कांग्रेसको राष्ट्रिय जागरण अभियान आजबाट

काठमाडौ — शान्ति प्रक्रिया र लोकतन्त्रमाथि खतरा बढेकाले राष्ट्रियतामा संकट परेको भन्दै शुक्रबारबाट कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ ।


माओवादीका कारण राष्ट्रियता संकटमा परेको निष्कर्षनिकाल्दै कांग्रेसले राष्ट्रिय मेलमिलापको अवसर पारेर तीन महिने जागरण अभियान सुरु गर्न लागेको हो । 'दिगो शान्ति, लोकतान्त्रीक संविधान सवाल राटि्रयताको हाम्रो अभियान' नारासहित सुरु गर्न लागिएको अभियानका लागि कांग्रेसका सय जना केन्द्रीय नेताहरु मुलुकका विभिन्न स्थानमा पुगिसकेका छन् । यसका लागि सभापति शुशिल कोइराला विराटनगर, नेता रामचन्द्र पौडेल सप्तरी र शेरबहादुर देउवा चितवन पुगेका छन् ।
पदाधिकारी मनोनयनमा स्पष्ट दुइ धार देखिएको कांग्रेसले अभियानमन एकरुपता ल्याउन दस्तावेज तयार पारेको छ । गाउ“ स्तरमा पर्याउन लागिएको पाटी दस्तावेजमा कांग्रेसले शान्ति र लोकतन्त्रमाथि खतराको कालो बादल मडारिएको उल्लेख गर्दै माओवादीले जनआन्दोलको उपलब्धिलाई संस्थागत गर्न र लोकतन्त्रलाई आत्मसाथ गर्न तयार नरहेको बताएको छ ।
कांग्रेसले माघ १५ देखि मसान्त सम्म सबै निर्वाचन क्षेत्रमा भेला जनसभा, कार्यकर्ता प्रशिक्षण गर्ने छ । फागुन १५ सम्म सोही कार्यक्रमलाई निरन्तरता दिंदै जनदवाव गर्न र्‍याली र आमसभा गर्ने कार्यक्रम तय गरेको छ । सो आमसभालाई शिर्षनेताले सम्बोधन गर्ने कार्यक्रम छ ।



प्रकाशित : पुस १६, २०६७ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?