कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लेनदेनको लोकतन्त्र

सिउँडी
विमल निभा

चुनावको बेला मुलुक विलकुलै लेनदेनमय देखिएको छ । किनभने सबै पार्टीका नेता घर–घर पुगेर निर्धक्कसँग ‘यो दिन्छु, त्यो दिन्छु’ भनिरहेका छन् । र विचरा अभावग्रस्त नेपाली जनताको माग (जीवन जिउने क्रममा) त सदैव रहिरहेकै छ । कतै हाम्रो चलनचल्तीको लोकतन्त्र यही ‘लेनदेन’को अर्काे नाम त होइन ?

लेनदेनको लोकतन्त्र

यस मामिलामा नेकपा एमाले बहुतै अगाडि रहेको छ । अझ नेकपा माओवादी (केन्द्र) सँगको अपर्झट चुनावी गठजोडले यो अग्रगामिता दोब्बर भएको छ । यसको परिणामस्वरुप पहाडदेखि तराई (उपत्यका पनि) सम्म यही विशिष्ट लेनदेनको गजबको वातावरण बनेको छ ।
‘हामीलाई न्यूनतम जीवनको आधार रोजगारी देऊ ।’ पहाड र तराईका गरिब जनताको पुकारा रहेको छ । 
यसको शीघ्र जवाफमा भर्खरैको वाम गठबन्धनका सुप्रिमो (कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग क्षमायाचना गर्दै) कमरेड खड्गप्रसाद शर्मा ओली उवाच् ‘लौ, पहाडमा गडगडाएर गुड्ने विद्युतीय रेल लेऊ । यसका साथै समुद्रमा मजैले तैरिने पानीजहाज पनि लेऊ । यतिले पुगेन भने हावाको भरमा सरर चल्ने र फरर उड्ने अत्याधुनिक सवारीहरू लेऊ ।’
यही सिलसिलामा उपत्यकाका तृषित जनताका परमानेन्ट माग ‘हामीलाई खानेपानी देऊ’ को पनि खास्सा ओलीमार्का उत्तर नभएको होइन, ‘हे काठमाडौंबासी हो, हाम्रो वाम गठजोडबाट नि:शुल्क वाइफाइ लेऊ ।’
(कुन्नी, यो चुनाव नसकिएसम्म हामीले के–के पाउनेछौं !)
यसले नेपाली कांग्रेस पार्टी अत्यधिक अत्तालिएको छ । सम्भवत: यही अत्यासमा पुराना पञ्चहरूका उत्तराधिकारी पार्टी राप्रपाहरूसँगको लोकतान्त्रिक गठबन्धन सम्पन्न भएको हो । तथापि यसका नेता सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पूर्ण आत्तिएको भावभङ्गिमा कुनै अन्तर किन नआएको होला ? उनी केही दिनदेखि काठमाडौंबाट कञ्चनपुरसम्मको आफ्नो हेलिकप्टरीय चुनावी सभामा यही एकल वाक्यको अटुट प्रयोग गरिरहेका छन्– ‘कम्युनिष्टहरूले जितेमा कम्युनिष्ट शासन आउनेछ ।’ यो कुनै नवीन कुरो होइन । अब कम्युनिष्टले जितेर कांग्रेसी शासन आउनेछ त ? यसमा प्रधानमन्त्री देउवासँग अन्य साना/ठूला साइजका कांग्रेसीका स्वरग्रन्थि लगभग मिलेकै छ– ‘कम्युनिष्टहरूले चुनावमा जिते खतरा हुनेछ ।’
‘कस्तो खतरा नेताजी ?’ मैले एक कांग्रेसी नेतासँग सोधँें ।
‘कम्युनिष्टहरूका खतरा नि ।’ उनले जवाफ दिए ।
‘अनि कम्युनिष्टहरूका साटो कांग्रेसले चुनाव जितेमा के हुनेछ ?’
उनले पुलुक्क मेरो अनुहारमा हेरे । त्यसपछि केही सोच्न थाले । अलिक बेरपछि विस्तारै भने, ‘हेर्नाेस्, हामीले नै चुनावमा जित्नेछौं । नेपाली कांग्रेस कम्युनिष्टहरूका दाँजोमा जहिले पनि अगाडि रहेको छ । यस पटक पनि यही हुनेछ । नेपाली कांग्रेसले जित्छ, जित्छ । हामी जे कुरामा पनि अरूहरूभन्दा माथि नै छौं ।’
‘खतरामा पनि नेताजी ?’ मेरो एकाएकको प्रश्न सुनेर कांग्रेसी नेताको आँखीभौं खुम्चियो । उनी बल्ड्याङग्रे आँखाले मलाई हेर्न थाले । यो कांग्रेसी खतराको अग्रिम संकेत भएकोले मैले चुप लाग्नु नै श्रेयस्कर ठानेंँ ।
वस्तुत: खतरामा पनि नेपाली कांग्रेस पार्टी कुनैभन्दा कम्ता छैन । अपितु, एकाध कदम अगाडि नै रहेको छ भन्ने जान्नका लागि आफू वरिपरिका कांग्रेसीहरूलाई सरसर्ती हेरे पुग्छ । कुनै खास परिश्रम गर्नु पर्दैन । अहिलेसम्म हामीले कांग्रेसबाट नै अपेक्षाकृत बेसी खतराको प्राप्ति गरेको स्थिति होइन र ? यही नेपाली जनतासँग कांग्रेसी लेनदेनको ठोस यथार्थ हो । जहाँसम्म नेपाली कांग्रेस पार्टीको लोकतान्त्रिक पार्टनर राप्रपाको कुरो छ, यिनीहरूसँगको लेनदेन त अद्भुत नै रहेको छ । तपाईहरूले जेसुकै मागे पनि एउटै रेडिमेड उत्तर रहेको छ, राप्रपाको– एकाएकको प्रश्न सुनेर कांग्रेसी नेताको आँखीभौं खुम्चियो । उनी बल्ड्याङग्रे आँखाले मलाई हेर्न थाले । यो कांग्रेसी खतराको अग्रिम संकेत भएकोले मैले चुप लाग्नु नै श्रेयस्कर ठानँें ।
वस्तुत: खतरामा पनि नेपाली कांग्रेस पार्टी कुनैभन्दा कम्ता छैन । अपितु, एकाध कदम अगाडि नै रहेको छ भन्ने जान्नका लागि आफू वरिपरिका कांग्रेसीहरूलाई सरसर्ती हेरे पुग्छ । कुनै खास परिश्रम गर्नु पर्दैन । अहिलेसम्म हामीले कांग्रेसबाट नै अपेक्षाकृत बेसी खतराको प्राप्ति गरेको स्थिति होइन र ? यही नेपाली जनतासँग कांग्रेसी लेनदेनको ठोस यथार्थ हो । जहाँसम्म नेपाली कांग्रेस पार्टीको लोकतान्त्रिक पार्टनर राप्रपाको कुरो छ, यिनीहरूसँगको लेनदेन त अद्भुत नै रहेको छ । तपाईहरूले जेसुकै मागे पनि एउटै रेडिमेड उत्तर रहेको छ, राप्रपाको– ‘नेपाली जनताहरू हो, लौ, राजतन्त्र लेऊ ।’ चाहे त्यो कमल थापाको राप्रपा होस् अथवा डाक्टर प्रकाशचन्द्र लोहनीको राप्रपा । एउटा अर्काे पशुपति शमशेर जंगबहादुर राणाको पनि राप्रपा छ क्यारे † अब एकैचोटी दुई–तीनवटा राप्रपाबाट दुई–तीनवटा राजतन्त्र लिएर हामीले के गर्ने ? जे होस्, यिनै राजतान्त्रिकहरूसँगको लोकतान्त्रिक गठबन्धनले नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धन कत्तिको लोकतान्त्रिक भएको छ, यो शोधको विषय हुनसक्छ !
अन्त्यमा,
तराईका मधेसी पार्टीहरू अर्थात राष्ट्रिय जनता पार्टी तथा उपेन्द्र यादवको संघीय समाजवादी फोरमसँग नेपाली जनताहरू केही मागिहाल्ने मुडमा रहेका छैनन् । यो ‘लेनदेनविहीनता’को गाँठी कारण के हो भने केही माग गरेको खण्डमा यिनीहरूले एकपटक फेरि ‘नाकाबन्दी’ दिने त होइन ?

प्रकाशित : मंसिर १६, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?