कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

छोरी भारी होइन, जिम्मेवारी

सीता सुवेदी

काठमाडौँ — चितवनकी एक महिलाको विवाह भएको ५ वर्ष भयो । उनकी एक छोरी छिन् । हालसालै गर्भवती रहेकी उनले गर्भमा छोरा छ कि छोरी भनेर परीक्ष्ँण गराइन् । उनी अर्काे बच्चा छोरा जन्मियोस् भन्ने चाहन्छिन् । 
चितवनकै अर्की महिलाले पहिलो सन्तान सुस्तमनस्थितिकी छोरी जन्माइन् ।

बच्चा गर्भमा रहँदा पोषिलो खाना खान पाएकी थिइनन् । श्रीमान् परदेशमा थिए । अर्काे बच्चा छोरा जन्माउने चाहनाले उनी फेरि गर्भवती भएकी छन् । उनले गर्भमा रहेको शिशु छोरा या छोरी के छ भनी परीक्षणसमेत गरिन् ।


एक मात्र सन्तान जन्माउने चाहना राख्ने महिलाले समेत आफ्नो गर्भमा छोरा सन्तान भए आफूलाई सुरक्षित महसुस गर्ने गर्छन् । यी घटनाले नेपाली समाजमा अन्धविश्वासको पर्खाल भत्काउन अझै सहज छैन भन्ने देखिन्छ । हामीमा छोरा या छोरी भनेर भेदभाव गर्ने, महिला वा पुरुष भनेर होच्याउने प्रवृत्ति अझै छ । विश्व विकासको चरम अवस्थामा आइपुग्दा हाम्रो देश भने भर्खरै विकासोन्मुख बाटो तय गर्न प्रयासरत छ ।


चर्का नारा, भाषण र सेमिनारमा भने महिला अधिकार, महिला समानता, छोराछोरी दुवै बराबरीजस्ता कुरामा बहस हुन्छन् । तर, हामी नेपालीमा जनचेतना अभिवृद्धि भइसकेको छैन । सबैभन्दा ठूलो कमजोरी हामी आफैंमा छ ।


महिला आफैंले छोरी जन्माउन नचाहनु आफैं छोरी भएर जन्मेकामा हीनताबोध हो । महिला घरमा छोराकी आमा भनेर सुरक्षित चाहन्छे । मातृदेवो भव भनेर सम्मान गर्ने हाम्रो संस्कृतिलाई छोरी जन्माएकामा दु:खी हुने सोचले गिज्याएको छ । आफू गर्भवती भएदेखि नै आजकी नारी आफ्नो गर्भमा छोरी छ या छोरा भनेर परीक्षण गर्न तम्सन्छे । छोरी भए भू्रण हत्या गर्न तयार हुन्छे ।


आफ्नो सन्तान (छोरी) लाई गर्वका साथ अगाडि बढ्न सिकाउँछु या सिकाउन सक्छु भन्ने भावना महिलामा देखिंदैन । आफू महिला भएर जन्मेकामा पाएको पीडाबाट मुक्ति प्राप्तिका लागि छोरी जन्माउन चाहन्न । हाम्रो समाजको संस्कृतिअनुरूप छोरा पाएर जीवनको वैतरणी तर्ने आकांक्षा राख्छे । छोरा जन्माएर सानको जिन्दगी पाएको महसुस गर्न चाहन्छे ।


मुलुकले महिला अधिकार, महिला समानताका सवालमा फड्को मार्दै गरेको देखिन्छ । तर, छोरी होइन, छोरा जन्माउने चाहना र छोरी भए गर्भपतन गराउने प्रवृत्ति गम्भीर समस्या बनेको छ ।


नेपाली समाज पूर्ण रूपमा शिक्षित छैन । अशिक्षित महिलाभन्दा पनि शिक्षित महिलाले आफ्नो गर्भमा छोरा या छोरी के छ भनी परीक्षण गरेर भ्रूण हत्या गर्ने गरेको तथ्यांकले देखाउँछ । शिक्षित महिलामै नकारात्मक सोच हाबी हुनाले यो समस्या विकराल बनेको हो । अझ खुलेआम गरिने भ्रूण हत्या सेवाले यस कार्यलाई बलेको आगोमा घिउ थप्ने काम गरेको छ ।


विकासले पूर्ण गति पाइनसकेको हाम्रो देशमा यस्ता समस्या देखा पर्नु नौलो होइन । यसलाई समस्याका रूपमा नलिई शिक्षित महिलाबाटै सोचमा परिवर्तन ल्याउन जरुरी देखिन्छ । छोरी अथवा महिला परिवार, समाज र राष्ट्रका महत्त्वपूर्ण अंग हो भन्ने भावना पूर्ण विकास गर्नुपर्छ । छोरी भारी होइन, जिम्मेवारी हो भन्ने मानसिकता चाहिन्छ । देश बनाउने जिम्मेवारी महिलाको पनि हो ।

प्रकाशित : मंसिर २६, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?