१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाँस्तोलालाई एयर एम्बुलेन्सबाट नयाँ दिल्ली लगिँदै

काँकडभिट्टा — मस्तिष्कघातबाट पीडित कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतीय राजधानी नयाँ दिल्ली लगिने भएको छ ।


तीन दिनदेखि कोमा (भेन्टिलेटर) मा रहेका बाँस्तोलाको अवस्थामा सुधार नआएपछि चिकित्सककै सल्लाहमा दिल्लीको मेदान्त अस्पताल लगिन लागेको  हो ।
बाँस्तोलाको भारतको सिलिगुडीस्थित नर्थ बंगाल जुपिटर एमआरआई एण्ड डाइगोनेस्टिक सेन्टरमा उपचार भइरहेको थियो । उपचारमा संलग्न डा, सिद्धिराज शर्माले तीन दिनसम्म बिरामीको अवस्थामा अलिकति पनि सुधार नभएकाले रेफर गरेको बताए । 'तीन दिनसम्म पनि विरामीको अवस्था स्थिर नै थियो' उनले भने, 'त्यसैले रेफर गरेको हुँ,' उनले भने ।
शनिबार बिहान बोल्दाबोल्दै उनलाई मस्तिष्कघात भएको थियो । यसअघि ६ वर्षअघि पनि बाँस्तोलालाई मस्तिष्कघात भएको थियो ।
 

प्रकाशित : पुस १६, २०६९ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?