३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१
विचार

Opinion

वाम–विजयपछिको राजनीति

परापूर्वकालदेखि केन्द्रीकृत शासन व्यवस्थामा अभ्यस्त नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भएपछि संघीय शासन पद्धतिको अभ्यास सुरु भएको छ । सकेसम्म धेरै राजकीय अधिकार आफ्नो तजबिजको मुट्ठीमा अँठ्याएर राख्ने शासकहरूको मानसिकता, राजनीतिको केन्द्रीकृत चरित्र, शक्ति विकेन्द्रीकरण विरोधी प्रशासनिक संस्कारले आफूलाई समयानुकूल परिवर्तन गर्नैपर्ने अवस्था बनेको छ ।

वाम–विजयपछिको राजनीति

नियुक्ति निरन्तर !

निर्वाचन आचारसंहिता लागू भएका बेलासमेत सरुवा, बढुवा र नियुक्तिलाई निरन्तरता दिएको सरकारले चुनाव सकिएर कामचलाउ हैसियतमा पुगिसकेपछि पनि राजनीतिक नियुक्तिलाई जारी राखेको छ ।

नियुक्ति निरन्तर !

न शरणार्थी न नागरिक

नब्बेको दशकमा भारतीय बाटो हुँदै नेपाल छिरेका १ लाखभन्दा बढी भुटानी नागरिकको नेपालभूमिमा आएर बनेको ‘शरणार्थी हैसियत’ सधैं विवाद र बहसको विषय बन्यो । सतहमा हेर्दा भुटान–भारत–नेपालको त्रिदेशीय सरोकारमा आउनुपर्ने भुटानबाट लखेटिएका नागरिकको मुद्दालाई सधैं–सधैं नेपाल–भुटानको ‘द्वैपक्षीय’ भनेरै टुङ्गोमा पुर्‍याइएको छ ।

न शरणार्थी न नागरिक

नयाँ सरकारको विकास एजेन्डा

संघीय गणतान्त्रिक संविधान निर्माणपश्चात संघ र प्रदेशको पहिलो निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । विभिन्न संशयबीच आफूले प्रतिबद्धता गरेअनुसार दुवै निर्वाचन सम्पन्न गराएर वर्षौं लामो राजनीतिक संक्रमणलाई अन्त्य गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र उनको टोलीलाई राष्ट्रले धन्यवाद दिनैपर्छ ।

नयाँ सरकारको विकास एजेन्डा

परम्परा बचाउने कि महिला ?

लैंगिक हिंसाविरुद्ध अभियान १६४ देशमा करिब ३७ हजार संघ–संस्थामार्फत सञ्चालन हुन्छ । अभियानले हिंसाविरुद्ध उत्रने साहस र सक्रियता बढाए पनि हिंसाका घटना हुनै नदिने रणनीति भने अवलम्बन गर्नसकेको देखिँदैन ।

परम्परा बचाउने कि महिला ?
मंसिर २६, २०७४

चुनावपछिका चुनौती

संविधानत: संघीयता सहितको पहिलो आवधिक निर्वाचन सम्पन्न भएको छ । वाम गठबन्धनले बहुमतको सरकार बनाउन सक्ने स्पष्ट बहुमतसहित संघीय संसदमा उपस्थित हुने लक्षण देखिएको छ भने कांग्रेस प्रमुख प्रतिपक्षमा रहने निश्चित छ ।

चुनावपछिका चुनौती

पाँच प्रतिशत जरिवाना

मलाई सिमरा पुग्नु थियो । प्लेन बिहान १०:४० मा उड्ने पक्का थियो । बिहान ९ बजे नै खाना खाएर घरबाट विमानस्थलतिर हुइँकिएँ । हुन त मेरो घरबाट विमानस्थल पुग्न सामान्यतया १० मिनेटभन्दा बढ्ता लाग्दैन, तर नेपालको खाल्डे सडकमा गुड्ने ट्राफिक । त्यसैले घरबाट विमानस्थल पुग्न एक घन्टाको अनुमान गरँें ।

पाँच प्रतिशत जरिवाना

राजनीतिक दाउपेचमा प्राधिकरण

जुन दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रथम कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई विभिन्न कमजोरी देखाई बर्खास्त गरे, त्यही दिनदेखि पुनर्निर्माण प्रक्रिया ढिलो हुँदै गयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अरू केही नगरे पनि डा. गोविन्दराज पोखरेललाई नयाँ सीईओ पाएर, नौ महिना नहुँदै उहाँलाई विदाइ गरेर पनि युवराज भुसाललाई नयाँ सीईओ पाएको छ ।

राजनीतिक दाउपेचमा प्राधिकरण

कांग्रेसको पुनर्निर्माण

चुनाव हार्ने निश्चितजस्तै भएपछि पूर्वसभामुख दमननाथ ढुङ्गानाले घतलाग्दो ट्विट गरे, ‘भूतले खाजा खाने बेला उठिएछ ।’ रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, शेखर कोइराला, महेश आचार्य, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, नवीन्द्रराज जोशी लगायतका हस्तीहरूको पराजयले कांग्रेसमा सुनामी आएजस्तै भयो, तर ७४ वसन्त पार गरिसकेका ढुंगानालाई २३ वर्षपछि राजनीतिमा फर्केर आउँदा आफू पुरानो भैसकेको कुरा ‘भूतले खाजा खाएपछि’ मात्रै महसुस भयो ।

कांग्रेसको पुनर्निर्माण