कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पाँच प्रतिशत जरिवाना

मलाई सिमरा पुग्नु थियो । प्लेन बिहान १०:४० मा उड्ने पक्का थियो । बिहान ९ बजे नै खाना खाएर घरबाट विमानस्थलतिर हुइँकिएँ । हुन त मेरो घरबाट विमानस्थल पुग्न सामान्यतया १० मिनेटभन्दा बढ्ता लाग्दैन, तर नेपालको खाल्डे सडकमा गुड्ने ट्राफिक । त्यसैले घरबाट विमानस्थल पुग्न एक घन्टाको अनुमान गरँें ।

पाँच प्रतिशत जरिवाना

मलाई सिमरा पुग्नु थियो । प्लेन बिहान १०:४० मा उड्ने पक्का थियो । बिहान ९ बजे नै खाना खाएर घरबाट विमानस्थलतिर हुइँकिएँ । हुन त मेरो घरबाट विमानस्थल पुग्न सामान्यतया १० मिनेटभन्दा बढ्ता लाग्दैन, तर नेपालको खाल्डे सडकमा गुड्ने ट्राफिक । त्यसैले घरबाट विमानस्थल पुग्न एक घन्टाको अनुमान गरें ।
चावहिलमा जाम थियो । सडकको सबैतिर मोटर थिए, तर कुनै पनि चलायमान थिएनन् । १५ मिनेटको जामपछि अलिकति खुकुलो भयो । समयमै विमानस्थल पुग्न नसकिने हो कि भन्ने पीर लागिसकेको थियो । ड्राइभर मोतीलाई भनँे, ‘लौन अलि चाँडो गरन ।’ मोती पनि के कम र † मोटर दौडायो । अनि जे हुनु थियो, त्यही भयो । मोटरको चारै पाङ्ग्रा चावहिलको सडकका थुप्रै मान्छे खाने खाल्डोमा उफ्रियो । अचानक मेरो टाउको जिपको सिलिङमा हमला गर्न पुग्यो । ‘ऐया’ म कराएा । अलिकति जीउ सम्हालेपछि भनेँ, ‘के गरेको, झन्डै गर्धन नभाँचेको ?’ मोती हाँस्यो र भन्यो, ‘अब चावहिलको खाल्डोमा मोटर कुदा भन्नुहुन्छ । टाउको त ठोक्किने नै भयो नि ।’ म नाजवाफ भएँ । यो नारायणगोपाल चोकदेखि गौशालासम्मको सडक खोलाको बगरजस्तो । धुलो, हिलो र खाल्डो यसको २१ सौं शताब्दीको विशेषता हो । यो सडकमा सचिव, मन्त्री र प्रधानमन्त्रीको गाडी गुड्छ, तर यो खाल्डो पुरेर कालोपत्र गर्न कसैलाई चासो छैन । यो खाल्डो पुर्ने काममा सायद धेरै कमिसन छैन होला । अब कोसँग गुनासो गर्ने ? प्रधानमन्त्रीदेखि प्रतिपक्षको नेता देश विकासमा तल्लिन छन् । तर चावहिलको खाल्डो एक वर्षसम्म पुरिएको छैन ।
बल्ल–बल्ल १०:३० मा विमानस्थल पुगेँ । दौडेर काउन्टरमा पुगेँ । तर काउन्टरमा यात्रुको लाम थिएन । प्लेन त समयमै उड्छ ? प्रश्न सोधँें । जवाफ आयो, ‘आधा घन्टा ढिलो छ’, अचानक अघि ठोक्किएको टाउको सम्झेंँ । बेकारमा दौडेको– आफैसँग रिसाएँ र फेरि एकपल्ट मान्छे खाने खाल्डो सम्झिएँ । अब कुर्नुभन्दा केही उपाय थिएन । आधा घन्टापछि फेरि काउन्टर पुगेँ । जवाफ आयो, अर्को एक घन्टा लेट भयो । एकछिन रिस उठ्यो । अनि सोधेँ, ‘किन लेट भएको ?’ जवाफ थियो– ‘हामी मिलाउँदैछौं’ ।
फेरि एक घन्टा कुरेंँ । अनि डराइ–डराइ काउन्टर पुगेँ । ‘अब त उड्ला नि ?’ जवाफ आयो, ‘अहिले हामी
लाइनमा छम्, अब अर्को आधा घन्टा लाग्छ ।’ यहाँ पनि नौबिसेको जस्तो ट्राफिक जाम रहेछ । सायद यो हवाई ट्राफिक जाम हट्न पनि अर्को ५ वर्ष लाग्ला । कुरा पर्यटन विकासको छ, तर हवाई ट्राफिक जाम बढ्दो छ ।
कसैलाई मतलव छैन । आखिर यो झुटो सपनाको संसारमा हामी कति अल्मलिने ? यस्तै कुरा मनमा आयो, तर केही नबोली फर्किएँ ।
दुई घन्टा कुरेपछि बल्ल जहाज चढियो । तर २० मिनेट हवाइजहाजभित्र बस्दा पनि जहाजको पखेटा चलेन । ‘होइन यो के भएको’, मैले विमान परिचारिकालाई सोधेँ । उनले भनिन्, ‘अलि मौसम ठिक छैन’, यो कुरो मभन्दा अगाडि बस्ने यात्रुलाई मनपरेन । ‘मौसम ठिक नभएको भए किन हामीलाई यहाँ ल्याएर राखेको ?’ उनको प्रश्नको उत्तर विचरी विमान परिचारिकासँग थिएन । उनी अलिकति हाँसिन् र अरू काममा लागिन् ।
फेरि अर्को २० मिनेट बित्यो । हवाइजहाजको चल्ने सुरसार नै छैन । मलाई पनि अति भयो । अनि भनेँ, ‘अब कति कुर्ने ?’ विमान परिचारिकाले भनिन्, ‘अब उड्छ, हामी उड्ने लाइनमा परेका छौंं, लाइनमा कुर्नुपरेकोले ढिलो भयो ।’ यो कुरो मेरो देब्रे बस्ने यात्रुलाई चित्त बुझेनछ, उसले अलि रिसाएर भन्यो, ‘अघिचाहिँ मौसम भन्ने अहिले लाइनमा ढिलो भयो भन्ने ? हामीलाई मुर्ख ठानेको ? कुरेको तीन घन्टा भयो । घरमा भातसमेत नखाएर समयमा पुग्नुपर्छ भनेर आइयो । अहिले यो दसा । यस्तो ३ घन्टा ढिलो भएपछि केही खान पनि दिनु पर्दैन ? के हामी यात्रु भेँडाबाख्रा हौं ?’ यो आक्रोशपूर्ण आम अभिव्यक्तिको विमान परिचारिकासँग जवाफ थिएन । सिर्फ मुस्कान मात्र । मैले विमान परिचारिकातिर हेरेँ । उनी राम्री युवा थिइन् । अब लाचार भएर मुस्काउँदा उनी झन् राम्री देखिइन् । यसै बेला हवाइजहाजको कप्तानले गम्भीर स्वरमा अंग्रेजीमा भने, ‘अब हाम्रो जहाज चाँडै उड्नेछ ।’ उनको अंग्रेजी बोलाइ राम्रो थियो । तर त्यो जहाजमा सबै नेपाली थिए । अंग्रेजीको साथसाथै नेपालीमा पनि भनेको भए राम्रो हुने थियो ।
अन्त्यमा प्लेन उड्यो । सिमराको १५ मिनेटको फ्लाइट । अचानक हामीलाई बदामको सानो प्याकेट र रियल जुसको डब्बा दिइयो । म कुनै एक एयरबाट बारम्बार विराटनगर, भैरहवा र सिमरा गएको छु । विमानमा सधैं पानीमात्र दिइन्थ्यो । आज अचानक जुस पाइयो । सायद दुई घन्टा विमानस्थल र एक घन्टा प्लेनभित्र कुरेको क्षतिपूर्ति त्यही एक बट्टा रियल जुस थियो ।
सामान्यतया म राजधानी बाहिर जाँदा हवाइजहाज नै चढ्ने गर्छु । विमानस्थलमा घन्टौंसम्म कुर्नुपर्ने अनुभव अब मेरो र मजस्तो साधारण यात्रुको लागि सामान्य भएको छ । यतापट्टि एयरलायन्सको व्यवस्थापनले ध्यान दिए यात्रुहरूको इज्जत गरेको ठहरिने हो । यसबारे मेरो एउटा सानो सुझाव छ । कुनै पनि जहाज कम्पनीले मौसमको कारण बाहेक तोकेको समयभन्दा एक घन्टा बढी कुराए टिकट मूल्यको ५ प्रतिशत फिर्ता गर्नुपर्ने प्रावधान सरकारले तोके अझ राम्रो हुने थियो । कम्पनीहरूले धेरै मौखिक अनुरोधको उपेक्षा गर्छन्, तर रुपैयाँ फिर्ता गर्ने कुरो आएपछि एयरलायन्सहरू होसियार र जिम्मेवार हुने थियो कि भन्ने मेरो विश्वास छ ।

प्रकाशित : मंसिर २६, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?