कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कोइराला परिवारेको नाता भएकाले रुवेलमाथि पारसले गोली चलाएः सिटौला

अबधेशकुमार झा

इनरुवा — कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले रुवेल चौधरी कोइराला परिवारको छोरी-ज्वाइ भएकै कारण पूर्व युवराज पारस शाहले उनीमाथि गोली चलाएको दावी गरेका छन् ।


गिरिजाप्रसाद कोइरालाले राजतन्त्रको समाप्त गरी गणतन्त्र स्थापना गरेको झोंकमा रक्सी खाएर पारसले गोली चलाएको सिटौलाले ठोकुवा गरे ।
३५ औं मेलमिलाप दिवसका अवसरमा शुक्रबार सुनसरी सदरमुकाम इनरुवामा आयोजित कार्यक्रममा सिटौलाले भने, ' पारसले रक्सी खाएपछि राजतन्त्र समाप्त गर्नेको खानदान भनेर रुवेलमाथी गोली चलाए ।'
चितवनमा भएको घटना कहाली लाग्दो भएको भन्दै उनले रुवेल विदेशी भएपनि उसको सुरक्षा हुनुपर्नेमा जोड दिए । 'कसका छोरी कहाँ बिहे गरेको हो भन्ने कुरा महत्व राख्दैन' उनले थपे, 'नेपालको माटोमा रुवेलको सुरक्षा हुनुपर्छ ।'
पुर्व गहृमन्त्री समेत रहेका सिटौलाले राजपरिवार भित्र अबैध हतियारहरुको अखडा भएकै कारण दरबार हत्याकाण्ड भएको ठोकुवा गरे । 'अबैध हातहतियारकै कारण दरबार हत्याकाण्ड भएर विरेन्द्रको वंशनास भयो' उनले भने, 'अहिले ज्ञानेन्द्र र उसको परिवार भित्र पनि अबैध हतियारहरु छन, जसले उनीहरु बितण्डा मच्चाइरहेका छन् ।'

प्रकाशित : पुस १६, २०६७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?