कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाँजा पार्टनर

सिउँडी
विमल निभा

स्थानीय चुनावताकाको कुरो । एक हुल ‘भद्रभलाद्मी’हरू एउटा घरमा पुगेका थिए । दसगजा नेरको दुईतले ‘लालनिवास’मा । त्यहाँ पुगेर सबै ‘भद्रभलाद्मी’हरूले अलिकति निहुरेर कोरसमा भने, ‘प्रणाम लालाजी ।’

गाँजा पार्टनर


‘प्रणाम ।’ लालाले ‘भद्रभलाद्मी’हरूतिर हेरेर भने, ‘आज तपाईहरू मकहाँ किन ?’
लालाको घरमा जोरसोरले नियमित ‘बैठक’ चलिरहेको थियो । यसमा गामठामका जाली, बदमास, लफंगा, दरुवा, फटाहा, आवारा, चापलुस, गँजेडी, मुकदमावाज, ठग, लुच्चा आदि सामेल हुन्थे । त्यसैले ‘भद्रभलाद्मी’हरूलाई आफूकहाँ पाएर लाला चकित भएका थिए ।
‘लालाजी, हामी एउटा कामले आएका हौं ।’ एक सेतै कपाल फुलेको ‘भलाद्मी’ले मुख खोल्यो ।
‘कस्ता काम ?’
‘खास काम हो, लालाजी ।’
‘त्यही त कस्तो खास काम हो ?’
‘हामी राजनीतिक कामले आएका हौं, लालाजी ।’ अर्काे वृद्धले भन्यो ।
‘के चन्दा चाहियो ?’ यो भनेर लालाले एक्कासी टाउको घुमाए, ‘ललनवा, सबैलाई एक–एक गिलास भाङ ल्याउ ।’
‘होइन लालाजी, हामीलाई 
भाङ चाहिंँदैन ।’ एक स्वरमा ‘भद्रभलाद्मी’हरूले भने, ‘हामी त हजुरलाई चुनावमा उठ्नका लागि अनुरोध गर्न आएका हौं ।’
‘पेस्ता, बदाम र काजु मिसिएको भाङ हो ।’ 
लाला मुस्कुराए, ‘शरीरलाई 
बढिया हुन्छ ।’
‘ठिक छ ।’ एक नवजवान 
लाग्ने ‘भलाद्मी’ले अघि बढेर 
भन्यो, ‘तर लालाजी चुनावमा उठ्नैपर्छ, हजुर ।’
‘हो, लालाजी उठ्नैपर्छ, चुनावमा ।’ अरूहरूले पनि यसका एकमुष्ट समर्थन जनाए ।
‘हजुर जस्तो योग्य उम्मेदवार हामी पाउन सक्दैनौं ।’ अघिको 
सेतै कपाल फुलेको ‘भलाद्मी’ले भन्यो, ‘लालाजीले चुनावमा 
नउठी हँुदैन ।’
एकाएक लाला गम्भीर भए । 
र उनले आफू वरिपरि रहेका ‘बैठके’हरूका ट्वाल्ल परेको 
अनुहार पालैपालो गरेर हेरे । अनि ‘भद्रभलाद्मी’हरूतर्फ फर्केर भने, ‘मलाई तपाईंहरू माफ गर्नाेस् ।’
‘किन लालाजी ?’
‘म चुनावमा उठे मेरो गाँजाको कामको के हुन्छ ?’ लालाले चर्काे बोलीमा आफ्नो फैसला सुनाए, 
‘म यस्तो चुनावको झञ्झटमा 
पर्न चाहन्न ।’
यस गामठाममा लालाको ठूलो नाम रहेको छ । यसको कारण उनको काम हो । उनी गाँजाका नामुद कारोबारी हुन् । त्यसैले लालालाई देख्नासाथ सीमावारि र सीमापारि दुवैतिरका पुलिसहरू एकहात उचालेर फुर्तीसाथ ‘सलाम’ भन्छन् । यसको जवाफमा उनी रहस्यमय पाराले मुस्कुराउने गर्छन् । एकातिरको ओठ टेढो पारेर । यो बक्र मुस्कानको विशेष ‘अर्थ’ पुलिसहरूलाई राम्ररी 
थाहा हुनुपर्छ ।
लालाले चुनावमा उठ्न नमानेपछि ‘भद्रभलाद्मी’हरूले आआफ्नो भागको भाङ एक सासमा स्वाट्ट पारेर ‘बैठक’बाट बाहिरिए । (भोलिपल्ट) । एउटा लामो परस्परको छलफलपश्चात सबै ‘भद्रभलाद्मी’हरू अमिन भाइको घरमा पुगे । भूतपूर्व डकैत अमिन भाइ लालाका पार्टनर हुन् । गाँजा पार्टनर । पहिले छुट्टाछुट्टै गाँजाको काम गर्थे । र बेलामौकामा एकअर्काका ‘माल’ लुटपाटमा पनि लागेका थिए । एक दिन दुवै अचम्मैले एक भए । त्यसपछि लाला र अमिन भाइको गाँजाको साझा धन्दा धकाधक–धकाधक 
चल्न थाल्यो ।
(गाँजा मे बा मजा
बुझल हमर राजा
चिलम भर गाँजा
आइल बडा मजा
बोल बम गाँजा)
‘तपाईहरू किन आउनुभएको हो ?’ अमिन भाइले 
‘भद्रभलाद्मी’हरूका अनुहारमा आँखा गाडे ।
‘अमिन भाइ, हजुर चुनावमा उठ्नुपर्‍यो ।’ सबैले विनित मुद्रामा हात जोडे । 
‘तपाईहरू मलाई चुनावमा उठाउन चाहनु हुन्छ ?’ उनी आश्चर्यमा थिए ।
‘हजुर ।’ एक ‘भद्रभलाद्मी’ले मिठो बोलीमा भन्यो, ‘हजुरले यो चुनावमा नउठी भएन ।’
‘मलाई कसले भोट दिन्छ ?’
‘सबैले दिनेछन्, अमिन भाइ ।’
‘म चुनावमा जित्न सक्छु र ?’
अमिन भाइलाई विश्वास नै भइरहेको थिएन, ‘यो के भनिरहनुभएको हो तपाईहरूले ?’
‘हामी हजुरलाई जिताएर छाड्छौं, अमिन भाइ ।’ सबैका आवाज एक भएर गुञ्जियो ।
‘ठिक छ ।’ उनी सहजै तयार भए, ‘तपाईहरू भन्नुहुन्छ भने म चुनावमा उठ्छु ।’
स्थानीय चुनावमा ‘भद्रभलाद्मी’ हरूले अमिन भाइलाई भारी मतले जिताएर प्रधान बनाए । प्रधान भइसकेपछि गाँजाको काम झन् ‘चकाचक’ ढंगले चल्न थाल्यो । यसले चुनावमा उठेकाले अमिन भाइसँग रिसाएका लाला पनि आखिरीमा पुरै खुसी भए ।
केही समयपछि अर्काे चुनाव आयो । प्रतिनिधिसभा र प्रदेशसभाको ठूलो चुनाव । अहिले यसमा लाला उम्मेदवार भएका छन् । प्रनिनिधिसभाको सदस्यमा । र घर–घर गएर भोट मागिरहेका छन् । 
तर संयोगले उनको र गाँजा 
पार्टनर अभिन भाइको पार्टी एउटै नभएर फरक–फरक पर्न गएको छ । त्यसैले उनलाई भोट माग्ने बेलामा बारम्बार यही एउटै प्रश्न सोधिने गरिएको छ, ‘लालाजी, तपाई प्रधानजी अमिन भाइसँग छुट्टिनुभएको हो ?’
‘होइन, होइन ।’ उनी तुरुन्तै भन्ने गर्छन्, ‘पार्टीमा भिन्नै भए पनि गाँजामा हाम्रो एकता रहेको छ ।’

प्रकाशित : मंसिर २, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?