भारतलाई प्रमुख शत्रु घोषणा नगर: यादव

शंकर आचार्य

पर्सा — मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माओवादीलाई भारतलाई प्रमुख शत्रुको रुपमा चित्रित नगर्न सुझाव दिएका छन् । यसले मुलुकलाई थप अन्योलतामा फसाउने उनको भनाई छ ।

मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माओवादीलाई भारतलाई प्रमुख शत्रुको रुपमा चित्रित नगर्न सुझाव दिएका छन् ।
रिपोटर्स क्लव पर्साले शुक्रबार वीरगंजमा आयोजना गरेको साक्षात्कारमा यादवले क्रान्तिकारी बन्ने नाममा भारतलाई प्रमुख शत्रु घोषणा नगर्न सुझाव दिएका हुन् ।
माओवादीले क्रान्तिकारी बन्ने नाममा भारतलाई प्रमुख शत्रु घोषणा गर्दा मुलुक थप दिशाहिन बन्ने पनि बताए । साथै उनले माओवादीलाई एकदलीय तानाशाहीको सपना नदेख्न पनि चेतावनी दिए ।
माओवादीको केन्द्रीय समितिले हालै जनबिद्रोहको लाईन पारित गरेको छ भने भारतलाई प्रधान शत्रुको रुपमा प्रस्तुत गरेको छ । सरकार बन्न नसक्नु, संक्रमणकाल लम्बिनुमा भारतको हात रहेको माओवादीको बिश्लेषण रहेको छ ।
त्यसैगरी अध्यक्ष यादवले माओवादी लगायत तीन ठूला दलले लोकतन्त्र, संघीयता र गणतन्त्रलाई धरापमा पारेको आरोप लगाए । उनले यसमा माओवादी जत्तिकै काँग्रेस र एमाले पनि जिम्मेवार रहेको बताए ।






प्रकाशित : पुस १६, २०६७ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?