख रुपैयाँ मिनाहा गरिदियो ।

भूकम्पको त्रास, जनप्रतिनिधिको आस

स्थानीय निकायमा लामो समयदेखि जनप्रतिनिधि नहुनुको वास्तविक पीडा र अप्ठ्यारो स्थानीय जनता र कर्मचारीले २०७२ वैशाख १२ को विनाशकारी भूकम्पका बेला महसुस गरेका थिए । भूकम्पको भोलिपल्टदेखि नै जनताले स्थानीय निकाय गुहार्न थालिसकेका थिए ।

सच्चा धनपति

मैले ‘धनपति’ सिनेमा हेर्ने अवसर पाएको छैन । तर यसलाई अवलोकन गर्नेहरूका टिप्पणी भने अवश्य सुनेको छु । अधिकांश सकारात्मक किसिमका रहेका छन् । अतएव यो एक बढिया चलचित्र नै बनेको हुनुपर्छ भन्ने निष्कर्षमा म पुगेको छु ।

ज्ञानका ज्योति

‘राष्ट्रनिर्माण अभियान आफैंबाट थाल्नुपर्छ’, डा. स्वामी रामानन्द गिरी भन्थे, ‘केही गर्ने सोच आफैंमा पैदा गर, लक्ष्य प्राप्तिका लागि संघर्ष गर, जीवन सफल हुन्छ ।’ गृहस्थी संघर्षबाट टाढा रहेका यी विद्वान् सन्तका आवाज आज पनि कानमा गुञ्जिरहन्छन् ।

असार ३०, २०७४

सांसद संख्या नबढाऊ

संवैधानिक प्रावधानअनुसार निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रक्रिया अघि नबढाई सत्तारूढ दलका नेताहरूले प्रतिनिधिसभा सदस्यका लागि साबिकको २ सय ४० निर्वाचन क्षेत्र नै कायम गर्न छलफल अघि बढाएका छन् ।

एमाले अगाडि, कांग्रेस किन पछाडि ?

स्थानीय तहका लागि भएको दुबै चरणका निर्वाचनको नतिजा अनुसार एमालेको प्रगति, नेपाली कांग्रेसको दुर्गति नै त नभनिहालौं, अवनति भएको छ । माओवादी केन्द्रको उपस्थिति दर्शिएको छ । संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले पनि आआफ्नो ठाउँमा राम्रै प्रदर्शन गरेका छन् ।

भारत–चीन : नयाँ शीतयुद्धको सन्त्रास

पूर्वी सीमापारि पहाडमा अहिले दुई खाले उथलपुथल भइरहेको छ । दार्जिलिङ क्षेत्रमा छुट्टै ‘गोर्खाल्यान्ड’ प्रान्तको मागसहित नेपालीभाषीले आन्दोलन गरिरहेका छन् भने सिक्किम–भुटान मास्तिरको भूभागमा भारतीय र चिनियाँ सेना झन्डै एक महिनादेखि मोर्चाबन्दीमा छन् । दुवै घटनाको जरो इतिहाससँगै गाँसिएको छ, जसको छेउछाउमा नेपाल पनि जोडिन आउँछ ।