सामाजिक परिवर्तनमा उदासीनता

कालीप्रसाद रिजाल

काठमाडौँ — राजनीतिको उद्देश्य समाजलाई विद्यमान समस्या र कठिनाइबाट मुक्त गराउनु हो।

शोषण, भेदभाव, अन्याय र अत्याचार अन्त्य गरेर न्याय र सुव्यवस्थामा आधारितसमाज निर्माण गर्नु हो। अन्धविश्वास, कुरीति र रुढीग्रस्त परम्पराको निराकरण गरेरजनतालाई सुख, समृद्धि र प्रगतिको बाटोमा अग्रसर गराउनु हो। राजनीतिलाई त्यसैलेजनतामाथि शासन गर्नेभन्दा पनि जनताको सेवा गर्ने माध्यमका रूपमा अघिसारिन्छ। तर प्रश्न उठ्छ, के राजनेताहरूले जनताले बेहोर्नु परिरहेका सबै प्रकारकासमस्या जिम्मेवारीका साथ उठाउने गर्छन्? कि आफूलाई पायक पर्ने वा राजनीतिकस्वार्थ सिद्ध हुने जतिलाई मात्र छानी–छानी उठाउने गर्छन्? तर जनजीवनमा रहेकाकतिपय समस्याको निकारण गर्नेतर्फ राजनेताहरू उदासीन रहँदै आएको स्पष्टदेखिन्छ। वस्तुत: राजनेताहरूले आफ्नो वर्गीय स्वार्थ, राजनीतिक फाइदा र
भोटबैंकको हिसाब गरेर सत्तामा जाने आफ्नो अभीष्टमा सहायक हुनसक्ने सामाजिकसमस्यालाई मात्र सार्वजनिक रूपमा उठाउने गर्छन्। अन्य समस्या जति नै विकराल,जति नै महत्त्वपूर्ण र जरुरी भए पनि उनीहरू सरोकार राख्न चाहँदैनन्। त्यसबारेसार्वजनिक रूपमा बोल्न पनि चाहँदैनन्।

Yamaha


हाम्रो ग्रामीण समाज अहिले पनि धेरै प्रकारका कुरीति, कुसंस्कार र अन्धविश्वासबाटग्रसित छ। सबैलाई थाहा छ, त्यस्ता कुरीति, कुप्रथा र अन्धविश्वासपूर्ण परम्परालाईहटाउन नसकुन्जेल समाजको उत्थान हुनसक्दैन। अझै पनि छुवाछूत, बालविवाह,बहुविवाह जस्ता कुप्रथा समाजमा विद्यमान छन्। तल्लो जातको नाममा सार्वजनिकठाउँमा समेत बहिष्कार गरिन्छ। बोक्सीको आरोप लगाएर अमानवीय प्रताडना,उत्पीडन र दुव्र्यवहार गर्ने गरिन्छ। नारी जातिमाथि गरिने भेदभाव, पक्षपात रअन्याय अझै पनि समाजमा जारी छ। विशेषत: तराई क्षेत्रमा अहिले पनि दाइजोप्रथाले जरो गाडेर बसिरहेको छ। मागे अनुसारको दाइजो नल्याएको भनेर महिलालाईकुटपिट, उत्पीडन र यातना दिने कार्य जारी छ। गर्भको बच्चाको लिंग निर्धारणमापुरुष शुक्रकीटको बढी हात हुने गर्छ। तर छोरो जन्माइदिन नसकेको भनेर पनिमहिलालाई नै यातना दिइन्छ। यातना र दुव्र्यवहार खान नसकेर कतिले आत्महत्यागर्छन्। तर आफ्नै गाउँठाउँमा आफ्नै क्षेत्रमा भइरहेका यस्ता घटना र समस्याबारेराजनेताहरू बोल्दैनन्। मानौं, यी समस्या उनीहरूको सरोकारका विषय नै होइनन्।

मानौं, यी समस्याप्रति उनीहरूको कुनै दायित्व छैन। जवाफदेही छैन। गाउँघरकाअगुवा भने पनि गन्यमान्य भने पनि यिनै नेता हुन्। राजनीतिक कार्यकर्ता हुन्। केराजनीतिको परिभाषा, उद्देश्य र कार्यक्षेत्रभित्र यस्ता सामाजिक समस्या पर्दैनन्?उनीहरूलाई के कुराले रोकिरहेको छ? किन उनीहरू आफ्नो क्षेत्रका अन्धविश्वास ररुढीग्रस्त समस्याको विरुद्ध अभियान चलाउन सक्दैनन्? खुलेर प्रतिकार गर्नसक्दैनन्? आफू र आफ्नो परिवारभित्र पनि यस्तै कुरीति र कुप्रथा रहिरहेको कारणलेयिनीहरू खुलेर बोल्न असमर्थ त भएका होइनन्?कुनै बेला भूमिसुधार सम्बन्धी सर्वेक्षण अध्ययनको सिलसिलामा मैले सुदूर पश्चिमकाकेही जिल्ला भ्रमण गर्नुपरेको थियो। त्यसबेला मोटरबाटो बनिनसकेकोले धनगढीको
गोदावरीबाट पैदल हिँडेर डडेलधुरा जानपरेको थियो। बाटामा हामीले पहाडबाट तलझरिरहेका एकहुल मान्छेको लावालस्कर देख्यौं। अघि–अघि कालो चस्मा लगाएकाएकजना मान्छे घोडामा सवार थिए। पछि–पछि केही महिला र भरिया लुगाफाटा,ओढ्ने, ओछ्याउने र अन्य सामान बोकेर हिँंडिरहेका थिए। हाम्रो टोलीमा रहेकात्यही क्षेत्रका एक कर्मचारीले भनेपछि थाहा भयो, त्यहाँका ठालुहरू जाडोयाममा
पहाडबाट तल झर्दारहेछन्। विभिन्न ठाउँको जग्गा, घरबारी र खेतीपाती हेरविचारकालागि धेरै श्रीमती बिहे गर्ने चलन रहेछ। एक–एक ठाउँका लागि एक–एकवटी श्रीमती।

लोग्ने ठालु पालैसित विभिन्न ठाउँमा गएर रेखदेख गर्ने गर्दारहेछन्। त्यसैलेलोग्नेचाहिँं घोडामा चढेर हिँंडेका रहेछन्। अरू भरिया कामदारसितै श्रीमतीहरू पनिभारी बोकेर हिंँडेका रहेछन्। यो सुनेर म त्यसबेला अचम्भित भएको थिएँ। अहिलेसुदूर पश्चिम क्षेत्र धेरै अघि बढिसकेको छ। बहुविवाहको प्रथा पनि धेरै कम भइसकेकोअनुमान गरिन्छ। तर अहिले पनि यस क्षेत्रमा धेरै अन्धविश्वास, कुप्रथा र रुढीग्रस्त
परम्परा जस्ताको तस्तै छन्। उदाहरणार्थ छाउपडी प्रथाबाट अहिले पनि त्यहाँकामहिला तथा किशोरी पीडित छन्। छाउपडी प्रथा अन्त्य गर्ने दिशामा स्थानीयस्तरमा केही प्रयास नभएको पनि होइन। तर गाउँघरका ठूलाबडा नेता र अगुवालेयसबारे खास चासो नदेखाएकाले स्थानीय स्तरका यस्ता प्रयास प्रभावकारी हुनसकिरहेका छैनन्। राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवी र गाउँघरका अगुवा
सबै मिलेर संयुक्त रूपमा व्यापक अभियान चलाउन नकुन्जेल केही सामाजिककार्यकर्ताको सीमित स्थानीय प्रयासबाट मात्र वर्षाैंदेखि जरो गाडेर बसेको यसप्रकारको समस्याको निराकरण हुनसक्दैन। तर त्यस क्षेत्रका राजनेताहरूको एजेन्डामायस्ता सामाजिक कुरीति, अन्धविश्वास र कुप्रथा अन्त्य गर्ने कुरा परेको देखिँदैन।प्रजातन्त्र उदय भएपछि सुदूर पश्चिम क्षेत्रका धेरै नेता मन्त्री, प्रधानमन्त्री भएका छन्।

अहिलेका प्रधानमन्त्री त्यही क्षेत्रको प्रतिनिधित्व गर्छन्। कुनै दलको चुनावीघोषणापत्रमा यस्ता सामाजिक समस्याले स्थान पाउँदैनन्। अनि प्रश्न उठ्छ, यस्तासामाजिक समस्या र विकृतिविरुद्ध जनमत खडा गर्ने दायित्व र जिम्मेवारी कसको?अन्धविश्वास, कुरीति र कुसंस्कारको उन्मूलन गरेर समाजमा चेतना ल्याउने,समाजलाई प्रगतिपथमा अग्रसर गराउने काम कसको? स्वयम् राजनेता र कार्यकर्ताले
आफ्नो घर, परिवार, गाउँ र परिजनलाई सामाजिक कुप्रथा र विकृतिबाट मुक्त गराएरउदाहरण प्रस्तुत गर्नसकेका छन् कि छैनन्? छैनन् भने उनीहरूबाट कति अपेक्षा गर्नसकिन्छ? आफूले या आफ्ना छोराछोरीको बिहे गर्दा दाइजो लिने–दिने गरेकानेताहरूले दाइजोविरुद्ध केही बोलिहाले भने पनि त्यो कति प्रभावकारी होला? आफ्नैघरपरिवार, नातागोता, छुवाछूत, बालविवाह, बहुविवाह र छाउपडी प्रथा यथावत रहेकोअवस्थामा त्यस्ता नेता र अगुवाको कुरा कसले सुन्लान्? अनि समाजमा चेतना
जागरुकता ल्याउने कसले?राणाकालमा स्कुल, पाठशाला, पुस्तकालय खोल्न पाइँदैनथ्यो। किनभने शिक्षित रसचेत जनतालाई राणाहरूले खतराको रूपमा देखेका थिए। जनतालाई अशिक्षा रअचेतनाको अँध्यारोमा राख्नसके नै आफ्नो निरंकुश शासनसत्ताले निरन्तरता पाउनेकुरा उनीहरूले बुझेका थिए। भनिन्छ, चन्द्रशमशेरले त्रिचन्द्र कलेजको शिलान्यासगर्दा आफ्नै खुट्टामा बन्चरो हानिरहेको भनेर अभिव्यक्ति प्रकट गरेका थिए। कहींहाम्रा नेताहरू अहिले पनि राणाकालीन त्यही मानसिकताबाट ग्रसित भइरहेका तछैनन्? अन्धविश्वास, कुरीति र अज्ञानताबाट मुक्त भएर जनता चेतनशील भए आफ्नो
आश्वासन र सपना बेच्ने वृत्तिमा खतरा त देखिरहेका छैनन्?

प्रकाशित : माघ २७, २०७४ ०७:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

त्रिशूलीमा खसेको जिप निकालियो, थप एक जनाको शव फेला [अपडेट]

उद्धारमा परिचालित गोताखोर नै बेहोस, घटनास्थल पुगे विभागीय मन्त्री
हरिहरसिंह राठौर

धादिङ — त्रिशूली नदीबाट दुर्घनामा परेको जिप शनिबार अपरान्ह ४ बजे निकालिएको छ । जिपमा सिँचाई मन्त्रालयका सचिव यादवकी नातेदार १५ वर्षीय उन्नती गुप्ताको शव फेला परेको प्रहरीले जनाएको छ । अघिल्लो सिटमा बसेका यादवका छोरा सन्तोष भने अझै फेला परेको छैन ।


जीप घिसारेर वगरमा ल्याउदा सम्म वाहिर खस्न सक्ने वा दुर्घटना हुने वखतनै फुत्केर पानीमा खसेको हुन सक्ने प्रहरीले जनाएकोछ ।
............
वेपत्ताको खोजीका लागि परिचालित गोताखोर नै दुर्घटनामा परेको छ। गोताखोर दुर्घटना परेपछि थप बेपत्ता खोज्ने काम अवरुद्ध भएको छ। अहिले जिप बाहिर निकाल्न थालिएको प्रहरीले जनाएको छ।

सचिवको शव झिकेपछि अर्को व्यक्तिको खोजीमा पानीमा पसेका सशस्त्र प्रहरीका हवल्दार गोताखोर तीर्थराज चपाई पानीमै बेहोस भएका थिए। अक्सिजन सकिएपछि जिपभित्रै अल्झिएका चपाईलाई बेहोस अवस्थामा अर्का गोताखोर नरेन्द्रसिंह भण्डारीले उद्दार गरेका थिए।

बेहास चपाईलाई झिक्न भण्डारीले अक्सिजन सिलिण्डरलगायत सामाग्री पानीमै काटेर झिक्न परेको थियो। उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

दुर्घटनापछि बिहान १० बजे नै घटनास्थलमै पुगेकी मृतक सचिव यादवकी छोरी डाक्टर रञ्जना बावुकै शवनेर बसेर आफन्तजनहरुसँग घटनास्थलको परिस्थितिबारे फोनमा कुरा गर्दै थिइन्। सोही समयमा गोताखोर बेहोस भएका थिए। गोताखोर चपाइलाई प्राथमिक उपचार गरेपछि डा. रञ्जनाले थप उपचारका लागि काठमाडौं लैजान भनेकी थिइन्।

घाइते गोताखोर चपाईलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौंस्थित ट्रमा सेन्टर पठाइएको छ।

घटनास्थल पुगे विभागीय मन्त्री

जिप दुर्घटनास्थलको वस्तुस्थिति अवलोकन गर्न सिँचाईमन्त्री सञ्जय गौतम र राज्यमन्त्री अमर पुन पनि पुगेका छ्न्। मन्त्री गौतमले माघ महिनामा पनि त्रिशूली नदी धमिलो हुनुका कारण प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी र प्रहरी उपरीक्षक ध्रुवराज राउतसँग सोधेका थिए। प्रजिअ भण्डारीले त्रिशूली प्रदुषणबाट जोगाउने उपायबारे छलफल भइरहेको जवाफ दिएका थिए। तर, स्थानीयवासीहरुले प्रशासनकै मिलोमतोमा त्रिशूली नदी दोहन र धमिलो भएको गुनासो गरेका थिए। उनीहरुले हरेक दुर्घटनामा पानी धमिलो हुनाले उद्धारमा कठिनाई हुने गरेको पनि मन्त्रीलाई सुनाएका थिए।

...........
सिँचाइ सचिव रामानन्द प्रसाद यादवको शव फेला परेको छ। उनको शव ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ। उद्दारमा संलग्न प्रहरीका अनुसार जिप सचिव यादवले नै चलाएको देखिएको छ। यसअघि सचिवका ड्राइभरले पनि जिप सचिव यादवले नै चलाएका बताएका थिए।

शनिबार बिहान पृथ्वी राजमार्गस्थित धादिङको सलाङघाटमा भएको जिप दुर्घटनामा सचिव सहित तीनजना वेपत्ता भएका थिए। आज बिहान कुरिनटारबाट आएको गोताखोरले जिप १५ मिटरको गहिराइमा जिप भेट्टाएका थिए।

सचिवको शव सोही जिपबाट निकालिएको उद्दारकार्यमा संलग्न प्रहरीले बताएका छन्। वेपत्ता भएका तीनमध्ये सचिवको शव फेला परेको छ भने छोरा सन्तोष र१५ वर्षीया उन्नती गुप्ता हराइरहेका छन्।

अपडेट
.....

सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुलीमा खस्दा ३ जना बेपत्ता भएका छन्। जिप भने १५ मिटर गहिराइमा चितवन कुरिनटारबाट आएको गोताखोरले पत्ता लगाएका छन्।
कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्केका सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि थिए। अर्की एक जना किशोरीको नाम खुल्न सकेको छैन।

बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो। जिप खसेको स्थान निकै गहिरो छ। नदी धमिलो भएको कारण उद्दार मा कठिनाइ भएको प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले बताए।

घाइते भएका चालक निरन्जन यादवलाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ।

दुर्घटना पछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीयले पुल मुनिबाट उद्दर गरेका थिए। जिप सडक छेउका २ वटा प्याराफिट भत्काएर खसेको थियो।

चालकले उक्त जिप सचिव यादवले नै चलाएका प्रारम्भिक बयान दिएका छन्।

प्रकाशित : माघ २७, २०७४ ०७:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT