कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्रीका सचिवले दिए अस्पताल बन्द गर्ने चेतावनी

कृष्ण ज्ञवाली

काठमाडौ — मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरी बाँस्कोटाले फोहोरमैला व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार अस्पतालहरुले काम नगरेको भन्दै अव पनि फोहोरमैला व्यवस्थापनमा सचेत नभए अस्पताल बन्द गरिदिने चेतावनी दिएका छन् ।

सरकारले काठमाडौं उपत्यकामा अस्पतालको अनुगमन तीब्र बनाउने भएको छ । अस्पतालहरुले फोहोर व्यवस्थापनमा लापरवाही गरेको र संक्रमित उपकरण र फोहोर जथाभावी फालेको भेटिएपछि यस्तो निर्णय गरेको हो ।
सोमवार राष्ट्रिय योजना आयोगको सभाहलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरी बाँस्कोटाले फोहोरमैला व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार अस्पतालहरुले काम नगरेको भन्दै अव पनि फोहोरमैला व्यवस्थापनमा सचेत नभए अस्पताल बन्द गरिदिने चेतावनी दिए ।
'अव हाम्रो टोली अनुगमनका लागि छिट्टै तपाईहरुको अस्पतालमा आउदैछ' आक्रोशित मुद्रामा उनले भने, 'त्यतिबेला पनि लापरवाही ढंगले फोहोर फालेको भेटिए अस्पतालमा ताला लाग्नेछ ।'
केही समयअघि राजधानीका चर्चित तीन अस्पतालमा अनुगमन भएको थियो । अनुगमनका क्रममा विरामीका अंग र सिरिञ्जजस्ता संवेदनशिल फोहोर सडकमा फालेको भेटिएपछि सरकार कडाईका साथ अनुगमनमा जाने निर्णय गरेको सचिव बास्कोटाले बताए । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार राजधानीमा नीजि र सरकारी गरी करिव ६ दर्जन अस्पताल छन् ।


प्रकाशित : पुस १६, २०६९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?