बाङ्गेमुढाका केशरबहादुर र सन्देशगृह

सन्देश गृहमा उपलब्ध अखबारमा छापिएका भारतीय स्वतन्त्रता आन्दोलन सम्बन्धी समाचारहरूबाट अप्रत्यक्ष रूपमा नेपालका आन्दोलनकारीलाई प्रेरणा र उत्साह प्राप्त हुन्थे।
मल्ल के. सुन्दर

काठमाडौँ — ठमाडौंको तीनधारा पाठशालाको छुट्टै पहिचान र इतिहास छ, नेपालको राजनीतिमा। 

Yamaha

२००७ सालको राजनीतिक परिवर्तनका बेला यो ठाउँ एउटा राजनीतिक गतिविधिकोमूल थलो थियो। यस परिसरमा कुनै न कुनै धर्ना, जुलुस, आमसभा दिनहँुजसो हुनेगर्थे। विशेषत: राजनीतिक दल तथा तिनका भ्रातृ संगठन तिनका आयोजक हुन्थे।

त्यस दिन परिदृश्य भिन्न थियो– त्यतिकै कार्यकर्ता, दर्शक अनि मञ्चबाट वक्ताहरूकाअति जोशिला र क्रान्तिकारी भाषण। तर त्यो कुनै दल विशेषको आमसभा थिएन,कुनै दल विशेषको भ्रातृ संगठन पनि आयोजक थिएन। २००९ जेठ १९ को अपरान्ह–नेपाल सरकारका तल्लो दर्जाका कर्मचारीको विशाल भेला थियो। मञ्चमा वक्ताकारूपमा उभिएका थिए– केशरबहादुर मास्के।न्यून वैतनिक कर्मचारी संघका अध्यक्षको हैसियतमा उनको सम्बोधन थियो। सरकारीकर्मचारीहरू त्यसमा पनि तल्लो तहकाहरूले पाउने तलबबाट जीवन धान्न सकिनेअवस्था थिएन। २००७ सालको राजनीतिक परिवर्तनपछि बजार भाउ छोइनसक्नुथियो। छाक टार्न पुग्दैन थियो, तलबबाट। तलब बाहेक अन्य सुविधा थिएन।

कर्मचारीहरूको ग्रेड वृद्धिको समेत व्यवस्था थिएन। यिनै समस्या समाधानको मागराख्दै नेपाल सरकारका न्यून वैतनिक कर्मचारीहरूका तर्फबाट गरिएको हडतालकोपहिलो दिन थियो। इतिहासमा पहिलोपटक आह्वान गरिएको सरकारी कर्मचारीको त्योआन्दोलनका कारण नेपाल सरकारका सम्पूर्ण कार्यालय ठप्प रहे। त्यस आन्दोलनकोसमर्थनमा प्रत्येक दिन विद्यार्थीको जुलुस प्रदर्शन हुनथाले। सहरका मूल बजारसमेतबन्द गरिएको थियो, ऐक्यबद्धता जनाउन। हडतालमा संलग्नहरू विरुद्ध वारेन्ट जारीगरिए। जागिर खोसिए। प्रधानमन्त्री थिए, मातृकाप्रसाद कोइराला। भनिन्छ, पछिजजसले सरकारी कागज गरी सम्झौता गरे, उनीहरू सबैको पुनर्बहाली गरियो। तरकेशरबहादुर सरकारी कागजमा हस्ताक्षर गर्न कहिल्यै तयार भएनन्। उनको सरकारीनोकरी सधंैका लागि अन्त्य भयो।

त्यही ऐतिहासिक आन्दोलनका अगुवा केशरबहादुरका लागि सय वसन्तपश्चात यही १३माघ जीवनको अन्तिम दिन भयो।केशरबहादुरको बाल्यकाल मामासँंगै मधेसतिर बित्यो। त्यतैबाट पटना पुगेर उनले
म्याट्रिक गरे। तर भारत बसाइ उनका लागि अंग्रेज शासक विरुद्धको स्वतन्त्रताआन्दोलन सम्बन्धमा धेरै जान्ने–सिक्ने अवसर भयो। जागरण र चेतनाकोभावनासहित काठमाडौं फर्केका केशरबहादुरमा नेपालको तत्कालीन परिस्थितिमापरिवर्तनका लागि आफूले पनि केही गर्नुपर्छ भन्ने आकांक्षा तीव्र भयो।

केशरबहादुर थिए– काठमाडौं भित्री सहर, बाङ्गेमुढाका वासिन्दा। उनको जन्मभन्दादुई दशक अगाडि विसं १९५५ तिरै माधवराज जोशी ललितपुरको वंकुबहालस्थितआफ्नो कूल स्थानबाट स्थानान्तरण भइसकेका थिए। केशरबहादुरको घरछेउ नैमाधवराजको नयाँ बसोबास थियो। त्यहीँ उनले आर्यसमाज खोले। दयानन्द सरस्वतीजस्ता समाज सुधारकबाट प्रभावित भई कोलकाताबाट फर्केका माधवराजले नेपालमा
छुवाछूत, कर्मकाण्ड, सामन्ती रीति–संस्कारदेखि मूर्तिपूजा विरुद्ध जागरणका अभियानचलाएका थिए। चन्द्रशमशेरको शासनकाल, अन्धविश्वास र अन्ध परम्पराका संरक्षकदरबारिया पुरोहित र बडा गुरुज्यूका लागि उनको अभियान सह्य बनेन। माधवराजलाईदरबारमै बोलाएर चन्द्रशमशेरकै अगाडि चुटियो। रक्ताम्य पारियो। जातिच्युत गरियो।

उनी पानी नचल्ने भए। अनि दुई वर्षको कारावास तोकियो। सपरिवार निर्वासन सुरुभयो।संयोगको कुरा, आर्य समाजको कार्यालयको ठिक सामुन्नेको अर्को घरमा खुल्यो,महावीर इन्स्टिच्युट। चिनियाँलाल सिंह आफै संस्थापक भई खोलिएको यसइन्स्टिच्युट अंंग्रेजीसहित अन्य आधुनिक विषयगत अध्यापन गराउने त्यसबखतकोचर्चित शिक्षालय थियो। औपचारिक शिक्षाका अतिरिक्त त्यहाँ राजनीतिक चेतनाकोप्रवचन हुन्थ्यो। स्वयम् सहिद गंगालाल श्रेष्ठ, शुक्रराज जोशीका साथसाथै पूर्णबहादुर
मानव, टंक विलासले पढाउँथे। यथार्थमा त्यो नेपाल प्रजापरिषदको नियमित बैठकबस्ने भूमिगत केन्द्र नै थियो। रामहरि शर्मा, चूडाप्रसाद निरन्तर आइरहन्थे। १९९७कात्तिक २ सम्म पुग्दा त्यो इन्स्टिच्युट बन्द गरियो। संस्थापक चिनियाँलाल पक्राउपरे। सर्वस्वहरण र आजन्म कारावासको सजाय भयो। अन्तत: चिनियाँलालकोकारावासमै सहादत भयो।

सम्भवत: महावीर इन्स्टिच्युटकै प्रभावमा होला, दिवाकर भाजु (राजभण्डारी) लेन्हैकन्तलास्थित आफ्नै घरको छिँडीमा अर्को पाठशाला खोले, नेपाल पद्मज्योतिपाठशाला। उता नघलमा अष्टमङ्गल बज्राचार्यसँंग मिलेर अमिरबहादुर राजभण्डारीलेआफ्नै निवासमा अर्को शिक्षालय सञ्चालनमा ल्याए। भेडासिंहमा त्यहाँका युवानन्दलाल जोशी र भुवनलाल जोशीले अर्को विद्यालय चलाए। अन्तत: यिनै तीनपाठशालालाई एक ठाउँमा ल्याएर संयुक्त रूपमा सञ्चालनमा ल्याइयो, शान्ति निकुञ्जहाइस्कुल, जुन त्यसबेलाको एक क्रान्तिकारी संस्था थियो। भुवनलाल प्रधान त्यसकोपहिलो प्रधानाध्यापक चुनिए।

यता नेपाल नागरिक अधिकार समितिका अध्यक्ष शुक्रराज जोशी नेपालीहरूमाराजनीतिक चेतना जागरण गराउने उपाय खोज्दै थिए। समितिकै अर्का सदस्यगंगालाल सहितले इन्द्रचोकमा धार्मिक प्रवचन आयोजना गरे। शुक्रराजले १९९७ माघ११ का दिन फाँसीको सजाय भोगे। अर्का सहिद पनि बाङ्गेमुढा टोलकै वासिन्दाथिए। यद्यपि सहिद गंगालालको पुख्र्यौली घर क्षेत्रपाटी थियो, पछि प्याफलतिर सरे।

तर बाङ्गेमुढा उनको उठबस हुने मूलकेन्द्र रह्यो। एकातिर आफूले पढाउँदै आएकोमहावीर इन्स्टिच्युट र शुक्रराजको निवास यहीं नै। उनकी श्रीमती हसनाको घर पनिबाङ्गेमुढामै।यति नै बेला केशरबहादुरकै छिमेकी बाङ्गेमुढाका जागरुक युवाहरू फत्तेबहादुर सिंह रचन्द्रमान सिंहलाई पनि ०९७ साल काण्ड अन्तर्गत सर्वस्वहरण सहित कारवासपुर्‍याइयो।सम्भवत: आफ्नो टोल–छरछिमेकको यस्ता परिवेशले निकै प्रभाव पारेको थियो,केशरबहादुरलाई पनि। अनि भारत रहंँदा विद्यार्थीकालमा त्यहाँको स्वतन्त्रता
आन्दोलनले पारेको गहिरो छापका कारण बाङ्गेमुढाका युवा केशरबहादुरको मनमापनि सामाजिक जागरणका लागि केही गर्नुपर्छ भन्ने चेत जागेको हुंँदो हो।हृदयचन्द्रसिंह प्रधान र महाकवि लक्ष्मीप्रसाद देवकोटासंँगको सामिप्यता भइसकेकोथियो। उहाँहरूको उठबसमा नेपाल शान्ति समाज नामक संस्थाको माध्यमबाट केहीगतिविधि सुरु भएको थियो। केशरबहादुरको आफ्नै घरको कोठामा त्यसको कार्यालयथियो। तर यतिले मात्र केशरबहादुरले खोजेजस्तो कुरा भइरहेको थिएन। यताकृष्णचन्द्रसिंह प्रधान त दौंतरी नै भए। सबैको सल्लाह र मिलेमतोमा एउटा यस्तोकेन्द्र सञ्चालनमा ल्याउने सोच बन्यो, जहाँ मानिसले सजिलैसंँग विश्वभरका सूचनाप्राप्त गर्न सकुन्। जागरणका सामग्री अध्ययन गर्न पाउन्। त्यसका लागिकृष्णचन्द्रसिंह र केशरबहादुरले नौलो खालको पुस्तकालय सञ्चालनमा ल्याउने योजना
बनाए। त्यसताका काठमाडौंमा केही पुस्तकालय त थिए, तर त्यहाँ पुस्तकहरू मात्रपढ्न पाइने। उनीहरू चाहन्थे, अब खोलिने पुस्तकालयमा विश्वका खबर पनि पढ्नेअवसर मिलोस्। त्यही योजना अनुरूप उनीहरूले भारतको बनारस, पटना रकोलकाताबाट भारतीय पत्रपत्रिका झिकाउने व्यवस्था गरे। आफ्नै गोजीबाट टेबल, मेचर दराजको चाँजोपाँजो मिलाए। भारतबाट अखबार आउन थाले। अखबारमा नयाँ कुराहुन्थे। त्यस अतिरिक्त भारतमा त्यसबेला चलिरहेको स्वतन्त्रता आन्दोलनका समाचारहुन्थे। कतिपय अवसरमा नेपाल सम्बन्धी समाचार पनि छापिन्थे। ती अखबारमागान्धी, नेहरू, सरदार पटेल, जिन्हा र नेताजी सुभाषका कुरा हुन्थे। स्वाभाविक हो,मानिसमा चासो, उत्सुकता त्यतिकै थियो। भारतीय स्वतन्त्रता आन्दोलनकातत्कालीन समाचारहरूबाट अप्रत्यक्ष रूपमा नेपालका आन्दोलनकारीका लागि प्रेरणा रउत्साह प्राप्त हुन्थे। आम नागरिकमा परिवर्तनका चेतना जगाउन बाङ्गेमुढामैखोलिएको ज्ञानको थलो बन्यो, ‘सन्देश गृह’। त्यो २००३ सालको कुरा थियो,केशरबहादुरको दूरदृष्टिको एउटा मूर्तता।

विस्तारै सन्देश गृह एउटा यस्तो केन्द्रमा रूपान्तरित हुंँदै गयो, जहाँ प्रत्येक साँझनेपालका मूर्धन्य राजनीतिज्ञ बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई,सूर्यप्रसाद उपाध्याय, रामहरि शर्मा, डिल्लीरमण रेग्मी, पुष्पलाल, मनमोहन अधिकारी,निर्मल लामा आदिबीच जम्काभेट हुन्थ्यो। एक प्रकारले राजनीतिक जमघटकोकेन्द्रजस्तो। सरकारी उच्च अधिकारीहरू पनि अखबारको खोजीमा त्यहाँ पुग्थे।

स्वाभाविक हो, यस्तोमा सरकारी गुप्तचरहरू पनि त्यतिकै भेटिन्थे, त्यस वरपर।सन्देश गृहकै कारण पुन: एकपटक बाङ्गेमुढा टोल अप्रत्यक्ष रूपमा राजनीतिककेन्द्रजस्तै बन्न पुग्यो।रमाइलो कुरा, त्यतिखेर आफ्नै विश्वविद्यालय थिएन, नेपालमा। धनाढयका सन्तानपढ्न भारतको विभिन्न सहर पुग्थे। पछि विद्यार्थीहरूको संख्या वृद्धि हुनथालेपछिनेपालमै बसेर म्याट्रिकदेखि आईए, बीए वा सो सरहका पठनपाठन गर्नसक्ने व्यवस्थाभयो। तर परीक्षा भने भारतकै विभिन्न विश्वविद्यालयको व्यवस्थापन अन्तर्गत
सञ्चालन गरिन्थ्यो। दुई–तीन महिनामा परीक्षाको अन्तिम नतिजा निस्किन्थ्यो।

परीक्षाफल थाहा पाउने एउटैमात्र माध्यम थियो, भारतीय पत्रपत्रिका। त्यस्तापत्रपत्रिका सन्देश गृहमा मात्र उपलब्ध हुन्थे। परीक्षाफल हेर्न सहज होस् भनेरबाङ्गेमुढाको डबलीमा अखबारको पन्ना टाँसिन्थ्यो। प्रत्येक तहको विश्वविद्यालयपरीक्षाफल प्रकाशनको समय बाङ्गेमुढामा विद्यार्थीको भिडभाड हुन्थ्यो। सन्देश गृहपरीक्षाफल सूचना केन्द्रसरह थियो। नेपालमै विश्वविद्यालय खोलिएपछि त्यो क्रमरोकियो।
विविध कारणले अहिले त्यो ऐतिहासिक केन्द्र सञ्चालनमा रहेन, अनि रहेनन्, सन्देशगृहका द्रष्टा केशरबहादुर।

प्रकाशित : माघ २७, २०७४ ०८:०३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अबको यक्ष प्रश्न– हामी आफैंलाई

मल्ल के. सुन्दर

काठमाडौँ — बलिदान, त्याग, समर्पण, सेवा भावको शब्दार्थ शब्दकोशमा त हामी पाउँछौं । तर राजनीतिक वृत्तमा अहिले यिनका कुनै अर्थ छैनन् । २००७ सालको जनक्रान्तिको कुरा अलि पुरानो भयो होला अहिले ।

तर क्याप्टेन यज्ञबहादुर, राम, लक्ष्मण तथा दुर्गानन्द झा आदिका सम्बन्धमा कांग्रेसजनलाई सम्झाइरहनुपर्ने चरित्र होइन। रत्नकुमार वान्तवा, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुइँकेल झापाली आन्दोलन पृष्ठभूमि भएकाहरूका लागि चीरस्मरणीय व्यक्तित्व हुनुपर्ने हुन्। रोल्पाबाट बम र बन्दुक पड्काएका माओवादीका लागि यसरी सम्झिनुपर्ने सहादत हुनेका पंक्ति त झन् लामो छ। अनगिन्ती सहिद तथा नेता/कार्यकर्ताको कुर्वानीबाट जुन जस्केलो खोले, त्यसैको धरातलमा उभिएको हो, अहिलेको राजनीतिक विरासत। आजको संघीयता, लोकतान्त्रिक गणतन्त्र रातारात कुनै एकाध नेतृत्वको करामतले प्रकट भएको अवस्था होइन। यो सबैमा चेतना भएको हो।

नयाँ संविधान अभ्यासको क्रममा छ, मुलुक। परिवर्तित प्रणाली अन्तर्गत स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ। अब प्रदेश र केन्द्रका लागि चरणबद्ध निर्वाचन हुन गइरहेको छ। यसपछि नयाँ संविधानको स्थायित्व, दिगोपना सुनिश्चित हुनेछन्– मूल प्रवाहका राजनीतिक शक्तिहरूले यसै भनिरहेका छन्। एउटा राजनीतिक प्रणालीबाट अर्को नयाँ प्रणालीतिर उन्मुख भइरहेको अहिलेको जस्तो संक्रमणकालीन अवस्थामा सर्वसाधारणको मनोबल उकास्न र विश्वस्तता दिलाउन यस प्रकारको आश्वासन आवश्यक हुंँदो हो, हाम्रा राजनेताहरूले त्यसै गरिरहेका छन्।

लामो समयदेखिको जनचाहना, पटक–पटकको जनआन्दोलन, सशस्त्र संघर्षपश्चात स्थापित लोकतान्त्रिक अधिकार, परिवर्तित राजनीतिक व्यवस्था, न्याय तथा स्वतन्त्रता अबबाट संस्थागत होस् भन्ने चाहनाका कारण निर्वाचनमा नागरिकले पनि आफ्नो सहभागितामा त्यतिकै उत्साह देखाइरहेका छन्। यो सकारात्मक पक्ष नै हुन्। तर चुनाव सहभागिताको अवसरमात्र होइन, प्रतिनिधि चयन गर्ने एउटा लोकतान्त्रिक पद्धति पनि हो। सही प्रतिनिधित्वको छनोट मतदानको एकमात्र अभिष्ट हो। त्यसैले लोकतन्त्रमा मतदातालाई सार्वभौम, सर्वशक्तिमान शक्तिका रूपमा बुझिन्छ। यति हुंँदाहँुंदै पनि प्रतिनिधि छनोटका मैदानमा दलीय मोहमा मतदाताहरू विकल्परहित माखेसाङलोमा पँmस्दो रहेछ। यसका भुक्तभोगी हामी हौं।

पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेका भ्रष्ट, फौजदारी अपराधका अभियुक्त, आपराधिक पृष्ठभूमिबाट माथि आएका, राजस्व हिनामिना गर्ने व्यापारी, कालाबजारिया आदि पनि संसद, संविधानसभाका सदस्य बन्न सफल भए। आफ्नो क्षेत्रको प्रतिनिधिका रूपमा त्यस स्थानसम्म पुर्‍याउने काम हामै्र मताधिकारले गरेका हुन्। केवल, दलप्रतिको मोह अनि आफ्नो दलको उम्मेदवार भएको भावुकतामा आँखा चिम्लियौं र दिल खोलेर त्यस्ता कलंकितहरूलाई छान्न आफ्नो दलको चिन्हमा स्वस्तिक छाप लगायौं।

लुकेको छैन, त्यसको परिणाम। क्षण–क्षणमा दलीय अनुशासनको आग्लो तोडेर एक दलबाट अर्को दलको पर्खाल नाघ्ने भँडुवा अनि मुसा प्रवृत्तिको विगविगी। सदैव अस्थिर सरकार, अनिश्चित राजनीति। सत्ता, शक्ति प्राप्तिका लागि शीर्षासन गर्न पनि तयार राजनेताहरू नेपालजस्तो दरिद्रतम आर्थिक हैसियतको मुलुकमा कहिले ६ जनासम्म उप–प्रधानमन्त्री पदको सिर्जना गर्छन्, कहिले ६४ जना मन्त्रीहरूको लाम कस्छन्। सत्ताको लागि कार्यगत एकता र राजनीतिक तालमेलको नाममा उग्र दक्षिणपन्थी र उग्र वामहरूको हातेमालो बन्छ। प्रजातान्त्रिक समाजवाद र कट्टर हिन्दु तथा राजतन्त्रका पृष्ठपोषक शक्तिहरू चोचोमोचो गर्छन्। राजनीतिमा निष्ठाको कुरा छैन। सिद्धान्त र आदर्शको अवसान भए। तर पनि पार्टीको केन्द्रीय कार्यालयमा फहराइएको हँसिया–हथौडा अंकित झण्डाको आकृतिमा मोहित हँुंदै अझै वामको बिल्ला लगाउन रहर गरिरहेका छन्। बीपीको समाजवादलाई कमल थापाको राजतन्त्र र हिन्दुत्वसँग सौदाबाजी गरिसकेकाहरू अझै पनि आफ्नो कारोबारमा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका चित्र राजनीतिक विज्ञापनका लागि उपयुक्त सामग्री ठान्छन्।

अहिले चुनावको चटारो छ। सबै दल उम्मेदवार चयनमा ब्यस्त छन्। समानुपातिक र प्रत्यक्ष निर्वाचन। केन्द्र र प्रदेशको निर्वाचन। सयौं व्यक्ति प्रत्येक दलबाट उम्मेदवार बन्नेछन्। हिजोका दिनमा भए दलको राजनीतिलाई बोकेर संघर्षरत व्यक्तिको खोजी यस्तै ऐनमौकामा हुन्थे। विगतका त्याग, तपस्या, बलिदानको मूल्याङ्कन गरिन्थ्यो। मतदाताको अपेक्षा पनि यस्तै व्यक्तिहरू आफ्नो उम्मेदवारका रूपमा पाओस्। तर सञ्चार माध्यमहरूबाट सूचना सम्प्रेषण भइरहेका छन्, विभिन्न सञ्चार माध्यममा समाचार पढ्न पाइरहेका छन्। दलहरूले आफ्ना उम्मेदवारका रूपमा सिफारिस गर्न लागेकाहरूको नामावली सार्वजनिक भइरहेका छन्। त्यस्तै निर्वाचनका लागि दलको टिकट पाउने प्रलोभनमा पनि एक दलबाट अर्को दलमा मेलापात गर्नेहरूको लर्को छ, अब सिद्धान्त र आस्थाको कुरा एका देशको कथा भइसके।

सार्वजनिक भइरहेका उम्मेदवारका जेजति नामावली छन्, एकातिर केही कुख्यात डनहरूसमेत अग्रपंक्तिमा छन्। अनि कालोधनका मालिक, कालोबजारिया, भूमाफिया, मानवतस्कर, आपराधिक प्रवृत्तिका राजनीतिज्ञ, भ्रष्ट, घुसिया आदिका नाम विशेषत: समानुपातिक सूचीमा अंकित छन्। हिजोका त्यागी, योद्धा, नि:स्वार्थ कार्यकर्ता तथा नेताहरू यस्तै चरित्रको पेलमपेलमा छन्। दलका नेताहरूको अविवेकीपन र अनैतिकताको यो पराकाष्ठा हो।

दलको अर्थ नेता पंक्तिमात्र अवश्य होइन। अधिनायकत्ववादी, तानाशाही नेतृत्व भए अर्कै कुरा हो। प्रश्न हो, दलका अन्य इमानदार, कर्मठ, सिद्धान्तनिष्ठ कार्यकर्ता पनि यस्तोमा किन विद्रोहका आवाज उठाउँदैनन्? किन सार्वजनिक रूपमा आफ्ना निष्ठाका कुरा अभिव्यक्त गर्दैनन्? किन यो मौनता? हुन न हो, कतै यो दलीय दासता हो?

मुखमा छ, निर्वाचन। मताधिकार हामी आफैमा सुरक्षित छ। विगतमा जस्तो बुथ कब्जा गर्ने अवस्था आज छैन। सर्वत्र त्रास र मुढेबलको स्थिति पनि छैन। विवेक प्रयोग गर्न मतदाता स्वतन्त्र छन्। एकातिर पैसा, प्रलोभन, सुविधा र झुठ्ठा आश्वासनका ठेली। क्षणिक लाभ। अर्कोतिर सार्वमौम मतदाताको दायित्व भूमिका र निर्णय शक्ति। अहिले त्यसकै परीक्षणको बेला छ। दलले टीका लगाइदिएको भरमा आफनो मान्छेको साइनो गाँस्ने वा वर्तमान कालखण्डमा मुलुकले खोजेको पौरखको पहिचान गर्ने?

तसर्थ अबको यक्षप्रश्न हामी आम मतदाताप्रति नै हो। दलको उम्मेदवारको नाताले आँखा चिम्लिएर पार्टीको चुनाव चिन्हमा छाप ठोकेर दलीय दासता देखाउँछौं कि व्यक्तिको हैसियत, चरित्र, नैतिकता र योग्यता विचार गरेर सही प्रतिनिधिको छनोट गर्ने सार्वभौमिक अधिकारको परिचय दिन्छौं।

‘एउटा मत राइफलजस्तै हो, यसको उपादेयता यसको प्रयोगकर्तामा निर्भर गर्छ’– अमेरिकी पूर्व राष्ट्रपति रुजवेल्टको भनाइ जतिकै सही हो, हाम्रो आजको प्रसङ्गमा। हिजोसम्म हामीले हामीसँंग भएको राइफलरूपी मताधिकारलाई सही प्रयोग गर्न जानेनांै, त्यसको परिणाम हामीले नै हस्तान्तरण गरेको राइफल हाम्रैविरुद्ध प्रयोग हुने अवस्था बने।

नेपाली समाजमा एउटा प्रचलन नै बनिसकेको छ, मुलुकमा कहीं कतै खराब काम भएमा, कुरा बिग्रिएमा, समस्या भएमा वा देशको विकास अवरुद्ध बनेकोमा आँखा चिम्लिएर धारेहात लगाउँदै नेताहरूलाई सराप्न थाल्छौं। नेताहरूको भ्रष्ट आचरणका सम्बन्धमा हजार कुरा गर्छाैं। फुर्सतका बेला सामाजिक सञ्जालमा तथानाम गालीगलौजका भाषा पनि प्रयोग गर्छौं।

इमानदार बनौं। हामी आफैले आफूतिर नियालौं। मताधिकारलाई प्रयोग गरेर ती व्यक्तिहरूलाई दलीय आग्रहमा हाम्रा प्रतिनिधिका रूपमा त्यो स्थानमा पठाउने हामी नै थिएनौं र? फेरि पनि यक्षप्रश्न हामी आफैसंँग– अब पनि हामी दलीय दासता स्वीकार्छाैं वा आफ्नो स्वतन्त्र अस्मिता जाहेर गर्छौं? आगामी निर्वाचन हाम्रालागि त्यसैको एक परीक्षण हो।
स्वाभाविक हो, हामीले हाम्रालागि बेलैमा राम्रा प्रतिनिधि चयन गर्न नसक्दा छचल्किएको धमिलो पानीमा माछा मार्ने दाउमा पूर्वराजा ज्ञानेन्द्र जस्ताको अतृप्त सत्तामोह फेरि जाग्छ नै।

प्रकाशित : कार्तिक ८, २०७४ ०७:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT