१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सिक्न छुटेका साना कुरा

हामी विद्यार्थीलाई ठूल्ठूला सैद्धान्तिक शिक्षा दिने कोसिस गर्छौैं, तर सामान्य कुरामा ध्यान दिँदैनाैं ।

काठमाडौँ — केही दिन अगाडि राजधानीबाट करिब ३५ कि.मि. पूर्वको एउटा सामुदायिकविद्यालय भ्रमण गरें । प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँको बीच थियो विद्यालय । २०७२ सालको भूकम्पले भत्काएको भवन पुनर्निर्माण भइरहेको थियो । कति बनिसकेका थिए ।

वातावरण जताततै धुलाम्य देखिन्थ्यो । विद्यार्थी खेल्ने मैदान, कक्षाकोठामात्रनभएर शिक्षकहरू बस्ने कोठासमेत जता छोयो उतै धुलो टाँसिने थियो । कक्षाकोठा त हेर्दा महिनौं कुचो नलगाएको जस्तो देखिन्थ्यो ।


विद्यार्थीहरूसँग भलाकुसारी गरें । उनीहरूले हाँसोठट्टा गर्दै भन्दै थिए, हाम्रो कक्षाकोठामा कुचो नलगाएको हप्तौं भयो । कोहीभन्थे महिनौं भयो । विद्यालयले विद्यार्थीलाई आफू पढ्ने कक्षाकोठा सफा राख्नआवश्यक पर्छ भन्ने ज्ञानसमेत नदिएको जस्तो लाग्यो ।

विद्यालयले प्राप्त गरेका पदकहरू पनि प्रधानाध्यापकको कोठामा घुलाम्य थिए, यत्रतत्र छरिएका। धुलोले कुनपदककुन सम्मानहो, चिन्न र पढ्न नसकिने अवस्थामाथिए । पुस्तकहरू पनि छरिएका थिए ।


भूकम्पले भवन भत्काएपछि कोठा अभाव भयो । पुस्तक संरक्षण गर्न ठाउँ भएन । तर साँघुरै ठाउँमा भएपनिसफासुग्घर र जतनका

साथ राख्न सकिन्थ्यो । सबै वस्तुले परिपूर्ण हुन जोकोहीलाई मुस्किल छ । आफूसँग जे छ, त्यसलाई जतन र सफासँग राख्ने हो भने यसले पनि कोठाको सोभा र महत्त्व बढाउँछ ।


सामुदायिकविद्यालयमै पढेको भएपनिहामीलाई गुरुहरूले कक्षाकोटा सफा गर्न पालो लगाइदिनुहुन्थ्यो । कक्षाकोठा राम्रो बनाउने प्रतिस्पर्धा गराइन्थ्यो । राम्रो राख्ने कक्षाले प्रधानाध्यापकको हातबाट पुरस्कार लिनपाउँथ्यो । पुरस्कार पाउँदाआफूलाई गर्व लाग्थ्यो । पुरानै भएपनि त्यो राम्रो चलनथियो । यस्तो चलनले विद्यार्थीहरूलाई आफू बस्ने ठाउँ वरपर सफा राख्नुपर्छ भन्ने ज्ञान सिकाउँछ ।


त्यस ठाउँमा जताततै धारा देखिन्थ्यो । प्रशस्त मात्रामाखोलानालाबगिरहेका थए । पानीको कत्तिपनि अभाव थिएन । किसानहरूले आफ्ना बारीमाजताततै तरकारी खेती गरेका थिए । विद्यालयको शौचालयमाथिको छानामा राखिएको कालो ट्यांकीबाट पानी भरिएर खेर गइरहेको थियो । तर विद्यार्थीले प्रयोग गर्ने दुर्गन्धित शौचालयले भने कैयौं दिनदेखि पानीनदेखेको भान दिन्थ्यो । त्यस्तो वातावरणमा महिनावारी हुँदा छात्राहरूको के हालतहोला?


काठमाडौं नजिकै, यातायातको सुविधा, बिजुली, पानी, स्थायी शिक्षक, सम्पूर्ण पूर्वाधार हँुदाहँुदै पनिविद्यालयको अवस्था यस्तो छ भने दुर्गम क्षेत्रकापाठशालाको अवस्था कस्तो होला?त्यसको संरक्षण विद्यालय प्रशासन, विद्यालय सञ्चालक समिति, जिल्लाशिक्षाकार्यालय कसले गर्ने ?


विद्यालयको यस्तो वातावरण देखेको विद्यार्थीले अब त्यहाँबाट के सिक्छ । विद्यालय बालबालिकाको घर हो ।उसले त्यहाँ जे सिक्यो, त्यही जान्दछ र व्यवहारमा पनित्यही लागु गर्छ । त्यस्तोपवित्रमन्दिरमा बालबालिकालाई कस्तो शिक्षादिने त्यो शिक्षकको हातमा हुन्छ । विद्यालयमाउसले शिक्षकबाट पुस्तक पढ्ने र गृहकार्य गर्नमात्रहोइन कि व्यावहारिक शिक्षापनिसिकोस् । उसले आफूले गर्न हुने र नहुने सिकोस् ।


शिक्षकआफै अनुकरणीय छैन भने उसले पढाउने विद्यार्थीले के सिक्छ ? शिक्षकमाविषय–वस्तुको ज्ञानमात्रहोइन, उसका लवाइ,

बोलाइ, व्यवहार, सरसफाइ सबै विद्यार्थीले अनुकरण गर्न योग्य हुुनुपर्छ । बालबालिका आफ्ना गुरुका कुरामा पूर्णरूपमा विश्वास राख्छन् । बालबालिकाका विश्वासिलाव्यक्तिशिक्षकले विद्यार्थीलाई के सिकाउने त ?हामी विद्यार्थीहरूलाई ठूलठूला सैद्धान्तिक शिक्षा दिने कोसिस गर्छौैं, तर सामान्य कुरामाध्यानदिँदैनाैं । विद्यालयमा सिक्नु र जान्नुपर्ने धेरै कुराहरू छुटेका छन् ।


आफ्नो खल्तीबाट चकलेट झिकेर खाँदा बोक्रा बाटोमा फाल्न हुँदैन भन्ने हामीलाई सुन्दा र भन्दा सामान्य लाग्छ । तर व्यावहारिक जीवनमायसले ठूलो अनुशासनको पाठ सिकाउँछ । संस्कार र शिक्षा एकै सिक्काकादुई पाटा हुन् । यसलाई भुल्न हुँदैन । उचित संस्कार र शिक्षाले नै बालबालिकाले व्यावहारिक शिक्षाआर्जन गर्न सक्छन् ।

प्रकाशित : माघ ४, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?