२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१
विचार

Opinion

निजामती निजी मत होइन

निजामती कसैको निजी मतका आधारमा चल्न सक्दैन । नियम कानुन प्रक्रिया पुर्‍याएर जनविश्वास कायम गर्ने यसलाई त्यसै राष्ट्रसेवा भनिएको होइन । जनतालाई सेवा दिन यो समयसँगै सक्षम, प्रतिस्पर्धी र चुस्त रहनुपर्ने हुन्छ । यसमा सुधार नल्याएसम्म सुशासन चुनावी नारामात्र रहन्छ । परम्परावादी प्रशासक र शासकहरूले भने त्यो बुझेजस्तो छैन ।

निजामती निजी मत होइन

ओलीको असफलता चेत

शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल दुई तिहाइको सरकार प्रभावकारी काम गर्न असमर्थ भएको निष्कर्षमा पुगेका छन् । सरकार गठन यताका ६ महिनाको समीक्षाका रूपमा पलाएको यो आत्मचेत स्वागतयोग्य हो । सरकारसँग असीमित सम्भावना र अवसर अझै छन् ।

ओलीको असफलता चेत

लक्ष्य न्याय, परिणाम अन्याय

केही दिनअघि सोलुखुम्बुमा पहिरोमा परेर एक बालिकाको पाखुरा च्यापियो । उद्धार भएको दुई दिनपछि उनलाई काठमाडौं ल्याइपुर्‍याइयो । च्यापिएको भन्दा तलको भाग मारक्तसञ्चार नपुगेर क्षति पुगिसकेको थियो । हात काटेर फाल्नुपर्‍यो ।

लक्ष्य न्याय, परिणाम अन्याय

दलितलाई व्यवसाय गाह्रो

सर्लाहीको चन्द्रनगरका श्यामबाबु माझीले ऋण लिएर मिल चलाएका थिए । तर तीन वर्ष नबित्दै बन्द भयो । पिठो, धान, चामल छोइन्छ भनेर ग्राहक आउनै छाडेपछि उनले मिलै बेच्नुपर्‍यो । आय आर्जनका लागि व्यवसायमा हात हालेका तर स्थानीयले नस्वीकारेर माझीजसरी पछि हटेका दलित थुप्रै छन् ।

दलितलाई व्यवसाय गाह्रो

तीजको सतही व्याख्यान

तीज पर्व तडक–भडक, तीज गीतमा प्रस्तुत अशोभनीय शब्द तथा नृत्य, पत्नी–धर्मका नाममा गरिने अतिवादी व्रत–पूजा, दर खान र खुवाउन मोटो रकम खर्चिनुपर्ने बाध्यताजस्ता कारणले आलोचनाको विषय बन्दै आएको छ । हरेक पर्व तथा उत्सवको आफ्नै महत्त्व हुन्छ । तीज, दसैँ–तिहार, छठ, गौरा, ल्होसार, इद, साकेला जस्ता पर्व नमनाइने हो भने हाम्रो सांस्कृतिक पहिचान कसरी रहला ?

तीजको सतही व्याख्यान
भाद्र २४, २०७५

नुन र सुनपछि परिवहन

हिमालय भन्ज्याङ पार गर्दै ल्हासा । जँघार तर्दै खोंच र गल्छेडा । तिब्बतसँग आदिकालदेखि नेपालको साइनो नुन र सुन । परम्परागत व्यापारपछि अब थपिएको छ, पारवहन ।

नुन र सुनपछि परिवहन

असहमतिको ठाउँ छैन ?

असार अन्तिम सातातिर क्यानडाको एउटा कार्यक्रममा भाग लिन हिँडेका संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई अपराधीझैं विमानस्थलबाट प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइयो । द्वन्द्वमा युवा विषयक कार्यक्रममा भाग लिन बैंकक जान लागेका पूर्वमाओवादी बालक दस्ताका लडाकु लेनिन विष्टलाई पनि त्यसै गरियो ।

असहमतिको ठाउँ छैन ?

सम्झनलायक नेता

प्रत्येक महापुरुष आफ्नो युगको सन्तान हुन्छन् । बीपी कोइराला अपवाद हुनुहुन्नथ्यो । तर यति मात्र भन्दा थप कुरो प्रस्टिँदैन । खास बुझ्नुपर्ने कुरो यो छ– बीपी जन्मनु र हुर्कनुभएको त्यस युगका कार्यभार के थिए ? आजका निम्ति बीपीको अवदान के हो ?

सम्झनलायक नेता

दिगो सिकाइ मातृभाषाबाटै

भाषाविज्ञ योगेन्द्रप्रसाद यादवले छ दशकअघिको प्रसंग सुनाए । उनले त्यतिबेला प्राथमिक तहमा पढाउँदा मैथिली भाषामा पाठ्यपुस्तक थिएनन् । विद्यार्थी भने मैथिलीभाषी मात्रै हुन्थे । ‘किताब नेपालीमै भए पनि हामी मैथिली भाषामै पढाउँथ्यौँ, बालबालिका सजिलै बुझ्थे,’ उनले भने ।   

दिगो सिकाइ मातृभाषाबाटै

हाटबजार खोलौं

म धमिलो गरी सम्झन्छु । माघेसंक्रान्ती, ठूली एकादशीजस्ता चाडमा पर्वतको सेउडीचौर भन्ने ठाउँमा हाटबजार लाग्ने गथ्र्यो । चाकु, सुन्तलाजस्ता स्थानीय परिकार किन्थ्यौँ । अहिले यस्ता बजार हराए । बजारको वितरण प्रणालीमा मात्रै आफूलाई एकोहोरो बनाएका छौं ।

हाटबजार खोलौं