विचार
भाद्र २२, २०७५

टिपनटापन बजेटबाट टिफिन बक्स

बालबालिका स्कुल जाँदैनन् भने समस्या उनीहरूको होइन, हाम्रो हो । बालबालिका हाम्रा भविष्य हुन् भने उनीहरूले साँवा अक्षर नचिन्नु हाम्रो भविष्यका लागि चुनौती ।

शासकका रङ हजार

बिमस्टेक रिट्रिटमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीले सेतो–कालो जोडीको मिल्दोजुल्दो पोसाक लगाएका थिए । त्यो संयोग थिएन, सल्लाहअनुसारकै प्रदर्शन थियो । यसअघि वैशाखमा जनकपुरको जानकी मन्दिरमा ओली र मोदी दुबै एकैखाले राजस्थानी पहिरनमा देखापरेका थिए ।

मजाक होइन संसद्

संसद ठट्टा गर्ने मञ्च होइन । सबैभन्दा जिम्मेवार मानिएको एवं मुलुक हाँक्ने अख्तियारी पाएको नेताले संसद्लाई मजाक बनाउनु शोभनीय हुँदैन । तर गम्भीर मञ्चबाट सिंगो मुलुकलाई सम्बोधन गर्न उभिएको जिम्मेवार मान्छेले हरेक सवाललाई रेला बनाइरहेको छ ।

संक्रमणकालीन न्यायका मापदण्ड

नेपालमा सशस्त्र द्वन्द्व समाप्त भएको १२ वर्ष भयो । सन् १९९६–२००६ मा हजारौं व्यक्ति यातना, यौनहिंसा र गैरन्यायिक हत्याको सिकार भए र बेपत्ता पारिए । ती अपराधका लागि कसैलाई मुद्दा चलाएर न्याय दिने प्रक्रिया थालनी गरिएको छैन ।

छोरालाई नैतिक शिक्षा

बिहान सखारैदेखि रातिसम्म रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूले पस्कने खबरले गर्दा लाग्छ, पुरै देश बलात्कारमय छ । अनि छोरीको मात्र होइन, आफ्नै पनि असुरक्षाको भाव मनमा आउँछ । र पाइला–पाइला त्रसित बन्न पुग्छन् ।

भाद्र २१, २०७५

खेल होइन भन्दाभन्दै पदक

जमिनबाट हावामा छलाङ मार्नु । हावामा कावा खाँदै फेरि जमिन टेक्नु । त्यसरी नै नेपाल छोटो तयारीमा एसियाड गयो । प्याराग्लाइडिङलाई पनि समावेश गर्ने भनिएपछि गत माघदेखि तयारी थालिएको मात्र थियो, पहिलो खेपमै रजत पदक आयो ।

बिमस्टेक बरु वास्तविक

‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास’ अर्थात बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ । १९ वर्षमा ४ वटा शिखर सम्मेलन गरेको तर प्रगति विवरण भने सन्तोषजनक नभएको धेरैले स्वीकारेका छन् ।

बैलको अन्त्यालेख

धनुषा सहिदनगर–४, ननुपट्टीका राजदेव विन (६०) ले सुनाए, ‘बैल (गोरु) को संख्या घट्दै गयो ।’ उनी विगतमा हलो जोत्थे । सर्लाही गोडैताका किसान महेश ठाकुर पछिल्लो डेढ दशकमा मधेसमा गोरु ह्वात्तै घटेको बताउँछन् ।

कहाँ चुक्दै छ कांग्रेस ?

भारतीय साहित्यकार निर्मल बर्माले भनेका छन्, ‘भविष्यप्रति दासभाव र अतीतप्रति सम्मोहन एउटै सिक्काका दुई पाटा हुन् । भविष्यप्रति समर्पण प्रगतिशील हुँदैन, किनभने ऊसंँग इतिहासको कसौटी छ ।

आइमाईको बुद्धि !

परापूर्व कालदेखि पूर्व र पश्चिम दुवैतिर लिङ्गकेन्द्री पुरुष विचारधारा एवं पितृसत्तात्मक दृष्टिकोणले प्रबल रूपमा जरो गाडेकाले समाजमा नारीको अवस्थिति प्रतिकूल र दयनीय बनाइएको पाइन्छ । पूर्वमा वैदिक युगमा महिलाको स्थिति सम्मानजनक थियो ।

ADVERTISEMENT

दलित आन्दोलनको लय

प्रगतिशील र धेरै समस्याको समाधान दिएको भनिएको ‘नेपालको संविधान’ दलितको सवालमा भने पहिलेभन्दा अनुदार छ । मूलधारको राजनीति समृद्धिको यात्रामा लागेको छ ।