१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

२१ जनाले उम्मेदवारी फिर्ता लिए

काठमाडौ — नेपाली कांग्रसको महाधिवेशनमा केन्द्रीय सदस्यको लागि मनोनयन दर्ता गरेका मध्ये १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । खुल्ला तर्फ उम्मेदवारी दिएका मध्ये दुई जना, आदिवासी जनजातीबाट २, मधेसी र मुश्लिम कोटाबाट १/१ जनाले र बाँकी अंचलबाट उम्मेदवारी दिएकाले फिर्ता लिएका हुन् ।

नेपाली कांग्रसको महाधिवेशनमा केन्द्रीय सदस्यको लागि मनोनयन दर्ता गरेका मध्ये २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । खुल्ला तर्फ उम्मेदवारी दिएका मध्ये दुई जना, आदिवासी जनजाती २, मधेसी र मुश्लिम कोटाबाट १/१ जनाले र बाँकी अंचलबाट उम्मेदवारी दिएकाले फिर्ता लिएका हुन् । ६१ केन्द्रीय सदस्यका लागि ३ सय ६१ जनाले उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी फिर्ताका लागि बिहान १० देखि १२ बजे सम्मका लागि समय तोकिएको छ । उम्मेदवारीको नामावली फिर्ता लिने कार्याक्रम सके लगत्तै अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।
महाधिबेसनको तेस्रो दिन आज पर्टीको नीति तथा कार्यक्रम माथि छलफल भइरहेको छ । महाधिवेशनमा हिजो र आज पेश भएका नीति तथा कार्यक्रको तीनवटा खण्डमाथि बिहान नौ बजे देखि छलफल भइरहेको महाधिवेशन प्रचारप्रसार समितिले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिनेहरु
खुलाबाट

विश्वप्रकाश शर्मा
अशोकुमार पोखरेल
आदिवासी जनजातिबाट
आङ्दावा शेर्पा
कुशुम थापा
मुस्लिमबाट
फरमुल्ला मन्सुर
मधेसीबाट
राकेश सिंह
अञ्चलबाट
तेजनारायण पौडेल- नारायणी
गोकर्ण पौडेल- लुम्बिनी
नारायणदत्त मिश्र- सेती
ध्रुवराज पुरी, हेमन्त मल्ल र गोपालजी जंग शाह- राप्ती
टंकप्रसाद राई- कोसी
डा.यज्ञ अधिकारी र हरिप्रसाद श्रेष्ठ- धवलागिरी
लोकेश ढकाल र ध्रुवप्रसाद अधिकारी र बालचन्द्र पौडेल- बागमती
सोभियत बहादुर अधिकारी - गण्डकी
दीपकप्रसाद बाँस्कोटा- मेची
मुक्ति प्रसाद सर्मा - राप्ती


प्रकाशित : आश्विन ३, २०६७ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?