नसा रोगबारे भ्रम

डा. कपिलमणि केसी

काठमाडौँ — आजभोलि नसा च्यापिने रोगसँंग धेरै मानिस परिचित छन्। मानिसको संवेदनशीलता यति धेरै बढिरहेको छ कि शरीरको टाउकोदेखि खुट्टासम्म कुनै अंगमा दुखाइ भए नसाको कारणले हो भनेर बुझ्ने परम्परा बढ्दो छ।

घुँडा दुख्ने कुनै–कुनै बिरामीलेआफूलाई घुँडाको नसा दुखेको बताउँछन्। वास्तवमा घुँडाको नसा भनेर बिरामीलाईआफै थाहा हुने सम्भावना कम हुन्छ। मानव शरीरको घँुंडामा नसामात्र नभएरछाला, मासु, लिगामेन्ट, टेन्डन र हड्डीजस्ता चिज हुन्छन्। त्यसकारण पनि कुनैअंगमा दुखाइ भए त्यो नसाले हो वा होइन भनेर सबैले बुझ्नुपर्छ।

Yamaha

घुँडामा भएको दुखाइ नसाले मात्र नभएर हड्डी खिएर, लिगामेन्ट च्यातिएर, मासुतन्किएर, टेन्डनमा समस्या भएर, युरिक एसिड, बाथ लगायत अरू थुप्रै कारणलेहुनसक्छ। नसाले भएको दुखाइ ढाडबाट सुरु भएर घुँडा हुँदै खुट्टासम्म पुग्छ। हड्डीखिएको दुखाइ सुरुको अवस्थामा पलँेटी मारेर बस्दा, टुक्रुक्क बस्दा, भर्‍याङमातलमाथि गर्दा गाह्रो हुने, बसेर उठ्दा अप्ठ्यारो हुने वा हात टेकेर मात्र उठ्न सक्नेहुन्छ। दुखाइ एक ठाउँमा मात्र सीमित नभएर घुँडाको अगाडि–पछाडि, साइड–साइड वाकहिलेकाहीं तिघ्राको मासुसम्म पनि हुन्छ। बिरामीले दुखाइ हड्डीबाट भएको नभईमासु वा नसाबाट भएको महसुस गर्ने भएकाले यो समस्या हड्डी खिएर हो भनेरस्वीकार गर्न गाह्रो हुन्छ। लिगामेन्ट च्यातिएर र मासु तन्किएर हुने दुखाइमा लडेकोपृष्ठभूमि हुन्छ। त्यसैगरी युरिक एसिड र बाथको समस्या भए कुनै कारणबिनाअचानक घँुडा सुन्निने र दुख्ने हुन्छ।

सामान्यतया मानव शरीरमा ढाड र घांँटी पछाडिको मेरुदण्डको हड्डीमा नसाच्यापिन सक्छ। अझै विस्तृत रूपमा भन्दा मेरुदण्डमा भएका हड्डीहरूको बीचमारहेको कुरकुरे हड्डी अथवा डिस्क पछाडि सरेर नसा च्यापिन्छ। यी बाहेक मेरुदण्डकोहड्डी भाँच्चिएर, हड्डी पलाएर वा दुई हड्डीहरूको बीचमा अवस्थित नसा पास हुनेबाटो साँंघुरो भएर पनि नसा च्यापिन सक्छ। ढाडको नसा च्यापिँदा दुखाइ ढाडबाटसुरु भएर दायाँ वा बायाँ खुट्टाको पैतलासम्म पुग्छ। दुखाइको मात्रा यति बढी हुन्छकि बिरामी सुत्दा, कोल्टे फर्कंदा, हिँडडुल गर्दा वा अरू सामान्य प्रकृतिका दैनिककाम गर्न पनि निकै कठिनाइ हुन्छ। दुखाइका साथसाथै तिघ्रा र खुट्टाका केहीभागमा छुएको थाहा नहुने, झमझम गर्ने, लाटो हुने, पूरा तागत नभएको जस्तोमहसुस हुन्छ र सुतेर खुट्टालाई सिधा बनाई माथि उठाउन गाह्रो हुन्छ। ठूलोसाइजको कुरकुरे हड्डी पछाडि सरेर ढाडमा भएका धेरै नसा एकैपटक च्यापिएदिसा–पिसाब भएको पनि थाहा नहुन सक्छ जसलाई कौडा इक्वेना सिन्ड्रम भनिन्छ।

यो नसा च्यापिएको एकदमै गम्भीर अवस्था हो, जसमा ४८ घन्टाभित्र शल्यक्रियानगरे दिसा–पिसाब गर्ने र खुट्टा चलाउने नसा पूर्णरूपमा बिग्रन सक्छ। घाँंटीपछाडिको हड्डीमा दुई तरिकाले नसा च्यापिन सक्छ। धेरैजसो बेला हातमा जाने नसाच्यापिँदा दुखाइ घांँटीबाट सुरु भएर पाखुरा, कुहिना हुँदै हातसम्म पुग्छ। हातकोकुनै निश्चित भागमा छोएको राम्रोसंँग थाहा नहुने वा झमझम गर्ने हुन्छ। घांँटीपछाडि भएको मूल नसा वा स्पाइनल कर्ड नै च्यापिए बिरामीहरू अनियन्त्रित भएरहिँड्ने वा रक्सी खाएको मान्छेजस्तै हिँड्ने, हातखुट्टा आफ्नो नियन्त्रणमा राख्ननसक्ने र दिसा–पिसाब पनि नियन्त्रण गर्न नसक्ने हुन्छ, जसलाई सर्भाइकलमाएलोप्याथी भनिन्छ। यस्तो अवस्थामा पनि शल्यक्रिया गरेर मात्र मूल नसालाई
बिग्रनबाट बचाउन सकिन्छ।

यी बाहेक पाखुरा, कुहिना, नाडी, तिघ्राको माथिल्लो भाग र कुर्कुच्चानेर पनि नसाच्यापिन सक्छ। पाखुरानेर भएको नसा, जसलाई रेडियल नर्भ भनिन्छ, च्यापियो भनेनाडीको जोर्नीबाट हातलाई माथि उठाउन सकिँदैन र बूढी औंलाको बेसमा छोएकोथाहा हँुदैन। कुहिनाको भित्री भागमा रहेको अल्नार नर्भ भन्ने नसा च्यापिए कान्छीऔंलाको पूरा भाग र साहिली औंलाको आधा भाग लाटो हुनुका साथै हत्केलाकोवरिपरि भएको मासु सुक्दै जान्छ। यसका साथै हातको तागत पनि कम भएकोमहसुस हुन्छ। नाडीनेर भएको मेडिएन नर्भ भन्ने नसा च्यापिने अवस्थालाई कार्पलटनेल सिन्ड्रम भनिन्छ। यो समस्या शरीरको तौल ज्यादा भएका, कम्प्युटरमालगातार काम गर्ने, थाइराइडको समस्या भएका र गर्भवती भएका महिलालाई बढीहुन्छ। यो समस्या भए बूढी औंलाको साइडतिर भएका तीनवटा औंलामा लाटो हुने,झमझम गर्ने र दुखाइ हुने हुन्छ। दुखाइ विशेषगरी रातको समयमा हुने गर्छ रदुखाइकै कारणले बिरामीहरू निद्राबाट पटक–पटक उठ्ने र हातलाई झड्काउने गर्छन्।

त्यसैगरी तिघ्राको माथिल्लो भागमा घँुंडानेरको कमन पेरोनिएल भन्ने नसाच्यापिए खुट्टा कुर्कुच्चाको जोर्नीबाट माथि उठाउन सकिँदैन र खुट्टा लत्रिएरहिँड्नुपर्ने हुन्छ। कुर्कुच्चाको जोर्नीनेर भएको प्लान्टर नर्भ भन्ने नसा च्यापिएपैतालाको भाग दुख्ने र झमझम गर्ने हुन्छ।लक्षणहरूलाई राम्रोसंँग अध्ययन गरिसकेपछि कुन समस्या नसाले हो र कुन समस्याअरू कारणले हो भनेर छुट्याउन गाह्रो हुँदैन। प्राय:गरी बिरामीले औषधी पसलमाकाम गर्ने फर्मासिस्ट र नजिकको स्वास्थ्य केन्द्रका कर्मचारीसंँग सरसल्लाह लिनेगर्छन्। उनीहरूलाई सही विषयको विशेषज्ञ डाक्टरकहाँ पठाउने सल्लाह दिनुपर्छ।

विशेषज्ञ चिकित्सकहरूले पनि आफ्नो विषयभित्र नपरेका बिरामीलाई सबै जांँचएकैपटक गराएर हेर्नुभन्दा सम्बन्धित विभागका चिकित्सकलाई रेफर गर्दा राम्रोहुन्छ। यसो गर्दा बिरामीलाई आर्थिक भार कम पर्नुका साथै उपचार छिटोछरितो रगुणस्तरीय बन्छ।
डा. केसी अर्थोपेडिक सर्जन हुन्।

Esewa Pasal

प्रकाशित : माघ २७, २०७४ ०७:५२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सामाजिक परिवर्तनमा उदासीनता

कालीप्रसाद रिजाल

काठमाडौँ — राजनीतिको उद्देश्य समाजलाई विद्यमान समस्या र कठिनाइबाट मुक्त गराउनु हो।

शोषण, भेदभाव, अन्याय र अत्याचार अन्त्य गरेर न्याय र सुव्यवस्थामा आधारितसमाज निर्माण गर्नु हो। अन्धविश्वास, कुरीति र रुढीग्रस्त परम्पराको निराकरण गरेरजनतालाई सुख, समृद्धि र प्रगतिको बाटोमा अग्रसर गराउनु हो। राजनीतिलाई त्यसैलेजनतामाथि शासन गर्नेभन्दा पनि जनताको सेवा गर्ने माध्यमका रूपमा अघिसारिन्छ। तर प्रश्न उठ्छ, के राजनेताहरूले जनताले बेहोर्नु परिरहेका सबै प्रकारकासमस्या जिम्मेवारीका साथ उठाउने गर्छन्? कि आफूलाई पायक पर्ने वा राजनीतिकस्वार्थ सिद्ध हुने जतिलाई मात्र छानी–छानी उठाउने गर्छन्? तर जनजीवनमा रहेकाकतिपय समस्याको निकारण गर्नेतर्फ राजनेताहरू उदासीन रहँदै आएको स्पष्टदेखिन्छ। वस्तुत: राजनेताहरूले आफ्नो वर्गीय स्वार्थ, राजनीतिक फाइदा र
भोटबैंकको हिसाब गरेर सत्तामा जाने आफ्नो अभीष्टमा सहायक हुनसक्ने सामाजिकसमस्यालाई मात्र सार्वजनिक रूपमा उठाउने गर्छन्। अन्य समस्या जति नै विकराल,जति नै महत्त्वपूर्ण र जरुरी भए पनि उनीहरू सरोकार राख्न चाहँदैनन्। त्यसबारेसार्वजनिक रूपमा बोल्न पनि चाहँदैनन्।

हाम्रो ग्रामीण समाज अहिले पनि धेरै प्रकारका कुरीति, कुसंस्कार र अन्धविश्वासबाटग्रसित छ। सबैलाई थाहा छ, त्यस्ता कुरीति, कुप्रथा र अन्धविश्वासपूर्ण परम्परालाईहटाउन नसकुन्जेल समाजको उत्थान हुनसक्दैन। अझै पनि छुवाछूत, बालविवाह,बहुविवाह जस्ता कुप्रथा समाजमा विद्यमान छन्। तल्लो जातको नाममा सार्वजनिकठाउँमा समेत बहिष्कार गरिन्छ। बोक्सीको आरोप लगाएर अमानवीय प्रताडना,उत्पीडन र दुव्र्यवहार गर्ने गरिन्छ। नारी जातिमाथि गरिने भेदभाव, पक्षपात रअन्याय अझै पनि समाजमा जारी छ। विशेषत: तराई क्षेत्रमा अहिले पनि दाइजोप्रथाले जरो गाडेर बसिरहेको छ। मागे अनुसारको दाइजो नल्याएको भनेर महिलालाईकुटपिट, उत्पीडन र यातना दिने कार्य जारी छ। गर्भको बच्चाको लिंग निर्धारणमापुरुष शुक्रकीटको बढी हात हुने गर्छ। तर छोरो जन्माइदिन नसकेको भनेर पनिमहिलालाई नै यातना दिइन्छ। यातना र दुव्र्यवहार खान नसकेर कतिले आत्महत्यागर्छन्। तर आफ्नै गाउँठाउँमा आफ्नै क्षेत्रमा भइरहेका यस्ता घटना र समस्याबारेराजनेताहरू बोल्दैनन्। मानौं, यी समस्या उनीहरूको सरोकारका विषय नै होइनन्।

मानौं, यी समस्याप्रति उनीहरूको कुनै दायित्व छैन। जवाफदेही छैन। गाउँघरकाअगुवा भने पनि गन्यमान्य भने पनि यिनै नेता हुन्। राजनीतिक कार्यकर्ता हुन्। केराजनीतिको परिभाषा, उद्देश्य र कार्यक्षेत्रभित्र यस्ता सामाजिक समस्या पर्दैनन्?उनीहरूलाई के कुराले रोकिरहेको छ? किन उनीहरू आफ्नो क्षेत्रका अन्धविश्वास ररुढीग्रस्त समस्याको विरुद्ध अभियान चलाउन सक्दैनन्? खुलेर प्रतिकार गर्नसक्दैनन्? आफू र आफ्नो परिवारभित्र पनि यस्तै कुरीति र कुप्रथा रहिरहेको कारणलेयिनीहरू खुलेर बोल्न असमर्थ त भएका होइनन्?कुनै बेला भूमिसुधार सम्बन्धी सर्वेक्षण अध्ययनको सिलसिलामा मैले सुदूर पश्चिमकाकेही जिल्ला भ्रमण गर्नुपरेको थियो। त्यसबेला मोटरबाटो बनिनसकेकोले धनगढीको
गोदावरीबाट पैदल हिँडेर डडेलधुरा जानपरेको थियो। बाटामा हामीले पहाडबाट तलझरिरहेका एकहुल मान्छेको लावालस्कर देख्यौं। अघि–अघि कालो चस्मा लगाएकाएकजना मान्छे घोडामा सवार थिए। पछि–पछि केही महिला र भरिया लुगाफाटा,ओढ्ने, ओछ्याउने र अन्य सामान बोकेर हिँंडिरहेका थिए। हाम्रो टोलीमा रहेकात्यही क्षेत्रका एक कर्मचारीले भनेपछि थाहा भयो, त्यहाँका ठालुहरू जाडोयाममा
पहाडबाट तल झर्दारहेछन्। विभिन्न ठाउँको जग्गा, घरबारी र खेतीपाती हेरविचारकालागि धेरै श्रीमती बिहे गर्ने चलन रहेछ। एक–एक ठाउँका लागि एक–एकवटी श्रीमती।

लोग्ने ठालु पालैसित विभिन्न ठाउँमा गएर रेखदेख गर्ने गर्दारहेछन्। त्यसैलेलोग्नेचाहिँं घोडामा चढेर हिँंडेका रहेछन्। अरू भरिया कामदारसितै श्रीमतीहरू पनिभारी बोकेर हिंँडेका रहेछन्। यो सुनेर म त्यसबेला अचम्भित भएको थिएँ। अहिलेसुदूर पश्चिम क्षेत्र धेरै अघि बढिसकेको छ। बहुविवाहको प्रथा पनि धेरै कम भइसकेकोअनुमान गरिन्छ। तर अहिले पनि यस क्षेत्रमा धेरै अन्धविश्वास, कुप्रथा र रुढीग्रस्त
परम्परा जस्ताको तस्तै छन्। उदाहरणार्थ छाउपडी प्रथाबाट अहिले पनि त्यहाँकामहिला तथा किशोरी पीडित छन्। छाउपडी प्रथा अन्त्य गर्ने दिशामा स्थानीयस्तरमा केही प्रयास नभएको पनि होइन। तर गाउँघरका ठूलाबडा नेता र अगुवालेयसबारे खास चासो नदेखाएकाले स्थानीय स्तरका यस्ता प्रयास प्रभावकारी हुनसकिरहेका छैनन्। राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवी र गाउँघरका अगुवा
सबै मिलेर संयुक्त रूपमा व्यापक अभियान चलाउन नकुन्जेल केही सामाजिककार्यकर्ताको सीमित स्थानीय प्रयासबाट मात्र वर्षाैंदेखि जरो गाडेर बसेको यसप्रकारको समस्याको निराकरण हुनसक्दैन। तर त्यस क्षेत्रका राजनेताहरूको एजेन्डामायस्ता सामाजिक कुरीति, अन्धविश्वास र कुप्रथा अन्त्य गर्ने कुरा परेको देखिँदैन।प्रजातन्त्र उदय भएपछि सुदूर पश्चिम क्षेत्रका धेरै नेता मन्त्री, प्रधानमन्त्री भएका छन्।

अहिलेका प्रधानमन्त्री त्यही क्षेत्रको प्रतिनिधित्व गर्छन्। कुनै दलको चुनावीघोषणापत्रमा यस्ता सामाजिक समस्याले स्थान पाउँदैनन्। अनि प्रश्न उठ्छ, यस्तासामाजिक समस्या र विकृतिविरुद्ध जनमत खडा गर्ने दायित्व र जिम्मेवारी कसको?अन्धविश्वास, कुरीति र कुसंस्कारको उन्मूलन गरेर समाजमा चेतना ल्याउने,समाजलाई प्रगतिपथमा अग्रसर गराउने काम कसको? स्वयम् राजनेता र कार्यकर्ताले
आफ्नो घर, परिवार, गाउँ र परिजनलाई सामाजिक कुप्रथा र विकृतिबाट मुक्त गराएरउदाहरण प्रस्तुत गर्नसकेका छन् कि छैनन्? छैनन् भने उनीहरूबाट कति अपेक्षा गर्नसकिन्छ? आफूले या आफ्ना छोराछोरीको बिहे गर्दा दाइजो लिने–दिने गरेकानेताहरूले दाइजोविरुद्ध केही बोलिहाले भने पनि त्यो कति प्रभावकारी होला? आफ्नैघरपरिवार, नातागोता, छुवाछूत, बालविवाह, बहुविवाह र छाउपडी प्रथा यथावत रहेकोअवस्थामा त्यस्ता नेता र अगुवाको कुरा कसले सुन्लान्? अनि समाजमा चेतना
जागरुकता ल्याउने कसले?राणाकालमा स्कुल, पाठशाला, पुस्तकालय खोल्न पाइँदैनथ्यो। किनभने शिक्षित रसचेत जनतालाई राणाहरूले खतराको रूपमा देखेका थिए। जनतालाई अशिक्षा रअचेतनाको अँध्यारोमा राख्नसके नै आफ्नो निरंकुश शासनसत्ताले निरन्तरता पाउनेकुरा उनीहरूले बुझेका थिए। भनिन्छ, चन्द्रशमशेरले त्रिचन्द्र कलेजको शिलान्यासगर्दा आफ्नै खुट्टामा बन्चरो हानिरहेको भनेर अभिव्यक्ति प्रकट गरेका थिए। कहींहाम्रा नेताहरू अहिले पनि राणाकालीन त्यही मानसिकताबाट ग्रसित भइरहेका तछैनन्? अन्धविश्वास, कुरीति र अज्ञानताबाट मुक्त भएर जनता चेतनशील भए आफ्नो
आश्वासन र सपना बेच्ने वृत्तिमा खतरा त देखिरहेका छैनन्?

प्रकाशित : माघ २७, २०७४ ०७:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT