‘भारतले संविधान घोषणाअघि दुई सन्देश पठाएको थियो : एउटा, धर्म निरपेक्षता नलेखी धार्मिक स्वतन्त्रता लेख्नुहोस् र फास्ट ट्रयाक आफै बनाउने जुन भन्दै हुनुहुन्छ, त्यो नभन्नुहोस् । ती सुझाव नमानेपछि नाकाबन्दी लगाइयो ।’ यो दाबी हो, संवैधानिक संवाद तथा राजनीतिक सहमति समितिका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ।
पोखराको पर्याय प्रकृति । फेवातालमा माछापुच्छ्रे छाया । चुन माटो भएको जमिन र ढुंगाका छाना भएका घर । पर्यटन नगरी । तर अब पहिचान हराउँदै छ । हिमालको होइन, गगनचुम्बी घरहरूका छाया तालमा तैरिनेछन् । ताल किनारका होटलबाट हिमाल देखिएन भने छत चढ्नुपर्ने हुँदै गएको छ ।
सामुदायिक विद्यालय संकटबाट गुज्रिरहेका छन् । विद्यालय धराशायी हुनुको प्रमुख कारण समुदायलाई गरिएको उपेक्षा हो । समुदाय उपेक्षा गर्ने प्रवृत्तिलाई निरन्तरता दिँदै सरकारले अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक तयार गरेको छ ।
भरतपुर १५, मंगलपुरका ३ वर्षीय सलिम विकलाई बुधबार राति सर्पले डसेपछि अभिभावकले अस्पताल लगे । चार अस्पताल चहार्दा कुनैले भर्ना लिएनन् । करिब एक घन्टा भौँतारिँदा उपचार नभएपछि ती बालकको मृत्यु भयो ।
संस्कृति सभ्यताको मुहान हो । आधार र सार्थक जीवनको आभूषण पनि हो । प्रत्येक व्यक्तिका चालचलन, रीतिस्थिति, वेशभूषा, बोलीवचन र जीवन पद्धति संस्कृतिकै सेरोफेरोमा घुमेका हुन्छन् । विविध खालका सांस्कृतिक मान्यताले समाजलाई सुन्दर, एकात्मक र शोभनीय बनाउँछ ।
सिफारिसको भारी बोकेर कुनै प्रमाणपत्र लिन जानुपर्ने व्यवस्थाले स्थानीय तह तथा तिनका वडा कार्यालयमा भार परेको छ । यी सबै सेवा आवश्यक छन् कि छैनन् भन्ने विषयमा छलफल आवश्यक छ । सेवा लिँदा लाग्ने केही सय रुपैयाँसँगै त्यसका लागि सेवाग्राहीले लगाउनुपर्ने समयलगायत समग्र लागतमा ध्यान जानुपर्छ ।
निजामती कसैको निजी मतका आधारमा चल्न सक्दैन । नियम कानुन प्रक्रिया पुर्याएर जनविश्वास कायम गर्ने यसलाई त्यसै राष्ट्रसेवा भनिएको होइन । जनतालाई सेवा दिन यो समयसँगै सक्षम, प्रतिस्पर्धी र चुस्त रहनुपर्ने हुन्छ । यसमा सुधार नल्याएसम्म सुशासन चुनावी नारामात्र रहन्छ । परम्परावादी प्रशासक र शासकहरूले भने त्यो बुझेजस्तो छैन ।
शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल दुई तिहाइको सरकार प्रभावकारी काम गर्न असमर्थ भएको निष्कर्षमा पुगेका छन् । सरकार गठन यताका ६ महिनाको समीक्षाका रूपमा पलाएको यो आत्मचेत स्वागतयोग्य हो । सरकारसँग असीमित सम्भावना र अवसर अझै छन् ।
केही दिनअघि सोलुखुम्बुमा पहिरोमा परेर एक बालिकाको पाखुरा च्यापियो । उद्धार भएको दुई दिनपछि उनलाई काठमाडौं ल्याइपुर्याइयो । च्यापिएको भन्दा तलको भाग मारक्तसञ्चार नपुगेर क्षति पुगिसकेको थियो । हात काटेर फाल्नुपर्यो ।
सर्लाहीको चन्द्रनगरका श्यामबाबु माझीले ऋण लिएर मिल चलाएका थिए । तर तीन वर्ष नबित्दै बन्द भयो । पिठो, धान, चामल छोइन्छ भनेर ग्राहक आउनै छाडेपछि उनले मिलै बेच्नुपर्यो । आय आर्जनका लागि व्यवसायमा हात हालेका तर स्थानीयले नस्वीकारेर माझीजसरी पछि हटेका दलित थुप्रै छन् ।
तीज पर्व तडक–भडक, तीज गीतमा प्रस्तुत अशोभनीय शब्द तथा नृत्य, पत्नी–धर्मका नाममा गरिने अतिवादी व्रत–पूजा, दर खान र खुवाउन मोटो रकम खर्चिनुपर्ने बाध्यताजस्ता कारणले आलोचनाको विषय बन्दै आएको छ । हरेक पर्व तथा उत्सवको आफ्नै महत्त्व हुन्छ । तीज, दसैँ–तिहार, छठ, गौरा, ल्होसार, इद, साकेला जस्ता पर्व नमनाइने हो भने हाम्रो सांस्कृतिक पहिचान कसरी रहला ?