कर वृद्धिले सबैको ध्यान तानेको छ । स्थानीय तहहरूले आफूखुसी कर बढाए । जुनसुकै वस्तुमा कर लगाउने प्रतिस्पर्धा चल्यो । खोला तर्नेदेखि डोकामा तरकारी बेच्नेसम्मलाई कर लगाउने निर्णयले नागरिकप्रति राज्य कठोर बन्दै गएको हो कि भन्ने आशंकासमेत उब्जाएको छ ।
बंगालको खाडीको प्रयास यस क्षेत्रमा मनसुनी वर्षा गराउने हो । काठमाडौं शिखर सम्मेलनले भने अर्को एउटा संकेत पनि सही गरेको छ– सदस्य राष्ट्रहरूबीच विद्युत् प्रसारण लाइन पुर्याउने । हामी आफैं विद्युत् आपूर्ति गर्छौं ।
रोग र कीराले खेतबारीमा सताउँछन् । भकारीमा थन्काइसकेपछि पनि हाइसन्चो हुँदैन । हाम्रा पितापुर्खा घुन, पुत्ला, कीरा, मुसाविरुद्ध रैथाने वनस्पति भिडाइदिन्थे । फुलेको पातीको धूलो पोकामा बेरेर धान, गेडागुडी या अन्नमा राखेर वा भण्डारणबाहिर घरेलु ‘डिस्टिलेसन’ गरी प्राप्त झोल छर्कन्थे । खपटे, घुन र पुत्लालाई बोजोको धूलो पर्याप्त थियो ।
संविधानले देवनागरी लिपिमा लेखिने नेपालीलाई सरकारी कामकाजको भाषा मानेको छ । भेटिएमध्ये १०३२ वर्षअघि भूपाल दामुपाल समयको दुल्लु शिलालेखलाई यो भाषाको प्राचीन दस्ताबेज मानिन्छ ।
आर्थिक अनुशासन, मितव्ययिता अनि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा घन्काउने हाम्रा नेताहरूको बानीव्यहोरा विचित्रको छ । उनीहरू असारे विकासलाई भ्रष्टाचार पर्वकै रूपमा निरन्तरता दिन, नचाहिंँदो काम र अनावश्यक खर्च गर्न प्रख्यात छन् ।
देश बनाउने जिम्मा सिमेन्ट कारखानाहरूले लिएजस्तो छ । नेपाली निकायहरूले बुद्धि बर्कत प्रयोग गर्ने ठाउँ बिर्को लाउन खोजेझैं हुँदै छ । काठमाडौंका सम्पदामाथि जारी खेलबाड हेर्दा जसले पनि यस्तै सोच्न सक्छ ।
संसदले १० वर्षको निरन्तर छलफलपछि गतवर्ष सर्वसम्मत पारित गरेको मुलुकी ऐन सम्बद्ध कानुनबारे उठेका बहसमा नागरिक अधिकार संकुचनको विषय जोडेर जबर्जस्त व्याख्या हुनथालेका छन् ।
बिमस्टेक शिखर सम्मेलन बिहीबार काठमाडौंमा सुरु हुँदा धेरैको ध्यान यस क्षेत्रका विकास र व्यापार सम्भावनाबारे चर्चा गर्नेमा छ । यसलाई क्षेत्रीय समन्वयको मञ्चका रूपमा सक्रिय पार्ने संकल्प देखिएकै बेला संयुक्त सैन्य अभ्यासको आन्तरिक तयारीले भने कतिको आँखीभौं ठाडा हुन थालेका छन् ।
‘बिमस्टेक’ अर्थात् बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी देशहरूको प्रयासको रूपमा गठित उपक्षेत्रीय संगठनको शिखर सम्मेलन काठमाडौंमा आयोजना हुनु नेपालका लागि राजनीतिक र आर्थिक सम्बन्ध बढाउने शुभ अवसर हो ।
डाक्टर गोविन्द केसी अनशन बसेको बेला सामाजिक सञ्जालमा मैले दुई फरक तर्क पाएँ । स्वास्थ्य शिक्षा बजारका हातमा छाड्ने कि सरकारले हेर्ने । यसलाई प्रतिस्पर्धी बनाउन जतिसक्दो बढीलाई बजार प्रवेश गर्न दिनुपर्ने एकथरी तर्क गर्थे ।
दुई वर्षअघि काठमाडौंको एउटा निजी स्कुलमा पढ्ने १३ वर्षीया किशोरी यति दुर्गन्धित भइन् कि उनका साथीहरू कक्षामा सँगै बस्न मानेनन् । उनलाई नुहाएर आउन भनियो । नुहाएर आए पनि दुर्गन्ध कमी नभएपछि शिक्षकले मसिनो गरी सोधपुछ गरे । उनले रुँदै भनिन्, ‘मलाई धर्म दाजुले नराम्रो काम गर्छ ।’
सुखलाही खोला किनारमा एउटा झुप्रो छ । एउटा मात्रै कोठा भएको झुप्रो भित्रबाट जून–तारा देखिन्छ । सप्तरी सुरुंगा–३ लक्ष्मीपुरकी गीतादेवी सदा केही महिनादेखि त्यही ओत लागेकी छन् । पति मौजे सदा क्षयरोगले बितेपछि साविकको जग्गाधनीले उठिबास लगाइदिनाले उनी खोला किनार आइपुगेकी हुन् ।