विचार

Opinion

नबरालियोस् अनुसन्धान

गत माघ दोस्रो साता हराएको भनिएको तस्करीको ३३ किलो सुनकाण्डको अनुसन्धान झन्–झन् पेचिलो बन्दै गएको छ । गृह मन्त्रालयद्वारा गठित सहसचिव नेतृत्वको विशेष छानबिन समितिले पहिले यसै प्रकरणको अनुसन्धानमा संलग्न रहेका प्रहरी अधिकारीहरूलाई नै पक्राउ गरी मुद्दा चलाएपछि यो काण्ड अझ जटिल देखिएको हो ।

नबरालियोस् अनुसन्धान

वाम एकता : के हो, के होइन ?

नेकपा एमाले र माओवादी केन्द्रबीच लगभग भइनै सक्यो भनेर विगत सात महिनामा धेरैपटक भनिएको तर अझैसम्म भइचाहिँं नसकेको सम्भावित एकतालाई अहिले लोकप्रिय रूपमा वाम एकता भन्ने गरिएको छ । र विगतका यिनै सातै महिनामा नेपालको अनौपचारिक राजनीतिक संवादमा सबैभन्दा धेरै सोधिएको प्रश्न पनि यही हुनुपर्छ– साँच्चै एमाले र माओवादी मिल्नै लागेका हुन् त ? मिल्नै लागेका त पक्कै हुन्, तर प्रश्न मिल्ने हुन् कि होइनन् भन्नेमात्र हो ।

वाम एकता : के हो, के होइन ?
वैशाख २०, २०७५

युगले खोजेको सहभागिता

२०७२ साल यताका ३ वर्ष महिला अधिकारको क्षेत्रमा निकै उपलब्धिमूलक रह्यो । मुलुकमा आजसम्म अभ्यासमा आएका ६ वटा संविधानमध्ये सबैभन्दा बढी महिलामैत्री संविधान संविधानसभाले घोषणा गर्‍यो । त्यसको एक वर्ष नपुग्दै लगभग एकैपटक मुलुकको ३ प्रमुख स्थानमा नेतृत्व गर्ने अवसर महिलालाई नै प्राप्त भयो ।

युगले खोजेको सहभागिता

प्रेसका चुनौती

हरेक मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको बिहीबार रजत वर्ष मनाइँदैछ । राष्ट्र संघको साधारण सभाले सन् १९९३ मा युनेस्कोको प्रस्ताव पारित गरेपछि यसका सबै सदस्य राष्ट्रले यो दिवस मनाउने गरेका हुन् । नेपालमा १९९६ देखि यो दिवस नियमित रूपमा मनाइँदै आएको छ ।

प्रेसका चुनौती

स्थानीय सरकार : अवस्था र आस

पालिका प्रमुखलाई मधेसतिर ‘मुखियाजी’ भनेर पनि सम्बोधन गरिन्छ । रौतहटका एकजना मुखियाजी भन्दै थिए, ‘यस पटक बिहावारीको मौसम उनका लागि बडो धपेडी र अपजशको अवधि भएको छ ।’ स्थानीय सरकारलाई एउटा ढाँचामा ल्याइपुर्‍याउन समय र ऊर्जा खर्चिनुपर्नेमा उनको समय मतदाता रिझाउन व्यतित भइरहेको छ ।

स्थानीय सरकार : अवस्था र आस

एकताको अन्योल

सिद्धान्तको रङ खैरो हुन्छ, जीवनको रङ हरियो हुन्छ । खैरो सिद्धान्तले जीवनको रङ हरियो बनाउन सकेन भने त्यो सिद्धान्त किताबमा सीमित हुन्छ । मदन भण्डारीको यो भनाइ नेपाली वामपन्थी आन्दोलनका लागि प्रेरणादायी छ ।

एकताको अन्योल

भारत–चीनको सामरिक सोच

आशङ्का र अविश्वासले द्वन्द्वतिर घचेटिँदै गएका भारत र चीनको सम्बन्ध तथा आणविक विध्वंसको मुखै नगिच पुगेको कोरियाली प्रायद्विप अचानक सकारात्मक मोडमा उभिएका छन् । भूराजनीतिक एवं सामरिक महत्त्वका यी दुबै घटनाहरू सुखद, रचनात्मक र शान्ति तथा समझदारीको पक्षमा छन् ।

भारत–चीनको सामरिक सोच

सरकारी वेबसाइटको सुरक्षा

सुरक्षा प्रबन्धमा ध्यान पर्याप्त निदँदा सरकारी निकायका वेबसाइटहरू ह्याकरको निसानामा बारम्बार पर्दै आएका छन् । केही दिनयता मात्रै सरकारी निकायका पाँच दर्जनभन्दा बढी वेबसाइटमा ह्याकरले समस्या सिर्जना गरिदिएका छन् ।

सरकारी वेबसाइटको सुरक्षा
वैशाख १९, २०७५

बजेट तर्जुमामा लैंगिक उत्तरदायित्व

२०७४ को संघीय निर्वाचनपछि नेपाल एक केन्द्रीय राज्य प्रणालीबाट संघीय राज्य प्रणालीमा रूपान्तरण भएको छ । त्यसैले आउँदो आर्थिक वर्ष २०७५/०७६ ले नेपालको अर्थ–राजनीतिको इतिहासमा विशेष महत्त्व राख्छ । शासकीय शक्ति ‘सिंहदरबारबाट गाउँ तहसम्म’ विकेन्द्रीकृत भएअनुरूप वित्तीय जिम्मेवारी पनि गाउँपालिका तथा नगरपालिकाको हुन जान्छ ।

बजेट तर्जुमामा लैंगिक उत्तरदायित्व
वैशाख १८, २०७५

फेवातालमा भूमाफिया

पर्यटकीय एवं पर्यावरणीय महत्त्वको फेवाताल मिचेर बनाइएका घर, होटल तथा अन्य व्यावसायिक संरचना हटाउन सर्वोच्च अदालतबाट जारी आदेश स्वागतयोग्य छ । अतिक्रमणविरुद्ध मुद्दा परेपछि नै फैसला प्रभावित गर्न भूमाफियाको चलखेल भइरहेका बेला सर्वोच्चबाट फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी कायम गर्न आदेश आएको हो ।

फेवातालमा भूमाफिया

कृषि विकासका चुनौती

कृषिमा आत्मनिर्भर नेपाल दिन–प्रतिदिन परनिर्भर बन्दै गइरहेको छ । यसको कारणबारे भने मतैक्यता पाइँदैन । भूमिसुधारप्रति नकारात्मक धारणा राख्नेहरूले सानो जोतको समस्याका कारण आधुनिक कृषि सम्भव नभएको बताउँछन् । शारीरिक श्रमप्रतिको अरूचिका कारण कृषिमा युवाहरूको आकर्षण नहुँदा यो क्षेत्र पछाडि परेको कतिपयको धारणा पाइन्छ ।

कृषि विकासका चुनौती