कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘स्मार्ट सिटी’ को रन्को

अचेल केही समयदेखि ‘स्मार्ट सिटी’ शब्दको प्रयोग निकै बढेको छ। सायद सबभन्दा चल्तीमा आएका शब्द हुन् : स्मार्ट फोन र स्मार्ट सिटी।

‘स्मार्ट सिटी’ को रन्को

आखिर हाम्रा सबै ठूलाबडाले भट्याउने गरेका ‘स्मार्ट सिटी’ के हो? यो शब्दको अर्थ मैले राम्ररी बुझेको छैन र म बुझ्ने प्रयासमा छु। ‘स्मार्ट सिटी’ प्रयोग गर्ने विशेषज्ञहरूलाई पनि मैले नेपालको सन्दर्भमा यसको अर्थ राम्रोसंँग बुझाइदिन अनुरोध गरेंँ। तर विशेषज्ञहरूबाट पनि गोलमटोल जवाफमात्र पाएंँ। केहीले प्राविधिक शब्द प्रयोग गरेर मलाई अल्मलाए भने केहीले नेपालको सन्दर्भमा ‘स्मार्ट सिटी’को अर्थ अझ व्यावहारिक रूपमा अध्ययन गर्न बांँकी नै रहेको भनी इमानदारीपूर्वक आफ्नो लाचारी प्रकट गरे। 

म चावहिल—धुम्बाराहीमा बस्छु। विगत एक वर्षदेखि रिङरोडको दुर्दशा हिलो र धुलोबाट पीडित धेरै नागरिकमध्ये म पनि एक हुंँ। यो धुलो, हिलो, खाल्टो र फोहोर ढल सडकमा बग्ने अवस्थामा काठमाडौं अब ‘स्मार्ट सिटी’ हुने कुरा सुनेको छु। आखिर के हो, ‘स्मार्ट सिटी’? हिलो, धुलो र फोहोर ढलसँंग दिनदिनै संघर्ष गर्ने काठमाडौं र यस्तै अन्य सहरवासीले ‘स्मार्ट सिटी’ भन्दा के बुझ्ने र कसले बुझाइदिने? के खुला ढल, हिलो, धुलो र मान्छे खाने खाल्डो नै ‘स्मार्ट सिटी’ हो? 

बौद्धिक दासता 
नेपालमाा बौद्धिक दासता प्रचुर मात्रामा छ र बिभिन्न कालखण्डमा हामी सबै यसबाट थोरबहुत प्रभावित भएका छौं। कतिपय अवस्थामा हामी शब्दमा निहित तत्त्वहरूको संयोजन नै नबुझिकन त्यो शब्दलाई हाम्रो देशको सन्दर्भमा प्रयोग गर्छौं र सर्वसाधारणका अगाडि आफ्नो महत्त्व सावित गर्न कुद्छौँ। यसको सबभन्दा नयांँ संस्करण ‘स्मार्ट सिटी’ शब्दको प्रयोगसंँग गाँंसिएको छ। सभा—सम्मेलनमा यो शब्द एकदमै प्रयोग हुनथालेको छ। समस्या के छ भने ‘स्मार्ट सिटी’ भनेको के हो भनेर सोधे आफू मूर्धन्य नेता र बुद्धिजीवीहरूको अगाडि मूर्ख ठहरिने भयो। तर नसोधी बसेँ भने ‘स्मार्ट सिटी’ र ‘मान्छे खाने खाल्डो सिटी’ बीचको भिन्नता नबुझेको भइयो। त्यसैले हामी नक्कली विद्वत्ता छांँट्नै ‘स्मार्ट सिटी’ भन्दा टाउको हल्लाउँंछौं र बौद्धिक दासताको परिचय दिन पुग्छौं। 

के हो ‘स्मार्ट सिटी’? 
‘स्मार्ट सिटी’ के हो भन्ने ध्याउन्नमा म लागँें। यो अवधारणाको सुरुआत सूचना प्रविधि क्षेत्र र कम्प्युटर सफ्टवेयरको विकाससँंग जोडिएको देखापर्छ। स्वभावत: यसले पाश्चात्य देशहरूमा प्रभाव पारेको छ। मूलत: सिटी भन्नाले सहरी क्षेत्र र नागरिक बसोबासलाई जनाउंँछ भने ‘स्मार्ट सिटी’ भन्नाले यो सहरी क्षेत्रभित्रको आधारशिला र यसमा बस्ने नागरिकको सम्बन्धमा सूचना प्रविधि र कम्प्युटरको प्रयोग र उपादेयतालाई जनाउँंछ। सूचना प्रविधि र कम्प्युटर सफ्टवेयरलाई नागरिकको जीवन सुधार्न, खर्च घटाउन र उपलब्ध प्रविधिको प्रयोग गरी नयाँ आधारशिला र साधनको पूर्ण फाइदा लिने प्रयास ‘स्मार्ट सिटी’को अवधारणासँंग जोडिन आउँंछ। ‘स्मार्ट सिटी’को स्तर सबै ठाउंँमा एउटै छैन। युरोपमा एउटा स्तर छ भने भारतजस्तो देशमा त्यसको स्तर फरक छ। मूल कुरो ‘स्मार्ट सिटी’ अवधारणाले नागरिक जीवनको गुणस्तर उठाउंँछ। उदाहरणका लागि हामी कोठामा बिर्सेर बत्ती बालेर छोड्छौं। यसले बिजुलीको नचाहिँदो खर्च बढ्छ भने फाइदा केही भएन। तर ढोका खोलेर बाहिर जाने बित्तिकै बिजुली आफै निभ्ने या मधुरो भएर जाने सफ्टवेयर प्रयोग भए आफ्नो सुविधा नघट्ने तर खर्च कम हुने भयो। यो ‘स्मार्ट सिटी’मा ‘स्मार्ट लिभिङ’को एउटा उदाहरण मात्र हो। यसरी यातायातदेखि आधुनिक शिक्षा, स्वास्थ्य र सञ्चारजस्ता हरेक क्षेत्रमा सूचना प्रविधि र कम्प्युटर सफ्टवेयरको प्रयोगबाट नागरिकको खर्चमा नियन्त्रण गर्दै जीवन सहज र सुरक्षित बनाउने अवधारणा ‘स्मार्ट सिटी’सँंग जोडिएको छ। अर्को उदाहरण लिऊँ, सहरमा ट्राफिक लाइट हेरौं। अहिलेका आधुनिक ट्राफिक लाइटले सडकमा गाडी/मान्छे कति छन् भनी विद्युतीय सेन्सरद्वारा तथ्यांक संकलन गर्छन् र त्यसअनुसार तुरुन्तै गाडी सञ्चालन गर्न निर्देशन दिन्छन्। यो ‘स्मार्ट ट्राफिक सञ्चालन’ हो। अब हामीकहांँ हेरौं।

काठमाडौंमा जम्मा ३२ वटा सामान्य ट्राफिक लाइट जडान गरिएको थियो। यही सामान्य ट्राफिक बत्ती पनि अहिले बिग्रेका छन्। एक समय विदेशीको सहयोगमा जडान भयो, तर कहिल्यै मर्मत भएन र ट्राफिक बत्ती कसले मर्मत गर्ने पनि निर्णय गरिएन र अहिले सबै भग्नावशेष भएका छन्। अब ट्राफिक सञ्चालन ‘स्मार्ट ट्राफिक बत्ती’को सट्टा ट्राफिक प्रहरीको जिम्मामा पुगेको छ। यथार्थमा हामी ‘स्मार्ट सिटी’ होइन, पुरातन सिटीतिर पुग्दैछौं। तर पनि गफ छ, ‘स्मार्ट सिटी’को। वास्तवमा ‘स्मार्ट सिटी’ भन्दा विद्युतीय माध्यमको बढी प्रयोगद्वारा संकलित तथ्यांकको आधारमा सहरवासीलाई जिन्दगीका बिभिन्न क्षेत्रमा राम्रो र सस्तो सेवा दिने प्रयास हो। प्रविधिको विकाससंँगै यसको प्रक्रिया र संरचना निरन्तर बदलिरहेको हुन्छ। यसका अनेकौं रूप र स्तर छन् र सबै ठाउँंमा एकै किसिमको पनि हुंँदैन। 
नेपालको सन्दर्भमा ‘स्मार्ट सिटी’बारे भाषण र बहस एक किसिमको बौद्धिक दासता हो। उच्च डिजिटल प्रविधिको प्रयोग गरी जनता र सरकारको सम्बन्धमा सहभागिता र कुशलता ल्याउनु र जनतालाई सरकारले दिने सेवा सुलभ र सस्तो गरेर पुर्‍याउने लक्ष्य राम्रो हो। तर भएको ३२ वटा ट्राफिक लाइट भत्केर रहने तर गफ भने ‘स्मार्ट सिटी’को गर्नु बौद्धिक बेइमानी हुन आउंँछ। ‘स्मार्ट सिटी’को गफभन्दा अहिले हामीलाई ससानो कुरामा सुधार गरिदिए पनि ठूलो उपलब्धि हुने थियो। कमसेकम खाल्डा—खुल्डी पुरिदिएर धुलो, हिलो कम गर्ने, ढल खनेपछि फोहोर पानी बग्न नदिने, सामान्य ट्राफिक बत्तीलाई फेरि चालु गर्ने, हराउँंदै गएको हरियाली बचाउने, सरकारी पर्ती जग्गामा नयाँं पार्क निर्माण गर्ने, जनता हिंँड्न सडक पेटीको मापदण्ड तोक्ने, साइकल लेन बनाउने काम सम्बन्धित तहले जनसहभागितामा गरिदिए मात्र पनि काठमाडौं ‘स्मार्ट सिटी’को पहिलो खुड्किलो पार हुने थियो। तर जनतालाई राहत हुने साना काम पनि नगर्ने गफ भने पाश्चात्य मुलुकको ‘स्मार्ट सिटी’को गर्ने संस्कार आफैंमा हास्यास्पद र दुर्भाग्यपूर्ण रहेको छ। 

राम्रो र स्मार्ट सहर बनाउन राम्रो सहर बनाउने इच्छाशतिm भएको इमानदार सरकार आवश्यक सर्तको रूपमा देखापर्छ। ‘स्मार्ट सिटी’ रहरले बन्दैन। यसको लागि कार्ययोजनाप्रति जिम्मेवारी र जनताप्रति उत्तरदायी महसुस गर्ने सरकार चाहिन्छ। अब हामी नै विचार गरौं। काठमाडौंभरि ट्राफिक बत्ती नबल्दा आफ्नो जिम्मेवारी केही पनि नदेख्ने र त्यो अवस्थाको लागि जनताप्रति उत्तरदायित्व महसुस गर्न नसक्ने सरकारले सूचना प्रविधि र कम्प्युटर प्रयोगमार्फत जनतालाई कुनै सेवा दिन सक्ला? 

आफूले प्रतिबद्धता गरेको बुंँदामा नेपाल सरकारको जवाफदेही रहनुपर्छ भन्ने मूलमन्त्र राष्ट्रमा छैन। बजेट खर्च गर्ने नाममा अर्बाैं असार महिनामा मात्र खर्च हुन्छ। यो विकासे योजनालाई खोलाले बगाउँंछ। जे खर्च हुन्छ, त्यो यति धेरै तल्लो गुणस्तरको बन्छ र सात दिनमा योजनाको भौतिक पक्ष पनि हराउँंछ। भनेको कुरा सरकार गर्दैन, तर बजेट रकमान्तरको माध्यमबाट नलेखेका धेरै योजनामा पैसा छरिन्छ। तर यस प्रकारको गतिविधिप्रति न कोही जिम्मेवार ठहरिन्छ, नत कसैले कही जवाफदेही निर्वाह गर्नुपर्छ। 

प्रधान शत्रु 
दक्षिण एसियामा ‘स्मार्ट सिटी’को लहर सबभन्दा बढी भारतमा चलेको छ। यद्यपि यसबारे त्यहाँ पनि अझै अन्योल रहेको छ। भारतमा मापदण्ड अनुसार कमसेकम जति क्षेत्रलाई ‘स्मार्ट सिटी’ भनी तोकेको छ, त्यसभित्र चौबिसै घन्टा बिजुलीको आपूर्ति र यसमध्ये पनि दस प्रतिशत सोलार विद्युत हुने, चौबिसै घन्टा पानीको आपूर्ति, फोहोर पानी सफा गरी पुन: प्रयोग गर्ने व्यवस्था, ढलको आधुनिक व्यवस्था, झरीको पानीको पुन: उपयोग गर्ने, हिंँड्ने पेटीको राम्रो व्यवस्था, साइकल यातायातलाई प्रोत्साहन, पर्याप्त हरियाली र खुलापन, सडक बत्तीको आधुनिक प्रविधिमा आधारित व्यवस्थाजस्ता थुप्रै बुंँदा समेटिएका छन्। यी सबै प्रावधान लागू गर्दा आधुनिक सूचना प्रविधि र सफ्टवेयर प्रयोग गरी कमसेकम खर्चमा उच्च गुणस्तरको सेवाको प्रयास ‘स्मार्ट सिटी’को विशेषता मानिन्छ। अर्थात् सहरभित्र सबै नभए पनि एउटा सानो क्षेत्र तोकेर भए पनि नागरिकको जीवनको गुणस्तर उठाउनु ‘स्मार्ट सिटी’भित्र पर्छ। अब प्रश्न आउँंछ, यो अवधारणा व्यवहारमा उतार्न सडकमा मान्छे डुबाउने खाल्डो पुर्न पनि प्रधानमन्त्रीले आदेश गरेमात्र काम गर्ने प्रशासन र आफ्ना सदस्यलाई मोबाइल बांँड्न ब्यस्त नगरपालिकाले ‘स्मार्ट सिटी’को अवधारणालाई व्यवहारमा उतार्ला भनी कसरी पत्याउने? 

नेपालमा हालसम्मको गतिविधि हेर्दा ‘स्मार्ट सिटी’ बनाउनेतर्फ नभएर ‘स्मार्ट भ्रष्टाचार’मा नै राजनीति र अर्थनीति केन्द्रित भएर गएको छ। यो ‘स्मार्ट भ्रष्टाचार’को सबभन्दा पछिल्लो प्रकरण ४७ वर्ष पुरानो कानुनलाई आधार मानी अर्बौं लुट्ने प्रयासमा स्पष्ट छ। यो प्रवृत्ति नेपालमा कुनै पनि स्मार्ट उपलब्धिको प्रधान शत्रु हो। 

लोहनी एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष हुन्। 

प्रकाशित : श्रावण १९, २०७४ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?