शुक्रग्रन्थिको क्यान्सर

डा. अर्जुनदेव भट्ट

काठमाडौँ — पुरुषलाई लाग्नेमध्ये एक प्रतिशत क्यान्सर शुक्रग्रन्थिको हुने गर्छ । यो क्यान्सर प्रायः २५–३५ उमेर समूहमा सबैभन्दा बढी देखिने गर्छ । यो उमेर समूहका पुरुषलाई शुक्रग्रन्थिकै क्यान्सरले बढी छुने गर्छ । यसको पहिचान समयमै गर्नसके ९५ प्रतिशत बिरामी पूर्णरूपमा निको हुन सक्छन् । पुरुषले आफ्नो अन्डकोष आफै जाँचेर समस्या रहे–नरहेको थाहा पाउन सक्छन् ।

शुक्रग्रन्थिको क्यान्सर

शुक्रग्रन्थि ठूलो भएको लागे र त्यसलाई हल्का थिच्दा नदुखे चिकित्सककहाँ गइहाल्नुपर्छ । सुन्नाइ र नदुख्ने शुक्रग्रन्थिका कारण छुट्याई सक्दो छिटो रोग निदान गरेर चिकित्सकहरूले निर्णयात्मक उपचार गर्नसक्ने भएकाले यसबारे जनचेतनाले ठूलो महक्त्व राख्छ ।


शुत्रग्रन्थि क्यान्सरको जोखिम अवस्था शुक्रग्रन्थिको क्यान्सर यही कारण हुन्छ भनेर वैज्ञानिकहरूले अझै ठोकुवा गर्नसकेका छैनन् । तर तिनले मुख्य–मुख्य जोखिमको पहिचान झने गरेका छन् । शुक्रग्रन्थि विकासका त्रममा पेटबाट अन्डकोषमा पुग्नुपर्छ । तर त्यस अगावै एक वा दुवै शुक्रग्रन्थि पेटभित्र वा काछनेर रोकिए अनि ओर्लने र झर्ने प्रक्रियामा पूर्णविराम लागे यो अवस्था भविष्यमा शुक्रग्रन्थिको क्यान्सरको निम्ति सामान्य अवस्थाझन्दा १५ गुणा बढी जोखिमयुक्त मानिन्छ । शुत्रग्रन्थिको क्यान्सर भएका परिवार सदस्य हुनु, आफ्नै एऊटा शुक्रग्रन्थिमा क्यान्सर हुनु, शुत्राणु उत्पादन हुने नलीमा क्यान्सरको प्रारम्भिक अवस्था फेला पर्नु, सन्तान उत्पादन गर्न नसक्ने अवस्थामा पुग्नेगरी पुरुषमा नारी हर्मोनको स्तर बढ्नु र शुक्रकीटको उत्पादनमा कमी आउनु पनि शुक्रग्रन्थि क्यान्सरका निम्ति जोखिमपूर्ण ठानिन्छ ।

शुक्रग्रन्थि अन्डकोषबाट पेटतिर जति माथि अड्केको हुन्छ, त्यसको क्यान्सरको सम्भावना त्यति नै बढी (५ देखि १५ गुणासम्म) हुने गर्छ । यस्तो क्यान्सर काला तथा गहुँगोरा जातिका पुरुषलाई भन्दा गोरालाई बढी हुने गरेको छ । सबैभन्दा बढी उत्तरी युरोप (स्क्यान्डिनाभियन मुलुक) का पुरुषमा हुने गर्छ । अधबैंसे तथा वृद्धमा शुक्रग्रन्थिको क्यान्सर प्रायः रक्तसञ्चार हुँदै अरू अंगको क्यान्सरबाट सरेको हुन्छ । यस्तो अवस्था बढी प्रोस्टेट क्यान्सरमा, त्यसपछि फोक्सो, आन्द्रा र छालाको कालो रंगको घातक ट्युमरमेलानोमा र मृगौलाको क्यान्सरमा देखा फर्न सक्छ ।


शुक्रग्रन्थि क्यान्सरका लक्षण
एकदमै सुरुआती अवस्थामा शुत्रग्रन्थिको क्यान्सरको कुनै पनि लक्षण देखिँदैन । तर जब क्यान्सर विकसित हुँदै जान्छ, तब अन्डकोषभित्र एउटा शुक्रग्रन्थि सुन्निँदै आउने र अर्कोको तुलनामा बढी कडा हुने, थिच्दा कम दुख्ने र केही गह्रौँ हुने गर्छ । अन्डकोष यस्तो भए सामान्य दैनिकीमा पनि पहिलेको भन्दा बढी चोटपटक लाग्ने, ठोक्किने वा पहिले लगाएकै पहिरनमा बढी असजिलो अनुभूति हुने हुनसक्छ । अन्डकोषमा निरन्तर असजिलो वा भारीपन अनुभव भइरहन्छ । यो अङ्गको क्यान्सरमा सबैभन्दा बढी देखिने लक्षण हो— ठूलो आकारको फीडारहित शुक्रग्रन्थि । तर क्यान्सरको निकै छिटो बढे शुत्रग्रन्थिको बाहिरी खोल निकै तन्केर पीडा हुन पनि सक्छ । त्यस्तै क्यान्सर तन्तुमा रक्तस्राव भए पनि दुख्ने गर्छ ।

क्यान्सर बाहिर फैलिन थालेपछि चाहिँ काछ तथा पेटमा गिर्खा भेटिने अनि कम्मर, पेट र कोखतिर दुख्ने गर्छ । क्यान्सर विस्तारका कारण मूत्रनली थिचिनाले मृगौला फुल्ने र कोखा दुख्ने हुनसक्छ । क्यान्सरबाट फैलिएका गिर्खाले रगत शरीरको तल्लो भागबाट मुटुतिर लैजाने नसा थिचे कम्मर दुख्ने तथा खुट्टाहरू फुल्ने लक्षण देखिन थाल्छन् । क्यान्सर फैलिएर शुक्रग्रन्थिबाट फोक्सोमा पुगे स्वाँस्वाँ हुने, छाती दुख्ने अथवा कफमा रगत पनि देखापर्न सक्छ । क्यान्सरका कारण पुरुष हर्मोनको उत्पादन कम भए वा नारी हर्मोनमा वृद्धि भए बिरामीको स्तन बढ्ने र दुख्ने हुन्छ । रोग देब्रे काँधको हाडमाथिको भागतिर फैलिए हातले छाम्दा त्यहाँ डल्लो भेटिन सक्छ ।


शुक्रग्रन्थिको क्यान्सर समयमै थाहा नपाउनाको प्रमुख कारण यो अंगमा पनि यस्तो जटिल रोग लाग्न सक्छ भन्ने जानकारी नहुनु रहेको विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै कतिपय व्यक्ति यो अङ्गमा देखिएको सामान्य भिन्नतालाई ज्यादै महत्त्व दिएर सावधानी अपनाउनुपर्छ भन्नेमा अनभिज्ञ हुन्छन् ।


परीक्षण तथा रोग निदान शुक्रग्रन्थिको क्यान्सर निदान गर्ने दिशामा यसको लक्षणको ठूलो भूमिका हुन्छ । तर पनि अन्तिम निर्णयका निम्ति विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ । तीमध्ये अन्डकोष तथा पेटको अल्ट्रासोनोग्राफी ज्यादै महत्त्वपूर्ण हुन्छ । यो परीक्षणबाट थोरै खर्चमा अन्तिम निदानमा पुग्न सकिन्छ । यद्यपि निर्णायक रोग निदान भने शल्यक्रियापछि तन्तु परीक्षणको आधारमा मात्र गर्न मिल्छ । तर अल्ट्रासोनोग्राफीकै भरमा काछनेर र पेटभित्र रोग फैलिएको छ–छैन भनी जान्न सकिन्छ । रक्त परीक्षणपछि क्यान्सर चिनाउने एलडीएच, एएफपी र एचसीजी रक्तस्तरबारे जानकारी पाइन्छ, जुन रोग निदान तथा रासायनिक उपचारका निम्ति ज्यादै महत्त्वपूर्ण हुन्छ ।

यी रक्त परीक्षण शल्य उपचारअघि र पछि पनि गराउनुपर्ने हुन्छ । क्यान्सर पूर्णरूपमा निराकरण भयो कि भएन र रोग फेरि फर्कने सम्भावना छ कि छैन भन्नेबारे पनि उपचारको क्रममा निगरानी गर्न सकिन्छ । तर यी सूचकमा पूर्ण निर्भरचाहिँ हुन मिल्दैन । छातीको एक्सरे नगरी नहुने परीक्षणमा पर्छ । सिटीस्क्यान, एमआरआई (खासगरी टाउकामा रोग फैलिएको अवस्थामा) जस्ता आधुनिक, जटिल तथा महँगा उपकरणको सहायताबाट पनि पेट, छाती, मस्तिष्क तथा अन्य भागमा फैलिएको क्यान्सरबारे विस्तृतमा थाहा पाउनुपर्ने हुन्छ ।


उपचार
शुक्रग्रन्थि क्यान्सर उपचारमा प्रमुख शल्य उपचार नै हुन्छ, तर पनि पूर्ण उपचारका निम्ति रासायनिक तथा विकिरण विधि नअपनाई हुन्न । उपचार अन्तर्गत अन्डकोष बाहिर काछछेउ पेटको तल्लो झागमा चिरेर शुक्रग्रन्थितिर जाने रत्त, लिम्फmाटिक तथा शुक्रकीट जाने नली निकालिन्छ । शुत्रग्रन्थिको तन्तुको परीक्षणपछि त्यसको रिपोर्टका आधारमा रासायनिक तथा विकिरण उपचारबारे विस्तृत योजना बनाइन्छ । जबसम्म तन्तु परीक्षणको पूर्ण रिपोर्ट पाइँदैन, तबसम्म कुनै पनि केमोथेरापीको सुरु गरिँदैन । उपचारका सिलसिलामा रक्त परीक्षण, छातीको एक्सरे, पेट तथा अन्डकोषको अल्ट्रासोनोग्राफी, क्यान्सर चिनाउने रक्त परीक्षण र आवश्यकता अनुसार सिटीस्क्यान र एमआरआई गर्नुपर्ने हुन्छ । रासायनिक उपचारपछि पनि फैलिएका क्यान्सर तन्तु पूर्णरूपमा निर्मूल पार्न फेरि दोस्रो शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।
लेखक कन्सल्टेन्ट युरोलोजिस्ट हुन् ।

प्रकाशित : फाल्गुन २२, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?