दुई ठूला कम्युनिस्ट दल एमाले र माओवादी केन्द्र चुनावी तालमेल गरेर पार्टी एकतातर्फ उन्मुख भएका छन् । यो तालमेल र एकता अभियानमा नयाँ शक्ति पार्टी पनि मिसिएको छ ।
अहिले एकातिर राजनीतिक दलहरूलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छान्न चटारो छ भने अर्कोतिर निर्वाचनपछि केन्द्रमा कसको सरकार बन्ला र कुन प्रदेशमा कसले बाजी मार्ला भन्ने अड्कलबाजी सुरु भएको छ ।
सुन त्जुले भनेका छन्, ‘युद्धको सबभन्दा ठूलो कला यही हो कि शत्रुलाई नलडिकनै परास्त गर्न सकियोस्’ । एकीकृत कम्युनिष्ट पार्टी निर्माण एवं चुनावी तालमेल गर्न एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच निर्माण भएको गठबन्धनले पहिलो दृष्टिमा यस्तै सन्देश दिन्छ ।
पछिल्लो पटक अस्पतालहरूमा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु हुने घटना बढ्न थालेसँगै निम्तिएको अस्पताल तोडफोड लगायतका अप्रिय घटना तथा बिरामी–चिकित्सकबीच बढ्दै गएको अविश्वासको वातावरणका कारण हाम्रो स्वास्थ्य प्रणालीमा के–कस्ता कमी–कमजोरी छन्, पुनर्मूल्यांकन गर्नुपर्ने देखिएको छ ।
विभिन्न देशका आआफ्नो राष्ट्रिय पहिचान दिने राष्ट्रिय फल छन् । जस्तै– कम्बोडियाको केरा, जापानको हलुवाबेद, जर्मनीको स्याउ, बाङ्लादेशको कटहर, भारत र फिलिपिन्सको आँप, मलेसियाको डुरियान आदि ।
हाम्रो सभ्यता, संस्कृति, पहिचानको रूपमा राजधानी काठमाडौंको पशुपतिनाथ जस्तो धार्मिक आस्था र विश्वासको केन्द्र भएर बग्ने वागमती चार वर्ष पहिले मृत थियो । नदीमा पानी थिएन । पानी नभएपछि नदीको रूपमा नभएर ढल र फोहोरले दुर्गन्ध फैलिन्थ्यो ।
भारतमा चालु आर्थिक वर्ष, प्रथम त्रैमासको आर्थिक वृद्धिदर ५ दशमलव ७ प्रतिशतमा ओर्लेको छ । सत्तारूढ दल भारतीय जनता पार्टीकै प्रभावशाली नेता एवम् पूर्वअर्थमन्त्री यशवन्त सिन्हाका अनुसार त वास्तविक वृद्धिदर ३ दशमलव ७ प्रतिशत मात्र हो ।
नेपाल–भारत सीमा दशगजामा खाँडो खोलाको मुहान बन्द हुने गरी भारतीय पक्षले गत वर्ष एकतर्फी बाँध बनाउन थालेपछि प्रतिरोध गरेका सप्तरी, कोइलाडी तिलाठी–२ का देवनारायण यादव छोरासहित सीमापारि भारतमा पक्राउ परेका छन् ।
जहाँ शासकहरू मालिक र नागरिक रैतीको हैसियतमा हुन्छन्, त्यो तानाशाही व्यवस्था हो, लोकतन्त्र हैन । लोकतन्त्रमा त शासक भनेका आम नागरिकका सेवक हुन् र हुनुपर्छ ।
केही दिनअधि काठमाडौंको एक स्कुलमा मलाई बालबालिकाको पोषणबारे छलफल गर्न बोलाइयो । मैले अभिभावकले छोराछोरीलाई चाउचाउ र कुरमुरे खाजामा दिएर पठाउने हुनाले यस्तो खराब बानी छाड्न आग्रह गरें ।
विद्यालय शिक्षाको अवस्था मूल्याङ्कन गर्ने एक मात्र आधार भनेको विसं १९९० देखि चलेको एसएलसी परीक्षा नै थियो । विद्यालय शिक्षालाई कक्षा १२ सम्म बनाएको हालको अवस्थामा कक्षा १० र १२ को नतिजाले यसको मूल्याङ्कन गर्न सकिएला तर अक्षराङ्कन पद्धतिमा गएपछि यसलाई सबैले सरल तवरले बुझ्न नसकिने भएको छ ।