कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विश्कै सेक्सी डिजे काठमाडौंमा

सुरज कुँवर

काठमाडौं — विश्कै सेक्सी डिजेसँग अँग्रेजी नया वर्ष मनाउन चहानेका लागि खुसीको खबर । सन् २०१२ को विदाई र भोलिदेखि सुरु हुने नयाँ वर्षको स्वागतका लागि राजधानीमा जर्मनीबाट आइपुगेकी छन् विश्वकै सेक्सी डिजे मारी फरारी ।

विश्वकै सेक्सी डिजेसँग अँग्रेजी नया वर्ष मनाउन चहानेका लागि खुसीको खबर । सन् २०१२ को विदाई र भोलिदेखि सुरु हुने नयाँ वर्षको स्वागतका लागि राजधानीमा जर्मनीबाट आइपुगेकी छन् विश्वकै सेक्सी डिजे मारी फरारी ।
अँग्रेजी नयाँ वर्षको पुर्वसन्ध्यामा कुनै योजना नभएकाहरु लागि वा उत्सव मनाउनेहरुका लागि आज रातिदेखि भोलि विहानसम्म ह्‍यात होटलमा भव्य कार्यक्रम हुँदैछ । 'सगरमाथाको देशका युवायुवतीहरुसँग नयाँ वर्ष मनाउदै छु,' उनले आफ्नो फेसबुक पेजमा लेखेकी छन् । अंग्रेजी नया वर्ष धुमधाम पार्टीमा रमाउन योजना बुनिरहेकाहरुका डिजे प्रेमीका लागि आयोजक ओडिसी इन्टरटेनमेन्टले ४ हजार ९ सय ९९ रुपैयाँको डिनरसहितको टिकट राखेको छ ।
जमर्नबाट दोहा हुँदै आइतबार साँझ काठमाडौं ओर्लिएकी उनलाई भारतबाट आएका डिजे हरसीतले पनि साथ दिँदैछन् । दरबारमार्गको ओडिसीले ह्‍यात होटलको बल रुमलाई डिस्को थेग बनाएको छ । जहाँ युरोपबाटै ल्याइएका डान्सरहरु पनि हुनेछन् ।
'यो नेपालमा हालसम्म नभएको न्यूएयरइभ हुनेछ,' आयोजक ओडीसीका प्रमुख सीमान्त गुरुङले भने । यसअघि क्यानेडेली रक गायक ब्रायन एड्म्स, डेनिस पप ब्यान्ड एमएलटीआर र भर्खरै पाकिस्तानी गायक आतिफ आश्लमलाई नेपालमा ल्याइसकेका उनले आज हुने कार्यक्रममा १ हजार दर्शकको अपेक्षा गरेको बताए ।
युरोप र अमेरिकाका चर्चित क्लबमा हाउस म्युजिक विधामा डिजेइङ गरेकी मारीसँग फेसन टीभी, प्लेर्वाई म्यागजिन, युरोभिजन, फरमुला वान (दुबई) लगायतका विशेष कार्यक्रम डिजेइङ गरेको अनुभव छ ।
२००७ देखि डिजेइङ सुरु गरेकी उनले विश्वका चर्चित क्लब र समुद्रि किनारमा हुने फेस्टिभलमा पनि डिजेइङ गरेकी छन् ।


प्रकाशित : पुस १६, २०६९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?